• १८ पुस २०८१, बिहिबार

विद्यार्थीको आकर्षण बढ्दै

प्रविधिको प्रयोग सहरमा मात्र नभएर दुर्गमका विद्यालयमा पनि बढ्दै गएको छ । जसका कारण विद्यार्थीले यो विधिबाट हुने पठनपाठनप्रति पनि रुचि राख्न थाल्नुभएको छ । दुर्गमका विद्यार्थी प्रविधिबाट हुने पठनपाठन कार्यप्रति आकर्षण बढिरहेको पाइएको छ । प्रविधिबाट शिक्षण हुँदा विषयवस्तुका साथै सान्दर्भिक श्रव्यदृश्य पनि शिक्षकले देखाउने भएका कारण विद्यार्थीको आकर्षण बढेको हो ।

श्रीकृतको नयाँ किताब

श्रीकृतको अगाडि नयाँ किताब र कापीहरू छन् । ती किताब र कापीमा उनी गाता राख्दै छन् । उनको मुख हँसिलो देखिन्छ । नजिकै नयाँ स्कुलको ब्याग पनि रहेको छ । नेपथ्यबाट बजिरहेको बालगीतले गर्दा उनको मुख झन् हँसिलो र जोसिलो बनेको झल्को मिल्छ । विस्तारै बालगीतको आवाज सानो हुन्छ ।

विद्यार्थीको सपना

हामी विद्यार्थी पढ्नु पर्छ, ठुलो मान्छे बन्नु पर्छ । विद्यार्थी भएर शिक्षकको महत्व बुझ्नु पर्छ । ठुलालाई आदर गरी सानालाई माया सत्य बोली सफा सुग्घर आफ्नो दायाँबायाँ ।

अरू जस्तो होइन आफैँ जस्तो बन्नु पर्छ

साथीहरु साहित्यमा हामी सबैलाई रूचि छ । केही न केही लेखिरहन्छौँ । हामीले साहित्यिक लेखनको आरम्भ गर्ने भनेकै अग्रजहरुले देखाउनुभएको बाटोलाई पछ्याउने हो । अग्रज साहित्यकारहरुले धेरै कुरा हामीजस्तै बालबालिकाका लागि लेखिदिएर हामीलाई सहज बनाइदिनुभएको छ । वैशाख महिनाको स्रष्टा संवादका लागि मैले उनै अग्रज साहित्यकार डा. देवी नेपालसँगको रमाइलो कुराकानी साथीहरुका लागि प्रस्तुत गर्दै छु । विसं २०३० मा झापामा जन्मनुभएका प्राध्यापक डाक्टर देवी ने

बुद्धिमानी नानी

“नाइ ममी म पनि जाने ।” अनिता अटेर गर्दैछिन् । ‘बजारमा धेरै भिड हुन्छ छोरी हराइन्छ, अटेर नगर न बरु म फर्कंदा मेरी प्यारी छोरीलाई मिठाई ल्याइदिन्छु ।’ सुनिता आफ्नी छोरी अनितालाई सम्झाउन खोज्दै छिन् । आज हरेक शुक्रबार हाटबजार लागेको छ । त्यसैले अनिता आमासँग हाटबजार जान अटेर गर्दै छिन् । बजार धेरै भिड हुने भएकाले सुनितालाई छोरीलाई बजार लान खोजेकी छैनन् तर पनि छोरीको अटेर सामु उनको केही लागेन । अनितालाई बजार लान तयार पार्दै उनले भन्छिन्, “मेरो हात समाइराख्नु, यताउता आँखा नडुलाउनु यदि हरायो भने त्यहाँ कालो र ह

बालबालिकाका कुरा विभेद कायमै छ

तपाईंहरू पत्याउनु हुन्छ ? हाम्रो गाउँघरमा मात्र होइन, हामी पढ्ने विद्यालयमा समेत दलित विद्यार्थीलाई छुवाछुत र विभेद गरिन्छ । गैरदलित साथीले नजानिँदो तरिकाले हेप्ने र व्यवहारमा छुट्याउने गर्छन् किनभने अझै पनि समाजमा दलितलाई समान भावले हेर्ने धारणाको विकास भइसकेको छैन । के हाम्रो हैसियत समाजमा समान होइन र ? कालीकोटकी छात्रा शर्मिला विकले राजधानीमा आयोजित एक कार्यक्रममा आफूमाथि भइरहेको विभेदविरुद्धमा यसरी बोल्दै उपस्थित सबैको ध्यानाकर्षण गराइन् । उनी जनप्रभात मावि, कालीकोटमा कक्षा १० मा पढ्छिन् । उनले विद्यालय जस्तो पवित्र ज्ञान आर्जन गर्ने ठाउँमा समेत जातको

