• २० वैशाख २०८१, बिहिबार

झ्याउँकिरी र जुनकिरी

जङ्गल निकै सुनसान थियो । सङ्गीतको धुन बजेको अनुभूत भइरहेको थियो । आफू एक्लो भएको त्यति महसुस भएको थिएन । एक्कासि झ्याप्पै अँध्यारो भयो । छामछाम छुमछुम गर्दै म जङ्गलको बाटो हिँड्दै थिएँ । बाटाका छेउछाउतिर झलमल्ल बत्ती बलेको देखेँ । मलाई लाग्यो, ‘ए बाबा ! यो के भयो ? यस्तो सुनसान वनमा कतै बत्तीको उज्यालो देखिन्छ । कतै सङ्गीतको आवाज आउँछ ।’ सानो छँदा हजुरबाले कथा भनेको याद आयो । उहाँ भन्नुहुन्थ्यो, ‘आपत्विपत्मा भगवान्ले साथ दिन्छन् ।’ साँच्चै हो कि क्या हो जस्तो पनि लाग्यो तर पनि मनमा डर लागिरह्यो । मैले हस्याङ्फस्याङ गर्दै बल्लतल्ल जङ्गलको बाटो काटेँ ।

जानी राखौँ बाल अधिकार

भाइबहिनी हो ! तिमीहरूलाई बाल अधिकारका बारेमा थाहा छ कि छैन ? के तिमीहरू बाल अधिकारबाट वञ्चित त छैनौँ ? बाल अधिकारका संरक्षणका लागि तिमीहरूले गर्नुपर्ने कर्तव्यहरू के के होलान् ? यी सबै कुराको सङ्क्षिप्त जानकारी आज प्राप्त गर्ने छौ । बाल अधिकार भनेको बालबालिकाको जन्मसिद्ध वा नैसर्गिक अधिकार हो । अर्थात् बाल अधिकार भनेको शारीरिक, मानसिक, सामाजिक तथा नैतिक विकासका लागि चाहिने न्यूनतम आवश्यकताहरू जस्तै ः पोषिलो खाना, औषधि उपचार, माया स्नेह, संरक्षण, शिक्षा आदि बाल अधिकार हो । बालबालिकाले स्वयंले आफ्नो अधिकार आफैँ लिन नसक्ने हुँदा उनीहरूको अधिकारको संरक्षण गर्नुु अभिभावकको दायित्व हो । जब बालबालिका हुर्कंदै जान्छन् यस क्रममा विस्तारै उनीहरूले आफ्नो अ

‘सानैदेखि जिज्ञासु बन्नुपर्छ’

नेपाली बालसाहित्य सिर्जनामा स्थापित नाम हो अनुराधा । उहाँका विभिन्न विधाका दुई दर्जन जति कृति प्रकाशित छन् । विभिन्न पत्रपत्रिकामा लेख रचना नियमित रूपमा प्रकाशित हुने गर्दछन् । हालै उहाँको पुस्तक The Story of Babur – Prince, Emperor, Sage लाई UK को प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिका ‘द गार्डिअन’ ले आफ्नो ‘उत्कृष्ट नयाँ चित्र पुस्तकहरू र उपन्यासहरू’को सूचीमा पनि राखेको छ । उहाँका कृतिहरू उर्दु, रसियन, हिन्दी र अन्य भाषामा पनि अनुवाद भएका छन् । अनुराधा लेखक हुनुका साथै बालपुस्तक अनुवादक तथा सम्पादक पनि हुनुहुन्छ । नेपाली बालसाहित्य सिर्जनामा अतुलनीय योगदान गरिरहनुभएका अनुराधासँग अक्सिडेन्टल पब्लिक स्कुलमा कक्षा १० मा अध्ययनरत छात्रा आयुष्मा तिवारीले गर्नुभएको कुराकानीको केही अंशः

टुहुराको सफलता (कथा)

शान्तिपुर गाउँमा एउटा गरिब किसानको परिवारमा आमाबुवा र दुईवटा छोरा माने र साने बस्ने गर्थे । धेरै गरिब परिवार भएकाले आफ्नो छोराहरूको शिक्षादीक्षाको लागि आमाबुवा अप्ठ्यारो बाटो भीरपाखा र डरलाग्दा पहाडहरू पार गरेर सहरबाट नुन बोकेर आफ्नो गाउँमा व्यापार गर्थे । त्यसै क्रममा भीरबाट खसेर एक दिन आमाबुवाको मृत्यु भयो । र सहाराविहीन भए । त्यसपछि आफ्नो पालनकर्ता नभएकाले दुवै भाइहरू गाउँ नै छोडेर सहरतिरै लागेछन् । मानेले आफूले ज्यालादारी गरेर भए पनि भाइलाई पढाउने प्रतिज्ञा गरेछ ।

शीर्षक के हो ?

