• ३१ वैशाख २०८१, सोमबार

वितृष्णा मनको (कविता)

blog

बिज्ञा भण्डारी ‘रश्मी’ 

पसुँकी एक्लै जङ्‍गलमा आज म,

लगाउँ हरियो जलप !

नभेटुँ कसैलाई यो भीडभाडमा

भै जाउँ कतै अलप !!


किन हुन्छन् निश्‍चल मनभन्दा जगमा,

कलुषित मन धेरै !

होस् निर्मल मनहरूसँग मात्रै भेट

बसुँ म बरु परै !!


भन्छ सर्वश्रेष्ठ मानव चोला हो,

गर्छ घात राष्ट्रलाई पनि !

बुझ्‍दैन किन घात राष्ट्रलाई गर्नु,

मातालाई समान हो भनी !!


 देखेर द्वैष जनको वितृष्णा मनको,

विषै समान रह्‍यो !

जति सोचमा प¥यो उति मन म¥यो,

हाल यो आज भयो !!