अभिनयमा अब्बल सुरज
अहिले ११ वर्षको हुनुभयो सुरज पहाडी । उहाँ भक्तपुरको निस्ट स्कुलमा ६ कक्षामा अध्ययनरत हुनुहुन्छ । उहाँ पढ्नमा अब्बल हुनुहुन्छ । कक्षा नर्सरीदेखि नै प्रथम हुँदै आउनुभएका सुरजलाई विद्यालयले छात्रवृत्ति दिने गरेको छ । विद्यालयले कक्षामा प्रथम हुने विद्यार्थीलाई ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
सँगैका साथी पढाउँछन् जगन्नाथ
बालबालिकामा लोकगीत देउडा गीतप्रतिको आकर्षण हराउँदै गइरहेको छ । आजभोलि धेरै बच्चा मोबाइलमै रमाउन थालेका छन् । स्कुल समयभन्दा अन्य समय बच्चाको मोबाइल हेरेरै बित्ने गरेको छ । गीत गाउनु, देउडा गाउनु त बच्चाको सोचमा नै आउँदैन तर धनगढी उपमहानगरपालिकाको शारदा विद्या निकेतनमा कक्षा ८ मा अध्ययन गर्ने
नृत्यमा उदाउँदै सोनिया
बेनीकी सोनिया किसान नृत्य क्षेत्रमा उदाउँदी बालिका हुनुहुन्छ । सदरमुकामस्थित बेनी सामुदायिक विद्यालयको कक्षा ८ मा अध्ययनरत सोनिया नृत्यका साथै पढाइमा पनि अब्बल र अनुशासित विद्यार्थी हो । सानै उमेरदेखि नाच्न रुचि राख्ने सोनियालाई मौलिक लोकसङ्गीत मन पर्छ । मौलिक पोसाकमा सजिएर कम्मर मर्काइ मर्काइ नाच्न सोनिया पोख्त हुनुहुन्छ
स्वरकी अब्बल ‘सुप्रिमा’
अहिले ११ वर्षकी भइन् सुप्रिमा थापा । हिमाली बोर्डिङ पिङ्गलास्थानमा ५ कक्षामा अध्ययनरत थापाले सानै उमेरमा कला क्षेत्रमा भविष्य खोजिरहेकी छन् । गीत गाउने, नृत्य गर्ने र अभिनयमा पनि पोख्त सुप्रिमा भर्सटाइल हुन् । अहिलेसम्म २७ वटा व्यावसायिक गीतमा आफ्नो स्वर र अभिनय प्रस्तुत गरेकी सुप्रिमाको आफ्नै युट्युब च्यानल पनि छ ।
आभास एघार वर्षमा ९ कक्षा
“म पनि कहिलेकाहीँ मोबाइल चलाउँछु तर मलाई मोबाइल चलाउनभन्दा किताब पढ्न मन पर्छ । मोबाइल जस्तै किताब पनि जति पढ्यो, त्यति नै लत लाग्दो रहेछ ।” यो भनाइ ११ वर्षमा नै ९ कक्षामा पढेर चर्चामा आउनुभएका आभास ढकालको हो । सामान्यतः आभासको उमेर समूहका बालबालिका ५/६ कक्षामा पढ्छन् तर उहाँ काठमाडौँमा
वाद्यवादनका श्रीजन
श्रीजन सानैदेखि बाजागाजामा रुचि राख्थे । टोलमा बाक्लै भइरहने जात्रा तथा पूजाआजामा बाजा बजेको सुन्नासाथ उनी कुद्दै त्यहाँ पुगिहाल्थे । नाच हेर्दै अरूले बजाएको बाजामा थपडी बजाउन उनलाई रमाइलो लाग्थ्यो । पछि उनले विस्तारै बाजा बजाउने प्रयास र अभ्यास गर्न थाले । निरन्तरको प्रयास र अभ्यासबाट उनी तालिमबिनै मादल, हार्मोनियम, नगराजस्ता लोकबाजा बजाउन जान्ने भए । त्यति मात्र होइन, धिमे, धाँ, तँ, सिछ्या, भुछ्या जस्ता स्थानीय बाजा बजाउन पनि उनलाई कु
बहुप्रतिभावान् छक्क
पारिलो घाममा छरपस्ट इँटाहरू छन्, त्यसबिचमा फलामका विभिन्न साना साना सामानको बिचमा उनी सामान मिलाउँछन, बिगार्छन र फेरि बनाउँछन् । जुम्लाको सदरमुकाम चन्दननाथ नगरपालिका –५ स्थित एक कम्पनीमा छक्क अधिकारीले विभिन्न प्रकारका मेसिन सामग्री बनाउँदै आएका छन् । जुम्ला गुठीचौर गाउँपालिकानिवासी छक्क अधिकारी सिप, कला र बहुप्रतिभाका धनीका रूपमा अहिले उदाएका छन् ।
स्वरका धनी आयन
आयन पौडेल जावलाखेलस्थित सेन्ट जेभिर्यस स्कुलमा पढ्छन् । उनी कक्षा ९ मा अध्ययनरत छन् । १४ वर्षीय आयन आफूलाई बाल गायकका रूपमा चिनाउँछन् । उनलाई गीत गायन असाध्यै मन पर्छ । गायन क्षेत्रमा सानै उमेरदेखि लागेका बाल गायक आयन पौडेलको स्वरमा ‘गुनगुनाउँछु गीतहरू’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । उक्त गीत लेखु सहयात्रीको शब्द, गायक तथा सङ्गीतकार तथा सङ्गीत प्रशिक्षक अमृत छेत्रीको सङ्गीत तथा योगेश काजीको सङ्गीत संयोजनमा गीत तयार भएको हो ।