आश्रेयाको सफलता

उमेर सानै छ । यति सानै उमेरमा पनि आश्रेया श्रेष्ठ निकै राम्रो नृत्य गर्छिन् । नाचेर कहिल्यै नथाक्ने उनी सबैलाई छक्कै पार्ने गरी नाच्छिन् । हँसिलो अनुहार, उस्तै लचिलो शारीरिक हाउभाउ र उनको नृत्य गर्ने कलाकौशल सबैलाई लोभ्याउने खालको छ । अरूभन्दा केही फरक भएकै कारण आश्रेयाले बेस्ट डान्सर नामक देशव्यापी प्रतियोगितामा बेस्ट डान्सरको उपाधि जितेर सबैलाई चकित पारिन । लाइफ ओके टेलिभिजनले गत महिना प्रसारण गरेको उक्त प्रतियोगिताबाट आश्रेयाले पुरस्कारस्वरूप एक लाख रुपियाँ नगद प्राप्त गरिन् ।

अमेरिकामा नेपाली पढ्दै बालबालिका

आफ्नो जन्मभूमि, भाषा, संस्कृति, परम्पराको माया कसलाई हुँदैन र ? विश्वको जुनसुकै कुनामा पुगे पनि नेपालीको पहिचान भनेकै हाम्रो भाषा र संस्कृति हो । यसैको जगेर्ना गर्ने उद्देश्यले नेपाली समुदायका बालबालिकालाई अमेरिकाको जर्जियामा नेपाली कल्चर सेन्टरमार्फत नेपाली भाषा पढाउन सुरु गरिएको छ ।

सामुदायिकमा अब्बल चन्द्रोदय

धादिङ जिल्ला रोराङ गाउँपालिका–५, विशालटारमा अवस्थित चन्द्रोदय माध्यमिक विद्यालय सामुदायिक विद्यालयमा अब्बल मानिएको छ । काठमाडौँबाहिरको यो विद्यालय पठनपाठन र भौतिक संरचनाको दृष्टिले पनि अन्य सामुदायिक विद्यालयलाई उछिनेको छ । यो विद्यालयलाई काठमाडौँका नाम चलेका निजी विद्यालयभन्दा कम छैन । भौतिक संरचना र यहाँको वतावरण सबैलाई आकर्षित पार्ने खालको छ । पछिल्लो समय यहाँ विद्यार्थीको अत्यधिक चाप पनि बढिरहेको छ । अहिले ८८६ जना विद्यालर्थीले अध्ययन गर्दै आएका छन् । विसं २०१६ मा न्यून विद्यार्थी सङ्ख्यास

नखानु है कटन क्यान्डी

मुनाका साथीहरू, तपाईंहरू आफ्ना अभिभावकसँग कतै घुम्न जाँदा हेर्दै आकर्षक देखिने ‘रङ्गीन कटन क्यान्डी’ देख्यो भने किनिदिन भन्नुहुन्छ होला होइन । अझ कसैले त रङ्गीन कटन क्यान्डी जसरी पनि किनिदिन भन्ने र झगडा नै गर्ने गरेको पनि देखिन्छ । अबदेखि यस्तो कुरा नखानु होला । हुन पनि परिवारसँगै बजार, सडकपेटी, मेलालगायतका स्थानमा हिँड्दा बालबालिकाको पहिलो रोजाइ बन्छ रङ्गीन ‘कटन क्यान्डी’ । यसप्रति बालबालिकाको यस्तो आकर्षण हुन्छ कि उनीहरू यसका लागि झगडा गर्नसमेत तम्सिन्छन् ।

मान्छे नडुब्ने समुद्र

भाइबहिनीहरूले मृत सागरको नाम सुनेको हुनु पर्छ । नत्र गुगलमा सर्च गरे पनि धेरै जानकारी पाइन्छ । इजरायल र जोर्डनको बिच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरको मुख्य स्रोत जोर्डन नदी हो । जोर्डन नदीलगायत अन्य नदीनालाबाट आउने खनिजको बढ्दो मात्राले यसलाई खनिजको भण्डार भने पनि हुन्छ । यहाँ पोटासियम कार्बोनेट, म्याग्नेसियम, क्लोराइड, ब्रोमिन ज

