• ३१ वैशाख २०८१, सोमबार

गीत

blog

इन्द्रकुमार श्रेष्ठ 

आफूलाई आफूले नै ढाँट्न सके हुन्थ्यो 

यो सम्झने मनजतिलाई काट्न सके हुन्थ्यो ।


जन्मेपछि यो धर्तीमा नाता जोडिने हो

त्यही नाता ढिलोचाँडो एकदिन तोडिने हो

नाताबन्धन तोडिँदाको पीडा जति जे छ

भोग्नेलाई थाहा हुन्छ नभोग्नेलाई के छ !


पीडा पनि हाँसीखुसी लिन सके हुन्थ्यो

अरूलाई दिँदा खुसी दिन सके हुन्थ्यो ।


यो समय कहिले ठूलो मित्र बन्ने रै’छ

यै समय कहिले फेरि शत्रु बन्ने रै’छ

जे नहुनु त्यही हुन्छ सबैलाई पर्छ

जसोतसो सहनु छ सहेपछि टर्छ ।


दुःखमा नि कसै गरी हाँस्न सके हुन्थ्यो

जति बाँचौँ रमाएर बाँच्न सके हुन्थ्यो ।