धोबिनी नानीले आफ्ना साना दुई सन्तानलाई सँगै राखेर स्वस्थानी पढ्न सुरु गरी । स्वस्थानीको पुस्तक पूजा गरी, पुष्पाञ्जलि पनि लिई उसले जे जाने कि छ तेही गरी श्रद्धापूर्वक ढोगी । स्वस्थानी पढ्दै गई । सानी बच्चीले पनि आमाले पढेको सुनिरही । अनि बच्चीले आमालाई सोधी– आमा आमा ! नवराज खोलामा नुहाएर स्वस्थानी माताको प्रसाद लगाउँदा राजा हुने अवसर पाएका रहेछन् ।

मैले खिचेको फोटो

साथीहरू तपाईंहरूले मोबाइल त पक्कै पनि चलाउनुभएको छ होला । के तपाईंहरूले मोबाइलबाट फोटो खिच्नु भएको छ ? यदि छैन भने फोटो खिच्नु होला । तपाईंहरू थुप्रै ठाउँ भ्रमण गरिसक्नु भयो होला । तपाईंहरूले भ्रमण गरेको ठाउँहरूको दृश्यको फोटो खिच्नुभयो ? म धान्द्रुक गाउँमा भ्रमण गर्न गएको थिएँ । आहा त्यो गाउँ त अति नै सुन्दर रहेछ ।

एभियसन म्यूजियम ‘हेर्ने होइन त ?’

भाइबहिनीहरू, किताबी ज्ञान सँगसँगै हामीहरूलाई बाहिरी ज्ञानको पनि उत्तिकै महत्व हुन्छ । किताबमा पढेका विषयहरू अभ्यासमा गर्न सकिए थप ज्ञानको वृद्धि हुनेगर्छ । अजभोलि हामीले पढेका विषय वास्तविकमा पनि देख्न सजिलो र सम्भव छ । हामीहरूका लागि घुम्न र सिक्न जरुरी छ । त्यसैले तपाईंहरू धेरै ठाउँ घुम्नु भएको छ । तीमध्ये एभिएसन म्युजियम नघुम्ने विद्यार्थीहरू झन् कमै हुनुहुन्छ होला । तपाईंहरू सबै जना घुम्नुभएको र घुम्न बाँकी भाइबहिनीहरूका लागि एभिएसनका बारेमा यो सन्देशमूलक जानकारी हुनसक्छ ।

मैले पढेको पुस्तक

‘कत्रो ठूलो किताब !’ म किताबको आकार देखेरै छक्क परेको थिएँ । मैले त्यति ठूलो किताब देखेकै थिइनँ । बुवाले मलाई किताब दिँदै भन्नुभएको थियो, “यसलाई ठूलो किताब अर्थात् बिग बुक भनिन्छ ।” बुवाले किताब दिने बितिक्कै मैले किताबको शीर्षक पढेँ । ‘बराबर’ किताबको शीर्षक थियो । यस्तै खालको किताब मैले केही समयअगाडि पढेको थिएँ । किताबको शीर्षक थियो ‘चिडियाखाना’ । त्यही किताबभन्दा पनि ठूलो थियो ‘बराबर” किताबको आकार ।

मेरो देश नेपाल

नेपाल मेरो जन्मभूमि र कर्मभूमि हो । मेरो देशको उत्तरमा सेतो हिउँले ढाकिएको हिमाल छ जसमा अग्लाअग्ला हिमालहरू छन् । मध्यमा हरियो वनको पछ्यौरा ओडेका पहाडहरू छन् भने दक्षिणमा पहेँलो फूलहरू फुलेका फराकिला फाँट छन् । यहाँ मेची, कोसी, कर्णाली, गण्डकी, महाकाली आदिजस्ता ठूल्ठूला नदीहरू हिमालबाट उफ्रँदै तराईतिर बगेका छन् । विश्वको सर्वोच्च शिखर सगरमाथा मेरै देशमा छ । मेरो प्यारो देश संसारकै श्रीपेच बनेर दक्षिण एसियामा मुसुक्क हाँसेर बसेको छ ।

