• १३ वैशाख २०८१, बिहिबार

पुर्खा (कविता)

हाम्रा पुर्खा थिए साह्रै आँटिला वीर साहसी ज्यानको बलिदानै त दिन हुन्थे तयार ती ।। महान् देश हाम्रो यो बनेको बलिदानले लिन आएर नेपाल सक्थे के गर्न शत्रुले ?

सामुदायिक विद्यालय ‘अध्ययनसँगसँगै आम्दानी’

विद्यालय ज्ञान आर्जन गर्ने स्थान हो । विद्यालयबाट लिएको ज्ञानले विद्यार्थीलाई भविष्य उज्ज्वल बनाउन बाटो निर्देशित गर्छ । विद्यालयले वातावरण मिलाउन सक्ने हो भने साना नानीबाबुहरूले सैद्धान्तिकसँगै व्यावहारिक ज्ञान पनि लिन सकिन्छ । शैक्षिकसँगै व्यावहारिक ज्ञान पनि प्रदान गर्नमा उदाहरणीय बनेको छ बाँकेको कोहलपुर नगरपालिका–११, भरैयास्थित बालशिक्षा माध्यमिक विद्यालय । यो विद्यालयका विद्यार्थीले शैक्षिक ज्ञानसँगै व्यावहारिक ज्ञान पनि सिक्ने अवसर पाइरहेका छन् ।

लोभी नीरज

एकादेशमा एउटा गाउँ थियो । त्यहाँ एउटा नीरज नाम गरेको व्यक्ति बस्थ्यो । उ धेरै लोभी थियो । उसलाई जति पैसा भए पनि पुग्दैनथ्यो । उ एकदिन भगवान्को ध्यान गर्न गयो । उसको ध्यान देखेर भगवान् खुसी हुनुभयो र नीरजलाई आँखा खोल्न भन्नुभयो । त्यत्तिकैमा उसले आँखा खोल्यो । उसले भगवान्लाई नमस्कार ग-यो । नीरजले आँखा खोलेपछि भगवान्ले सोध्नुभयो । “तिमीलाई के चाहियो ?” भगवान्को प्रश्नपछि उसले खुसी हुँदै भन्यो, “मैले जे छोए पनि पैसा बनाइदिनुहोस् भगवान् ।” त्यसपछि भगवान्ले उसको लोभ थाहा पाउनुभयो । तैपनि भगवान्ले उसको चाहना पूरा होस् भनेर वरदान दिनुभयो । नीरज झन् खुसी भयो । भगवान्को वरदान पाएको नीरजले त्यसले काम गर्छ कि गर्दैन भनेर नजिकै रहेको

मेरी प्यारी आमा (कविता)

मेरी प्यारी आमा किनु दिनु जामा फुरुफुरु नाच्छु खुसीले बाँच्छु

आमा (कविता)

हजारौँ दुःख अनेकौँ कष्ट तिमीले सहेर दिएन दान मलाई दाता भगवान् बनेर । अपार तिम्रो महिमा आमा तिमी नै देउता संसारमा तिमीबाहेक कोही छैनन् एउटा ।

यस्तो छ समय (कविता)

कानै खाने कृत्रिम आवाज फोक्सोमा जमेका पुरानो थोत्रा गाडी टेम्पो बाइक कलकारखाना, आदिबाट निस्केका धुवाँका मुस्लो जनजीवनमा पार्ने सामान्य असर न हो मान्छेको सरदर आयु नै छैन ।

बालज्ञानी गुरु आदित्य

भाइबहिनीहरू, तिमीहरूलाई पनि थाहा भएकै कुरा हो, बालज्ञानी गुरु आदित्य अत्यन्तै अदभुत र अलौकिक बालक हुनुहुन्छ । उहाँको दिव्य आत्माभित्र अनुमान नै गर्न नसकिने अथाह ज्ञानको सागर छ । उहाँको अलौकिक शक्ति र ज्ञानका बारेमा विश्व नै चकित छ । ज्ञान प्रकट हुनुअघिसम्म उहाँको बाल्यकाल अन्य बालबालिकाको जस्तै साधारण थियो तर अदृश्य शक्ति प्राप्त भएपछि बालक आदित्य बालज्ञानी गुरु आदित्य बन्नुभएको छ । विसं २०६७ साउन ७ गते बाबा शेषराज दाहाल र आमा ईश्वरा गुरागाईंको पहिलो सन्तानका रूपमा झापाको मोरङ सिजुवामा उहाँको जन्म भएको थियो । गुरु आदित्यको चार वर्षको जन्मदिन आउनु एक दिनअघि २०७१ साल असार २५ मा उहाँमा अलौकि

