• १७ असार २०८१, सोमबार

रुकुममा एक पुरूषको शव फेला

blog

फाइल तस्बिर

राजु लामिछाने
रुकुम पश्चिम, जेठ ३ गते ।
रूकुम पश्चिमको सानिभेरी गाउँपालिकामा एक पुरूषको शव फेला परेको छ । गाउँपालिका वडा नम्बर ९ सिम्ली बजार नजिकैको खोलामा पुरुषको शव फेला परेको हो । शव सानिभेरी गाउँपालिका वडा नम्बर ७ फुक्रुलिगा निवासी ६२ वर्षीय धर्मजित खत्रिको रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) बिष्णुप्रसाद सोतीका अनुसार सोमबार साँझ स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । पारिवारिकका अनुसार धर्मजित खत्री आइतबार बिहानदेखि घरमा सम्पर्कविहिन हुनुभएको थियो । खत्रीको मृत्यु किन र कसरी भएको भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

डीएसपी सोतीले जिल्लाबाट प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थल पठाइएको जानकारी दिनुभयो । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल ल्याइने र थप विवरण पोष्टमार्टमपछि आउने उहाँले उल्लेख गर्नुभयो ।