दोहोरी क्विन आयुषा
बाल कलाकार आयुषा गौतम सानी छिन् तर उनले दोहोरी गीत गाउन सुरु गरिन् भने ठुला मान्छे पनि चकित पर्छन् । दर्शकको मन जितिरहेकी छन् । आयुषा गौतम कागेश्वरी मनोहरामा रहेको अक्ष्यरिका स्कुलमा कक्षा ६ मा पढ्छिन् । ११ वर्षकी आयुषा लोकदोहोरी क्षेत्रमा लोकप्रिय नाम हो । सानैमा गायन क्षेत्रमा नाम कमाउन सफल उनी दर्शकको मनमा बस्न सफल भएकी छन् ।
सानी कलाकार समृद्धि
समृद्धि पाण्डे नाटकमा राम्रो अभिनय गर्छिन् । थिएटरमा उनको नाटक मञ्चन असाध्यै जीवन्त हुने गर्छ । जो कोहीलाई पनि उनको प्रतिभा अभिनयकै लागि हो जस्तै लाग्छ । उनी विद्यालयको प्रतिभाशाली छात्रा हुन् । काठमाडौँको लोयला सेकेन्डरी स्कुलमा उनी कक्षा ७ मा पढ्छिन् । केही महिनाअघि काठमाडौँमा आयोजित १४ औँ राष्ट्रिय
कला वरिसाको
बरिसा थापा सात वर्षको भइन् । टिकटकमार्फत लाखौँ दर्शकको मन जितेर अघि बढेकी बरिसा राम्रो नृत्य गर्छिन् । उनको हाउभाउ र नृत्य गर्ने कलाकौशल सबैलाई लोभ्याउने खालको छ । सानै उमेरमा टिकटकबाट सबैमाझ परिचित उनको नृत्य कला तारिफ गर्न लायक छ । हेटौँडा स्थायी घरभएकी बरिसा रसोल ए
तीक्ष्ण स्मरण शक्तिका सुयोग
सामाजिक सञ्जाल फेसबुकमा सुयोगको दुई मिनेटको सानो भिडियो छ । उक्त भिडियोमा सुयोगले सयौँ मान्छेको अगाडि उभिएर नहेरीकन नेपालको सातै प्रदेशको राजधानी, जनसङ्ख्या, जिल्ला, क्षेत्रफल, सङ्ख्या र जनसङ्ख्या भनिरहेको देख्न सकिन्छ । उनले चार्टमा देखाइएको कुरा फेरि सुल्टो भने जसरी नै उल्टोमा पनि भनेर उपस्थितलाई चकित पारेका छन् । उनको मेमोरी पावर अर्थात् कुनै पनि कुरा याद गरेर सम्झिरहन सक्ने क्षमता बढी देखिन्छ ।
सानी कोरियोग्राफर लिडिया
सानै उमेरदेखि उनी नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । आमाबाबालाई सम्झना भएसम्म सानो उमेरमै छँदा पनि कुनै दिन पनि छोरीलाई नृत्य सिकाउनै परेन । कसरी कतिबेला समय मिलाएर उनले नाच्ने अभ्यास गर्थिन् । आमाबाबालाई पनि थाहा छैन । उनै सानी नानी हुन् लिडिया स्याङ्वो तामाङ । उनी सामाखु्सीमा रहेको काठमाडौँ ग्लोबल स्कुलमा कक्षा ८ मा पढ्छिन् । अहिले उनी म्युजिक भिडियोको गीतमा कोरियोग्राफी गर्छिन् । लिडियाले धेरै मेडल, पुरस्कार र अवार्ड
स्वरकी धनी कल्पना
बैतडीको सुर्नया गाउँपालिका–५, धुलीधारकी १२ वर्षीय कल्पना विष्टले गाएका गीत अहिले सर्वत्र चर्चामा छन् तर कल्पना विष्ट भने अँध्यारो गाउँमा गुमनाम हुनुहुन्छ । लोकगायक विष्णु खत्रीसँग ‘गैह्री खेत’ र बालगायक सुप्रिम मल्लसँग ‘बझाङ बाजुरा’ बोलको गीत अहिले युट्युबमा चर्चित छन् । कल्पना गाउँकै सिद्धनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा पढ्छिन् । कोइलीको जस्तो सुमधुर स्वर भएकी कल्पना विष्ट निकै मीठो गीत गाउँछिन् । कल्पनाको गाउँमा बिजुलीबत्ती, इन्टरनेट र टिभी छैन । रेडियोमा लोकगीत सुनेर गीत गुनगुनाउन सुरु गरेकी कल्पना विष्टले अहिलेसम्म दुई वटा गीत बजारमा ल्याएकी छिन् । चर्चित
प्रशंसनीय क्षमताकी प्रशंसा
भरतपुर महानगरपालिका–२, आँपटारीमा जन्मिएकी १५ वर्षीय प्रशंसा पराजुली प्रशंसनीय क्षमताकी धनी छिन् । स्मल हेभन मोडेल स्कुल कक्षा १० मा अध्ययनरत उनी विद्यालयकी प्रथम छात्रा हुन् । उनको लेखन, वाचनमा पनि त्यत्तिकै अब्बल छिन । कथा, कविता, निबन्ध जस्ता साहित्यिक लेखनमा उत्तिकै दक्षता राख्ने प्रशंसा मुना तथा अन्य पत्रपत्रिकाकी राम्रो लेखिकाका रूपमा यति सानो उमेरमै स्थापित भइसकेकी छन । उनको लेखन तथा वाचन क्षमता विद्यालयभित्र वा बाहिर हुने