चित्र बनाउन डिजिटल आर्ट

भाइबहिनीहरूलाई चित्र बनाउन त पक्कै मन पर्छ । कतिपयलाई चित्रमा रङ (कलर) भर्न पनि मन पर्ला । यस्तै स्केच बनाउने, थ्रिडी पेन्टिङ गर्ने, मूर्ति बनाउने जस्ता स्वभाव अनुसार धेरै किसिमका रुचि पनि हुन सक्छ । चित्र बनाउन मन त पर्छ तर आफूले सोचे जस्तो चित्र भने नबन्न पनि सकिन्छ । पेन्टिङ गर्न खोजे पनि रङ नमिलेको हुन सक्छ अथवा चित्रभन्दा बाहिर पनि जान सक्छ । यसले गर्दा भाइबहिनीलाई आफूले ठ्याक्कै चाहेको जस्तो कुरा बनाउन समस्या भइरहेको हुन सक्छ । तर डिजिटल आर्टमा भने यस्तो समस्या हुँदैन ।

सङ्घीय संसद्को भ्रमण भित्र पसेपछि यो यो

हाम्रो विद्यालयले व्यावहारिक ज्ञान दिन बेला बेलामा विभिन्न ठाउँको भ्रमण गराउने गर्दछ । यसै क्रममा यस पटक हाम्रो सामाजिक शिक्षा विषय अन्तर्गत भ्रमण गराउँदा सङ्घीय संसद्बारे जानकारी दिन संसद् भवन लग्यो । संसद्ले कसरी काम गर्छ भन्ने स्पष्ट पार्न हामीलाई संसद्को अवलोकन भ्रमण गराइयो । मेरो विद्यालय काठमाडौँ प्रज्ञा कुञ्ज नयाँ बानेश्वरस्थित सङ्गम चोकमा छ । यहाँबाट सङ्घीय संसद्सम्मको दुरी त्यति धेरै छैन । त्यसैले दिउँसोको करिब ३:०० बजे हाम्रो विद्यालयका कक्षा ८ का हामी विद्यार्थी लामबद्ध भएर संसद् भवनका लागि निस्कियौँ । हामीसँगै सुजना गुरुआमा, मनीषा म्याम, उषा म्याम र कृष्ण सर पनि हुनुहुन्थ्यो ।

अनुशासन

भाइबहिनीहरू, अनुशासनले हामीलाई चल्न सिकाउँछ । कुनै कुरा राम्रो र व्यवस्थित ढङ्गले चल्न नियम चाहिन्छ । आफूले नै आफूलाई बाँध्नु र अरूमा मन, वचन र कर्मले सकारात्मक प्रभाव पार्ने कार्य अनुशासन हो । अनुशासन हाम्रो जीवन पद्धतिसँग गाँसिएर आउँछ । त्यसैले पनि जीवनमा अनुशासनको विशेष महत्व हुन्छ । अनुशासनबिनाको जीवनको के अर्थ हुन्छ र ? साना ठुला सबैले अनुशासनको पालना गर्नु पर्छ । अनुशासनमा बस्नु हामी सबैको कर्तव्य हो । अनुशासनमा नबस्दा हामी पशु समान हुन्छौँ । मानव जीवनमा अनुशासनको महत्व बयान गरेर साध्यै छैन ।