आहा ! नयाँ कक्षा

वसन्तको आगमनसँगै रुख बिरुवामा नयाँ पातहरू पलाए । सबैतिर नयाँ पालुवा टुसाए । फूलहरूले मिठो सुवास छर्न लागे । वसन्त अर्थात् चैत वैशाखका दिन सुरु भएपछि कोइलीको स्वर गुन्जिन थाल्यो । नयाँपन र नयाँ सिर्जना नै वसन्तको अर्को नाम हो कि ! प्रकृतिमा मात्र होइन, मानव जीवनमा समेत यस समयले सिर्जनशीलता थप्दछ । वसन्तश्रावणी अर्थात् श्रीपञ्चमीबाट बालबालिकाले शिक्षा आरम्भ गर्ने परम्परा हामीकहाँ छ । नयाँ वर्षको आगमनसँगै विद्यार्थी नयाँ कक्षामा प्रवेश गर्ने ढोका खुल्छ । नयाँ ढोका खुल्नुको तात्पर्य नयाँ संसारमा प्रवेश गर्नु पनि हो । नयाँ ठाउँमा जाँदा नौलो वातावरण कस्तो होला भन्ने खुलदुली जाग्नु स्वाभाविकै हो । यसैले त नयाँ भन्नासाथ हामीलाई कता कता रमाइलो अनि अप्ठ्यारो पनि लाग्छ ।

बाह्रै महिना पढाइ हुने हिमालपारि

उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन सुचारु हुँदै आएको पाइएको छ । लिमीको वडा कार्यालय र अभिभावकले विद्यालयलाई बाह्रै महिना पठनपाठन सुचारु राख्ने निर्णय गरे अनुसार अत्यधिक चिसो बढिरहेको भए पनि हिमालपारिको गाउँ लिमीको विद्यालयमा पठनपाठन जारी रहेको छ । विद्यार्थीलाई बाक्ला कपडा लगाएर कक्षाकोठामा प्रवेश गराउने गरिएको छ । त्यति मात्र नभएर विद्यालयमै आगो बाल्ने व्यवस्थासमेत गरिएको छ ।

वसन्तपञ्चमीको महिमा

वसन्त पञ्चमीलाई सरस्वती पूजा भनेर पनि चिनिन्छ । यो पर्व विशेष गरी हिन्दु धर्मावलम्बीले मनाउने गर्दछन् । विद्याकी देवी सरस्वतीको पूजा गरिन्छ । यो पर्वबाट वसन्त ऋतुको आगमन हुन्छ । यो दिन मन्दिर र शैक्षिक संस्थामा माता सरस्वतीको पूजा गरिन्छ । विद्याकी देवी सरस्वतीको पूजा र आराधना हुने भएकाले बिहानैदेखि विद्यार्थी विद्या प्राप्तिका लागि नुहाइधुवाइ गरेर देवीसँग आशीर्वाद लिन्छन् । यो दिन धेरै शुभकार्य गर्ने चलन छ । जस्तैः ‘गृहप्रवेश’ र नयाँ व्यापार सुरु गर्न वा महत्वपूर्ण आयोजना सञ्चालन गर्न, बालबालिकाको नाक, कान छेड्न आदि । यो अति नै शुभदिनमा विद्यार्थीले माता सरस्वतीसँग विद्या, बुद्धि र विवेकका लागि प्रार्थना गर्छन् र विद्यालय नगएका साना बालबालिकाले

साँचो मित्रता

पूर्वी तराईको जनकपुर उपमहानगरपालिकामा बस्ने दुई मित्रहरू सुभाष घिमिरे र सत्यम पौडेल थिए । दुवै ज्यादै मिलनसार, मेहनती, इमानदार र एकाअर्काप्रति ज्यादै आत्मीय थिए । उनीहरूको मित्रता उदाहरणीय थियो । उनीहरू एकाअर्काका छिमेकी पनि थिए र मित्रता पनि बालककालदेखिकै थियो । यी मित्रहरूको चरित्र भने एकाअर्काको विपरीत थियो । सुभाष गम्भीर, अध्ययनतिर नै ध्यान दिने, अरू क्रियाकलापमा खासै चाख नलिने, साथीभाइको समूहमा पनि धेरै घुलमिल नहुने एकान्तप्रेमी थियो भने उसको साथी सत्यम ठिक विपरीत स्वाभावको । हरेक क्रियाकलापमा सक्रियता देखाउने, धेरै मान्छेसँग नजिकिएर मित्रता गाँस्ने, आफ्नो वाक्पटुताले सबैलाई दङ पार्ने स्वभावको थियो । विद्यालयको अतिरिक्त क्रियाकलाप जस्तै वादविवाद प्रतियोगिता, खेलकुद आदि हरेक छेत्रमा सक्रिय भएर सहभागिता जनाउँथ्यो । अध्ययनतिर भने धेरै ध्यान नै दिँदैनथ्यो । यसरी विपरीत स्वभावका यी दुईको मित्रता भने अचम्मको घनिष्ठ थियो ।