• १३ वैशाख २०८१, बिहिबार

डेटा सेन्टर इन्टरनेटको घर

विश्वभर हरेक क्षण इन्टरनेटमा नयाँ–नयाँ कन्टेन्टहरू थपिइरहन्छन् । भाइबहिनीले पनि याद गरेकै हुनुपर्छ, हरेक पटक युट्युब चलाउँदा होस् अथवा टिकटक, नयाँ–नयाँ भिडियो आइरहेकै हुन्छन् । फेसबुक, इन्स्टाग्राममा पनि नयाँ फोटो अनि भिडियो उत्तिकै आइरहेका हुन्छन् । यसबाहेक इन्टरनेटमा त्यस्ता करोडौँ साइट छन् जहाँ हरेक पल लाखौँ, करोडौँ नयाँ सामग्री अपलोड भइरहेका हुन्छन् । इन्टरनेटमा हरेक दिन थपिने यी कन्टेन्टहरू कतै न कतै सुरक्षित राखिएका हुन्छन् । त्यसरी सुरक्षित राखिएकै कारण हामीले खोजेको समयमा त्यस्ता कन्टेन्ट इन्टरनेटमा सहजै उपलब्ध हुन्छन् । यसरी इन्टरनेटका कन्टेन्ट सुरक्षित राखिने ठाउँ हो डेटा सेन्टर । इन्टरनेटको अत्यधिक प्रयोग बढेपछि डेटा सेन्टर पनि एकदमै चर्चित हुन थालेको छ ।

युवा–अब जुट अब उठ (कविता)

हे युवा शक्ति अब त उठौँ है, हे युवा शक्ति अब त जुटौँ है । देश बनाउनलाई उठौँ है, नेपाल आमालाई बचाउनलाई उठौँ है ।

शैक्षिक भ्रमण

विजय स्मारक मााध्यमिक विद्यालयबाट फागुन १९ गते कक्षा ४ का हामी सम्पूर्ण विद्यार्थी शैक्षिक भ्रमणमा गोदावरी गएका थियौँ । सबै विद्यार्थी ९:३० मा विद्यालयको प्राङ्गणमा जम्मा भयौँ । कक्षा शिक्षक सुस्मिता राणा म्यामले हाजिरी गराउनुभयो । शिक्षकले लाइनमा उभ्याउनु भयो । सबै जानाको आइडेन्टी चेक गर्नुभयो । १०:५० मा गाडी चढ्यौँ । १ घन्टा ३० मिनेट गाडीको यात्रा गरेपछि गोदावरी पुग्यौँ ।

साइनो कविताहरू

फूल प्रिय साथी हो निःशुल्क बास्ना छर्छ यो बालक सुन्दर सृष्टि हो । असल मेरा साथी घुम्ने पढ्ने बानी जाति

दार्शनिक ब्रुस ली

साथीहरू तपाईहरूले ब्रुस लीको नाम सुन्नुभएकै होला । उहाँ एक उत्कृष्ट खेलाडी, दार्शनिक र हामीजस्ता साना बालबालिकाको जीवनमा प्रेरणाका स्रोत पनि हुन् । उहाँको जन्म संयुक्त राज्य अमेरिकामा भएको थियो । सन् २०२० मा ब्रुस लीलाई समर्पित गर्दै चलचित्र पनि बनाइएको थियो । ब्रुस ली धेरैका लागि प्रेरणा थिए । उहाँको बाल्यकाल अति नै प्रेरणादायी छ । म पनि तेक्वान्दोमा सामेल हुन प्रेरित भएँ ।

प्रख्यात सहर जयपुर

कतिपय साथीहरूलाई NCC का बारेमा थाहा नहुन पनि सक्छ । NCC भनेको ल्बतष्यलबNational Cadet Corps हो । यसलाई नेपालीमा ‘राष्ट्रिय सेवा दल’ भनिन्छ । नेपाल सरकारले यसको सञ्चालनको जिम्मा नेपाली सेनालाई दिएको छ । यसमा सैनिक सेवाको आधारभूत तालिम तथा ज्ञान प्रदान गरिन्छ । यस्तो तालिमको अवसर देशभरिका सबै विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पाउँदैनन् । म अध्ययनरत विद्यालय (वागीश्वरी मावि च्याह्मासिंह, भक्तपुर) NCC का लागि छनोट भएको हुँदा मैले गत वर्ष नै आफ्नै विद्यालयको प्राङ्गणमा सञ्चालित ३५ दिने तालिम लिने अवसर पाएको थिएँ ।

मैले बनाएको ‘टेबल ल्याम्प’