दाइजो प्रथा यसरी रोक्न सकिन्छ

आजको एक्काइसौँ शताब्दीको युगमा पनि हाम्रो देशका महिला दाइजो, बोक्सी, छाउपडी, झुमा, बहुपत्नीलगायतका सामाजिक कुप्रथा तथा परम्पराको सिकार बनिरहेका छन् । धेरै नेपाली महिला विभिन्न खाले घरेलु हिंसा, यौनजन्य हिंसा जस्ता शारीरिक तथा मानसिक हिंसाबाट पीडित छन् । यसले नेपाली महिलालाई सम्मानपूर्वक बाँच्न पाउने आधारभूत मानव अधिकारबाट वञ्चित गरिरहेको छ । हाम्रो देशमा महिलामाथि हुने हिंसामा मुख्यतया घरेलु हिंसा, बलात्कारलगायतका यौनजन्य हिंसाका साथै दाइजो नल्याएको निहुँमा हुने गरेका जघन्य हिंसा रहेका छन् ।

अध्याय र बैभवीको अब्बल यात्रा

भाइबहिनीहरू हामीले जेठ अङ्कको मुनाको आवरणमा अध्याय भण्डारी र सानी नानी विभूति श्रेष्ठलाई देख्न सक्छौँ । अध्याय काठमाडौँको डियर वाक स्कुल सिफलमा कक्षा ९ मा पढ्छन् भने विभूति महामञ्जुश्री स्कुलमा कक्षा ५ मा पढ्छिन् । अध्ययनसँगै उनीहरू दुवै जना क्षमतावान् र हरेक कुरामा अब्बल छन् ।

स्वयम्भूका दुईवटा आँखा

मैले रेडियो र युटुवमा “स्वयम्भूका दुईटा आँखाले न्याय अन्याय छुट्याई हेर्छ” भन्ने गीत सुनेकी थिएँ । स्वयम्भूबाट काठमाडौँ उपत्यका पूरै देखिन्छ भन्ने पनि सुनेकी थिएँ । स्वयम्भूका तस्बिर र भिडियो हेरेकी थिएँ तर त्यहाँ जान पाएकी थिइनँ । त्यसैले मैले मेरो बाबालाई स्वयम्भू घुम्नका लागि भनेँ । मेरो बाबाले मलाई गत वर्ष २०७९ असार ४ गते शनिबारका दिन स्वयम्भू घुम्न लैजानुभयो । चोभारबाट बल्खु, कालीमाटी–ताहाचल–छाउनी हुँदै स्वयम्भू गयौँ । स्वयम्भू स्तूपा तल छाउनीबाटै देखिने रहेछ । स्तूपामा हामी पश्चिम उत्तर तिरको ढुङ्गे सिँढीको बाटो हुँदै पुग्यौँ । बाटोबाटोमा व्यापारीहरूले पर्यटकलाई बेच्ने सामान राखेका थिए । त्यहाँ बाँदरहरू पनि निकै धेरै थिए । बाँदरहरू नजिक आउँदा म डराएँ ।

नयाँ वर्ष पर्वको उत्साह (कथा)

वैशाख १ गते नेपालीहरूको नयाँ वर्ष हो । नयाँ वर्षमा शुभकामना दिने चलन छ । म पनि मेरो साथीभाइ, आफन्त, इष्टमित्रलाई नयाँ वर्षको शुभकामना दिन्छु । वार्षिक परीक्षा सकिएर छुट्टीको समय हुन्छ । छुट्टीको समयमा म नयाँ वर्ष मनाउन गाउँ जान्छु । थारू समुदायले नयाँ वर्ष सिरुवा पर्वका रूपमा धूमधामका साथ मनाउँछन् । सिरुवा पर्व वर्षको सु

‘म विद्यार्थी’

भाइबहिनीहरू, हामी विद्यार्थी, सिक्ने, खेल्ने, रमाउने बेला । र हामी आजका विद्यार्थी कस्ता छौँ, के बन्ने, कस्तो बन्ने र त्यसका लागि के के सिक्ने त ? यो हाम्रा लागि जान्नैपर्ने विषय हो । यससँगै परिवार, समाजभित्र रहेका र हामीले जान्नैपर्ने मध्ये कला–संस्कृति, अनुशासन र कर्तव्य पनि हो । कक्षामा शिक्षकले सहजीकरण गरिरहँदा सिकाइमा ध्यान दिनुपर्दछ । शिक्षकको सहयोगमा सिर्जनशील बन्नुपर्दछ । प्रत्येक दिन उपलब्धिमूलक गृह तथा कक्षा कार्यहरू मात्र गर्नुपर्दछ । परी