• ५ जेठ २०८१, शनिबार

सरसफाइका लागि दौड

blog

काठमाडौँ, वैशाख १० गते । मैनादेवी फाउन्डेसनको आयोजनामा राजधानीमा शनिबार सरसफाइ अभियानलाई समेत सहयोग पु¥याउने उदेश्येले ४ किलोमिटर सडक दौड सम्पन्न भएको छ । दौड काठमाडौँ हात्तिसारबाट सुरु भएर ज्ञानेश्वर, रातोपुल, सेतोपुल, डिल्लीबजार, बागबजार हुँदै पुनः हात्तिसारमा आएर टुङ्गिएको थियो । 

उक्त दौडमा चारसयभन्दा बढीको सहभागिता रहेको तथा सो दौडलाई  व्यवस्थिति गर्न ८० जना स्वयमसेवी परिचालन गरिएको सरसफाइ अभियन्ता तथा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले जानकारी दिनुभयो । 

समूहगत रुपमा आयोजना गरिएको उक्त दौडमा शीर्ष पाँच टोलीलाई दश–दश हजार रुपियाँ नगद सहित सम्मानित गरिएको बताइएको छ । राजधानीको सरसफाइलाई ध्यानमा राख्दै हरेक व्यक्तिले जथाभावी फोहर नगर्ने सस्कारको विकास गराउने सचेतना अभियानको रुपमा दौडको आयोजना गरिएको आयोजकको दावी रहेको छ ।