• ४ जेठ २०८१, शुक्रबार

ईश्वरपुरको नगरप्रमुख र उपप्रमुखमा कांग्रेस विजयी

blog

जनार्जन खत्री
सर्लाही, जेठ ६ गते ।
सर्लाहीको ईश्वरपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका मनोजकुमार आचार्य विजयी हुनुभएको छ ।

आचार्य दुई हजार ५२० मतान्तरले नगरप्रमुखमा विजयी हुनुभएको हो । उहाँले आठ हजार ४८० मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम प्रतिस्पर्धी निवर्तमान नगरप्रमुख समेत रहनुभएका नेकपा एमालेका मनोजकुमार देवकोटाले पाँच हजार ९६० मत मात्रै ल्याउनुभएको छ । योसहित सर्लाहीमा नेपाली काँग्रेसले ११ वटा पालिकामा प्रमुख जितेको छ हात पारेको छ ।

यस्तै, ईश्वरपुर नगरपालिकाको उपप्रमुखमा पनि कांग्रेसकै रंजितादेवी चौधरी विजयी हुनुभएको छ । चौधरीले आठ हजार २६८ मत पाउनुभएको छ ।

१५ वटा वडा रहेको ईश्वरपुर नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमाले समान छ/छ वटा वडा तथा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक वटा वडामा विजयी भएका छन् । सर्लाहीमा अब कविलासी नगरपालिका र बरहथवा नगरपालिकामा मतगणना सकिन बाँकी छ ।

कविलासीमा नेपाली काँग्रेसकै नगरप्रमुख र उपप्रमुखमा उम्मेदवार जित नजिक हुनुहुन्छ भने बरहथवामा नेकपा एमालेले अग्रता लिइरहेको छ ।