• १८ असार २०८१, मङ्गलबार

एसी मिलान च्याम्पियन

blog

इटालियन सिरी ‘ए’ उपाधि सहित एसी मिलानल टोली ।

काठमाडौं, जेठ ९ गते । इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानल च्याम्पियन बनेको छ । आइतबार राति भएको लिगको अन्तिम खेलमा ससौलोलाई उसैको मैदानमा ३–० गोलले हराउँदै एसी मिलान च्याम्पियन बनेको हो । 

११ वर्षपछि लिग याम्पियन बनेको एसी मिलानको यो १९औं उपाधि हो । एसी मिलानलाई जिताउन ओलिभर गिरोडले दुई तथा फ्रान्क केस्सीले एक गोल गर्नुभयो । १७औं मिनेटमा गिरोडले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाउनुभयो । ३२औं गिरोडले व्यक्तिगत दोस्रो गोल गर्दै मिलानको अग्रता दोब्बर बनाउनुभयो । 

३६औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानलाई पहिला हाफमै फराकिलो अग्रता दिलाउनुभयो । मिलानले अन्तिमसम्म यही अग्रता कायम राख्दै उपाधि जित्यो । जितसँगै मिलानले ३८ खेलमा ८६ अंक बनायो । उपाधि दौडमा रहेको इन्टर मिलान दोस्रो भयो । दुई अंकले पछि परेको इन्टरले अन्तिम खेलमा साम्पडोरियालाई ३–० गोलले नै पराजित गरेको हो । एजेन्सी