साथीहरू, माघ महिनामा मेरो स्कुलमा बृहत् शैक्षिक प्रदर्शनी भयो । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीले आफूले रुचाएको जानेको विषयमा आफ्ना कला प्रदर्शन गरेका थिए । मैले पनि यस्ता प्रदर्शनीमा पहिलो चोटि भाग लिएको थिएँ । योभन्दा अगाडि हुने प्रदर्शनीमा म सानै त थिएँ नि । म र मेरा साथीहरू मिलेर टेबल ल्याम्प, अनि ब्याट्रीबाट बल्ने बत्ती बनायौँ । थाहा छ, मलाई ब्याट्री र मोटरको प्रयोग गरेर यस्ता विभिन्न नमुना बनाउन औधी मनपर्छ । सबै गरेर डेढ सयभन्दा बढी विभिन्न प्रकारका नमुना प्रदर्शनीमा राखिएका थिए । जसमा मलाई सबैभन्दा मन परेका घास काट्ने मेसिन, बौद्धको नमुना, सोलारबाट बत्ती बलेको, ज्वालामुखी निस्केको, सडक दुर्घटना हुनबाट बचाउने सेन्सरजस्ता थिए । स्मार्ट डस्टबिन त झनै अचम्मको थियो ।

हुरीबतासको सम्झना

चैत मासको सुक्खा खडेरी परेको थियो । जताततै धुलो उडिरहेको थियो । विद्यालयको वार्षिक परीक्षा सकिएपछि बिदाको समय बिताउन म गाउँ गएको थिएँ । तराईका फाँटमा आँपका बोटहरू हाँगा–हाँगा लच्काएर फुलेका थिए । एक दिन साँझको लगभग ५ बजेको समय थियो । ठूलो हुरीबतास आउँछ कि भन्दै डर लाग्न थालेको थियो ।

सानेको जन्मदिन

सानेको जन्मदिन थियो । ऊ हजुर आमाको पर्खाइमा बसेको थियो । “मैले त ठ्याक्कै ५ः०० बजे आउनुहोला भनेर भनेको थिएँ । बिर्सिनुभयो कि ।” उसले मनमनै प्रश्न ग¥यो । केही बेर पर्खंदा पनि हजुरआमा आउने कुनै सङ्केत सानेले देखेन । साने आत्तियो । हजुरआमा बाटैमा हराउनुभयो कि भनेर साने हजुरआमालाई खोज्न गयोे । “ए बाबु, एकैछिन धैर्य गर, आइहाल्नु हुन्छ ।” आमाले पछाडिबाट भन्दा पनि उसले नसुनेको जस्तो ग¥यो । ईश्वरी फुपूले त थाहा भएन भन्नुभयो । प्रकाश दाइले भर्खर सुनीलको घरमा हजुरआमा गएको दाबी ग¥यो । सुनीलले “हजुरआमालाई भेट्न त भेटेको थिए तर उहाँ बुवासँग छोटो कुराकानी गरेर गइहाल्नुभयो” भन्यो ।

टुँडिखेल घोडेजात्राको महिमा

भाइबहिनीहरू, नेपालमा धेरै वर्ष पहिले हरिदेव नाम भएका राजा थिए । उनका केशचन्द्र नाम भएका छोरा थिए । उनी कसैले भनेको केही नमान्ने जिद्दी स्वभावका बालक रहेछन् । उनी बराबर जुवा खेलिरहन्थे । जुवा खेल्ने ठाउँ थँबहिल (हाल ठमेल) थियो । एकदिन जुवा खेल्न जाँदा हारेछन् । रात पनि धेरै बितिसकेका कारण ठमेलमा बस्ने आफ्नो दिदीको घरमै गएर बसेछन् । जुवा खेल्ने लतले गर्दा केशचन्द्रले दिदीको घरबाट आफूले खाएको थाल नै चोरेर जुवा खेल्न हिँडे, त्यो पनि हारे । बेलुका घरमा आउँदा भाइले थाल चोरेर लगेको थाहा पाइन् ।

अब अर्को कक्षा (कविता)

वर्षभरि किताब पढेँ होमवर्क गरें, नट बनाएँ । नजानेका प्रश्न सोधें दिनैपिच्छे पाठ बुझाएँ ।

पुतली (कविता)

आहा कति राम्रो पुतली जहिल्यै उड्छ मेरै वरिपरि घाम होस् वा झरी घुम्छ दिनैभरि ।।

ऋतु (कविता)

छ भाइ ऋतुको नाम सम्झ शरद्पछि आउँछ हेमन्त । वसन्त ऋतु जब तिमी आउँछौ आँकुरा मुना पालुवा पलाउँछौ ।

नेपाली हुँ वीर (कविता)

नेपाल हो घर मेरो हिमाल हो शिर, देशको सान बढाउने नेपाली हुँ वीर । हेर साथी आकाशमा बादलको घेरा, बादलभित्र झिलिमिली चन्द्रमाको डेरा ।

कुकुर (कविता)

हाम्रो घरको पाले यो साहै्र राम्रो खाले यो भुक्छ अरू सबैलाई नचिनेको मान्छेलाई ।।१।।