• २१ पुस २०८१, आइतबार

नयाँ प्रतिज्ञा

हामीलाई थाहै छ, संसारका विभिन्न मुलुकले आफ्नो सजिलोका लागि विभिन्न किसिमका पात्रोको प्रयोग गर्ने गरेका छन् । जस्तै ईस्वी संवत्को पात्रो । विक्रम संवत्को पात्रो आदि । हरेक साल सकिएर अर्को सालको सुरुवातको दिनलाई हामी नयाँ वर्षका रूपमा मनाउँछौँ । सरकारीस्तरमै विक्रम संवत्को पात्रो चलाउने गरिएको हुँदा नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाइन्छ । हामीले पनि २०७९ लाई बिदाइ गर्दै २०८० सालको नयाँ वर्ष भर्खरै मनायौँ । खासगरी यो दिन भनेको आफूले वर्षभरि गरेका महìवपूर्ण काम सम्झिने र कु

खुसीको खोजी

सुख र खुसी कसलाई चाहिँदैन र ? तर त्यो सबैलाई कहाँ मिल्दोरहेछ । मेरो जन्म पश्चिम नेपालमा भएको हो । मेरा घरमा आमाबाबा हुनुहुन्थ्यो । मलाई संसारकै भाग्यमानी परिवार मेरै होलाजस्तो लाग्थ्यो तर खुसी लामो समय टिकेन । दैवको आँखा लाग्यो । परिवारमा अनेक अप्ठ्यारा आए । त्यसै कारणले परिवार विछिप्त भयो । हामी नीलम, इन्द्रा, पार्वती, लक्ष्मी, बिन्दु र माया लाबड छ दिदीबहिनीको बिजोग भयो । हाम्रा लागि घर अब घर रहेन ।

लाइफाई : बत्तीबाटै इन्टरनेट

इन्टरनेटको दुनियाँमा नयाँ नयाँ परिवर्तन आइरहन्छ । इन्टरनेट प्रविधिमा आउने त्यस्तो परिवर्तनले हामीले इन्टरनेट प्रयोग गर्ने तरिका नै बदलिदिएको छ । विगतमा डायलअप हुँदै सुरु भएको इन्टरनेट प्रविधि अहिले फाइभजी र वाइफाईसम्म आइपुगेको छ । अहिले एकदमै प्रयोगमा रहेका यी प्रविधिमा पनि निरन्तर परिवर्तनका लागि अध्ययन अनुसन्धान हुँदैछ । सिक्सजी त्यसैको परिणाम हो ।

रातो मच्छिन्द्रनाथ रथयात्रा र भोटोजात्रा

भाइबहिनीहरू, काठमाडौँ उपत्यका मन्दिरै मन्दिरले भरिएकोे सहर हो । यहाँ बाह्रै महिना कुनै न कुनै जात्रा तथा पर्व भइरहेको हुन्छ । अझ भनुँ विविध धर्म र संस्कृतिमा नेपाल संसारमै धनी मानिन्छ । हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर आषाढ शुक्ल चौथीसम्म मनाइने सांस्कृतिक उत्सवलाई रातो मच्छिन्द्रनाथको रथयात्रा भनिन्छ । रातो मच्छिन्द्रनाथका दुईवटा मन्दिर छन्, एउटा बुङ्गमतीमा, अर्को ललितपुर तःबहालमा । छ महिना बुङ्गमती र छ महिना ललितपुरमा राख्ने गरिन्छ ।

हजुरआमाको हेरचाह ‘मेरी प्यारी नातिनी’ (बालकथा)

‘बच्चालाई रुवाउन हुन्न, ल्याइदेओ न हो ।’ – नातिनातिना रोएको सुन्ने बित्तिकै हजुरआमाहरूले भन्ने शब्द । रोएको सुन्ने बित्तिकै कराउने पनि । बच्चाको जिकिरमा तर आज बच्चा बाहिर गएर आई । उसको बाबा दिनेशले पटक–पटक जिस्काउँदा नि सधैँ जस्तो छोरी रोइन् । न त केही चाहियो भनेर दुःख नै दिई । ऊ आज घरबाट निस्किँदा जस्तै खाली हातमै घरभित्र पसी । सिधै भान्छामा गई र फ्रिजबाट आइसक्रिम निकाली । मैले खान हुन्न भन्न मात्र के लागेकी थिएँ । उसले त आधाभन्दा धेरै भएको आइसक्रिमको बट्टा नै डसबिनमा हालिदिई । किन भनेको त आज डाक्टरकामा गएकी थिइन् । ‘बाबामामु डाक्टर अङ्कलले भनेको चकलेट, आइसक्रिम धेरै खान हुन्न रे । चाउचाउ, लेज, कुरकुरे त झन् खानै हुन्न रे । खायो भने पेटमा कीरा पर्छ रे । पढ्न आउँदैन रे । था’छ ?

