मेरो बाबा मेरो जीवनको सबैभन्दा महत्वपूर्ण व्यक्ति हुनुहुन्छ । उहाँ मेरो आदर्श, प्रेरणा र मायाको स्रोत हुनुहुन्छ । बाबा मेरो परिवारको मुख्य व्यक्ति हुनुहुन्छ । उहाँको उपस्थितिले हाम्रो घरमा शान्ति र समृद्धि ल्याउँछ । उहाँको मुहार सधैँ मुस्कानले भरिपूर्ण हुन्छ । उहाँका आँखामा ज्ञानको चमक र अनुशासनको दृढता स्पष्ट देखिन्छ । उहाँले हामीलाई किताबका कुरा मात्र नभई जीवनका मूल्य र नैतिक शिक्षा पनि दिनुहुन्छ ।
शान्त स्वभावका मेरो बाबा सहनशील र मेहनती पनि हुनुहुन्छ । उहाँ बिहानै उठ्नुहुन्छ र आफ्नो काममा व्यस्त हुनुहुन्छ । उहाँको काममा सङ्घर्ष र समर्पणको विशेषता छ । म उहाँलाई देखेर सधैँ मेहनत गर्ने प्रेरणा प्राप्त गर्छु । मेरो बाबाले शिक्षा र संस्कृतिको महìवलाई बुझ्नुभएको छ । उहाँ सधैँ मलाई अध्ययन गर्न प्रोत्साहित गर्नुहुन्छ ।
मेरो बाबालाई म सधैँ आदर्श मान्छु । उहाँले मलाई सधैँ कडा मेहनत र सत्य बोल्नलाई प्रेरित गर्नुहुन्छ । उहाँका सल्लाह र मार्गदर्शनले मलाई सधैँ सही दिशा दिन्छ । उहाँलाई म साँच्चिकै प्रेरणाको स्रोत मान्छु । मेरो बाबा सधैँ हिम्मत र साहसका साथ जीवनका हरेक कठिनाइको सामना गर्नुहुन्छ । उहाँका आदर्श र शिक्षाले मलाई जीवनमा अगाडि बढ्न हौसला मिल्छ । उहाँका बारेमा सोच्दा म गर्व र घमण्ड महसुस गर्छु ।
मेरो बाबाको अस्तित्वले मेरो जीवनलाई अर्थपूर्ण र समृद्ध बनाएको छ । म बाबासँग बिताएका हरेक पललाई सधैँ सम्झन्छु । उहाँका उपदेशले मलाई जीवनमा राम्रो मार्गमा अघि बढ्न प्रेरित गर्छ । उहाँले मेरो भविष्यका लागि सदैव सही मार्गदर्शन दिनुभएको छ । उहाँले गर्नुभएको परिश्रम र मेहनतले सबै समस्यालाई पन्छाउन सिकाएको छ ।
मेरो बाबा मेरो जीवनको सबैभन्दा महान् र प्रेरणादायक व्यक्ति हुनुहुन्छ । म मेरो बाबाप्रति सधैँ कृतज्ञ छु र उहाँको सेवा गर्नका लागि आफूलाई सधैँ समर्पित राख्ने प्रयास गर्छु । उहाँको माया र आशीर्वादले मेरो जीवनलाई सफल बनाउन मद्दत पुग्ने छ ।