ज्येष्ठ नागरिकको कनिष्ठ सेवक

‘भो भो भो, पुग्यो पुग्यो पुग्यो’ भन्नुुहुन्न । अरू थोकमा होइन दूध, दही, मोही दिँदा त्यसो भन्नु हुँदैन । गौमाता रिसाएर बेलुकैदेखि दूध दिन कम गर्न पनि बेर छैन सबैले त्यसो भन्न थाल्यो भने, आखिरमा त्यस घरले दही, दूध देख्न पनि अर्काको आश गर्नुपर्ने हुँदो रहेछ । हामीलाई पहिले पहिले मतलव २००४/०५ सालतिर हजुरआमाले त्यसरी सुझाव दिएर सिकाउनु हुन्थ्यो ।

बालबालिकाका प्रेरणा डा. रुइत

भाइबहिनीहरू, तिमीहरूले डा. सन्दुक रुइतको नाम सुनेका छौ होला । कसैले त देखेको पनि होला । अझ कसैले त उहाँसँग आँखाको उपचार पनि गराएको होला । तिलगङ्गा आँखा केन्द्रका निर्देशक डा. रुइत नेत्र चिकित्सा क्षेत्रमा चम्किला व्यक्ति हुनुहुन्छ । मोतीबिन्दुका कारण ज्योति गुमाउँदा अन्धकारमय जीवन बिताउन विवश लाखौँ नेपालीको आँखा देखाइदिनुभएका उहाँले विश्वका अन्य मुलुकमा पनि गएर सेवा गर्नुभएको छ ।

जाडोयाम ‘स्वास्थ्य समस्या कस्ता ?’

नेपालमा मङ्सिर, पुस लागेदेखि जाडो हुने, तापक्रम चिसिने क्रम निरन्तर हुन्छ । जाडोयाममा बालबालिकालाई विशेष गरी श्वासप्रश्वास, छाला जनेन्द्रिय एवं पोल्ने समस्याले सताउने गरेको छ ।

रुहानाको कला

समाजमा साना बालबालिकाले गरेका सानो राम्रो कामले पनि सकारात्मक सन्देश दिन सकिन्छ । यस्तै कुरा हाम्री सानी नानी रुहाना रुपाखेतीले गरेकोे कामबाट पनि सिक्न सक्छौँ । उनले यस्तै सिर्जनात्मक काम गरेर देखाएकी छिन् । उनले पढेर खेर जाने पत्रपत्रिकाबाट नयाँ नयाँ डिजाइनको ड्रेस बनाएकी छन् । उनले कुनै पनि सामान पुनः प्रयोग गर्न सकिन्छ भन्ने सन्देश प्रवाह नै उनको लक्ष्य हो । उनले पत्रपत्रिकाको प्रयोग गरेर विभिन्न खालका सामान बनाएकी छन् । उनले यस्तै खेर जाने सामानबाट विभिन्न सामान बनाएर प्रदर्शनमा पनि राखेकी थिइन् । यस्तै उद्देश्य राखेर गरिएको सामग्री बनाउने प्रदर्शनीमा रुहानाले दोस्रो स्थान पनि प्राप्त गरिन् । उनको चाहना छ, यस्ता खेर जाने सामग्रीबाट उपयोगी सामग्री बनाउन

इन्टरनेट यसरी बनाउ सुरक्षित

हरेक फेब्रुअरी महिनाको दोस्रो हप्ता विश्वभर सुरक्षित इन्टरनेट दिवस मनाइन्छ । विश्वभर नै इन्टरनेट चलाउनेको सङ्ख्या बढ्दै गएपछि त्यसको कसरी सुरक्षित प्रयोग गर्न सकिन्छ भन्ने चेतना जगाउने उद्देश्यसहित यो मनाउन थालिएको हो । यस दिन विश्वका धेरै देशले इन्टरनेट प्रयोग गर्दा भएका कठिनाइ, समस्या र असुरक्षाका विषयमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्छन् । इन्टरनेट सुरक्षासँग सम्बन्धित रहेर मानिसलाई सचेत बनाउने विभिन्न किसिमका सामग्री पनि प्रस्तुत गर्छन् । नेपालमा प

पहिचानको खोजी

अस्ट्रेलिया, युरोप, अमेरिकामा अस्तित्व खोज्ने हामी नेपाली, खै त नेपालमा ?