मरेको नक्कल गरेर बच्यो ज्यान (कथा)

एउटा जङ्गलमा धेरै मृगहरू बस्थे । त्यसैले त्यो जङ्गलमा धेरै सिकारी पनि आउने गर्थे । त्यसैले मृगहरू सधैँ चनाखो भएर बस्नु पथ्र्यो । नभए ती सिकारीको पासोमा पर्थे । जङ्गलमा मृगहरूका एक जना गुरु थिए । गुरुले साना साना मृगहरूलाई ‘मृग माया’ सिकाउँथे । मृगमाया भनेको अनेक खालका अभिनय हो । यसलाई नक्कल गर्ने कलाभन्दा पनि हुन्छ । सिकारीबाट बच्न मृगहरूले अभिनयका तरिकाहरू सिक्नु पथ्र्यो ।

स्वादिलो जु जु धौ (दही)

भक्तपुर दहीका लागि प्रख्यात छ । दहीलाई नेपाल भाषामा धौ भनिन्छ । जु जु भन्नाले राजालाई बुझाउँछ । दहीमा पनि एकदम मीठो र विशेष दहीलाई जु जु धौ भनिन्छ । भक्तपुरको जेला टोलमा सबैभन्दा पहिला जु जु धौ बनाइएको थियो । भक्तपुरका सैजु तथा दुवालहरूले जु जु धौ बनाउने पेसा गर्दै आएका छन् । पर्यटकहरू भक्तपुरमा जु जु धौ खान आउँछन् । जु जु धौ बनाउन हामीलाई निम्न कुरा आवश्यक पर्दछन् ः दुध, चिनी, ल्वाङ, सुकुमेल, भुस, सिरक, माटोको भाडो ।

टौदह (यात्रा)

नयाँ वर्ष २०८० को पहिलो दिन अर्थात् गत वैशाख १ गते म काठमाडौँको टौदह घुम्न गएँ । मसँगै बाबाममी हुनुहुन्थ्यो भने बहिनी पनि सँगै थिइन् । म पहिलो पटक टौदहको भ्रमणमा गएकी हुनाले निकै उत्सा

शीर्षक के हो ?

मुना र छुना दिदीबहिनी थिए । उनीहरू काठमाडौँ उपत्यकानजिकैको एक सरकारी स्कुलमा कक्षा ७ मा पढ्थे । मुना हरेक दिन स्कुलमा पढाएको कुरा घरमा आएपछि रिभिजन गर्थिन् । मन लगाएर होम वर्क गर्थिन् । फुर्सदको बेला ममीलाई पनि सघाउँथिन् । क्लासमा पनि ध्यान दिएर पढ्थिन् तर छुना भने स्कुलबाट घर पुग्नासाथ झोला एकातिर फालेर मोबाइलमा झुन्डि

बाल सिर्जना (कविता)

हाम्रो सुन्दर घर बाल सिर्जना । हजुरबाको नाति म सबैभन्दा जाति म स्कुलमा सबैसँग

गुराँस

रातो, सेतो, गुलाबी औँला भाँची यति धेरै रङमा पाइने कुन फूल हो भन । नेपालको राष्ट्रिय फूल भनी यसलाई चिन्ने चिसो ठाउँ, डाँडाकाँडा फागुन चैतमा फुल्ने ।

अवसर, समय, प्रविधिको दुरुपयोग गर्नु हुँदैन

मुनाको जेठ अङ्कको ‘स्रष्टा संवाद’ मा यस पटक हामीले तनहुँ जिल्ला, चुँदी रम्घामा जन्मनुभएका साहित्यकार प्रभा भट्टराईसँग एलआरआई मावि, कलङ्कीमा कक्षा ९ मा अध्ययनरत छात्र आदिक काफ्लेले गर्नुभएको संवादलाई प्रस्तुत गरेका छौँ । साहित्यकार प्रभा भट्टराईको बाल्यकाल र साहित्य सिर्जनामा उहाँको योगदानका बारेमा गरिएको रमाइलो कुराकानी :

नुहाउने गीत

स्थानः होलीको दिन । घरको छाना । समयः दिउँसो ३ बजे, पात्रहरूः सुमन, आमा, बुवा, परपर काग कराइरहेको छ । वल्लो घर पल्लो घरमा बच्चाहरू होली खेलेर रमाइलो गरेको सुनिन्छ । पृष्ठभूमिमा होलीको गीत पनि बजिरहेको छ । त्यही हल्लाको बीचबाट सुमन आउँछ । सुमन : मैले कस्तरी रङ लगाइदिएँ, सबैलाई लगाइदिएको ।

विद्यार्थीका प्रतियोगिता राष्ट्रपति रनिङ सिल्ड

घर बलियो हुनलाई जग राम्रो हुनुपर्छ भन्ने तिमीहरूलाई थाहै छ होला । यो सबैले सुनेकै उखान हो नि । खेलकुदमा पनि यस्तो हुन्छ । स्कुल जीवनदेखि नै खेलकुदको विकास गर्न सकियो भने भविष्यमा सो देशकै खेलकुदको स्तर राम्रो हुन्छ । सानो उमेरमा उचित प्रशिक्षण, मार्गदर्शन र राम्रो प्रतिभा खोज्न पर्छ । जसले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा राख्न सक्ने खेलाडी मिल्छ । अनि खेलले नेपालको नाम उँचो हुन्छ । ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने देशहरूले खेलकुद विकास

भोकोलाई भोजन

कथा त्यति बेलाको हो, जति बेला भगवान् राम वनबासको क्रममा थिए । त्यति बेला उनी पत्नी सीता र भाइ लक्ष्मणका साथ चित्रकूट पर्वतमा बस्थे । उनी एक दिन घुुम्दै सपरिवार महर्षि अत्रिको आश्रममा पुगेका थिए । आश्रममा अनायासै रामको उपस्थिति देखेर महर्षि अत्रि आश्चर्यचकित भए । उनले रामको आश्रमोचित स्वागतसत्कार गर्दै अचानक आउनुका कारण सोधे । अत्रिको प्रश्नले रामलाई केही असहज त लागेको थियो तर त्यतातिर ध्यान दिने अवस्था थिएन । त्यसैले सहज भावमा प्रस्तुत हुँदै भने–