रामेछापमा बस दुर्घटना हुँदा चार जनाको मृत्यु
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ६ जना घाइते भएका रामेछापका प्रहरी नायव उपरीक्षक भोला भट्टले जानकारी दिनुभयो ।
नसर्ने रोग नियन्त्रणका लागि घरघरमा स्वास्थ्यकर्मी
नसर्ने रोग नियन्त्रणका लागि बर्दियाको बाँसगढी नगरपालिकाले घर घरमा स्वास्थ्यकर्मी पठाएको छ । तीस वर्षभन्दा माथिका नागरिकहरूको स्वाथ्य चेकजाँचको लागि घर घरमा स्वासथ्यकर्मी पठाएको हो ।
पेस्तोल र सञ्चार सेटसहित मोरङबाट दुई जना पक्राउ
मोरङको सुन्दरहरैँचा नगरपालिकाबाट प्रहरीले अवैध हतियार र सञ्चार सेट (वाकीटकी)सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैँचा नगरपालिका वडा नं. २ बेलडाँगी बस्ने २८ वर्षीय सिलास लिम्बु र वडा नं. ३ बस्ने २९ वर्षीय प्रेमबहादुर गुरुङ रहेका छन् ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु तीन लाख पाँच हजार ५०० र एक तोला चाँदीको मोल रु पाँच हजार २४० कायम भएको छ ।
दार्चुलामा बहालवाला प्रहरी हवलदार मृत फेला
दार्चुलामा नेपाल प्रहरीका बहालवाला प्रहरी हवलदार मृत फेला परेका छन् । यहाँको जिल्ला प्रहरी कार्यालय अन्तर्गत महाकाली नगरपालिका–४ बाङ्गाबगडमा सामुदायिक प्रहरीमा कार्यरत अन्दाजी ३८/४० वर्षीय प्रहरी हवलदार योगेन्द्रसिंह घर्ती मृत फेला परेको महाकाली नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष जगतबहादुर चुनाराले जानकारी दिनुभयो ।
बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुग्यो
जिल्लामा एचआइभी सङ्क्रमितको सङ्ख्या २१९ पुगेको छ । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङको तथ्याङ्क अनुसार एचआइभी सङ्क्रमितको सङ्ख्या सबैभन्दा धेरै बागलुङ नगरपालिका र थोरै ताराखोला गाउँपालिकामा छ ।
हरेक नेपालीलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने लक्ष्य : स्वास्थ्यमन्त्री शर्मा
नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्माले सरकारले हरेक नेपालीलाई उचित र गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचमा पुर्याउने उद्देश्यका साथ काम गरिरहेको बताउनुभएको छ ।
कांग्रेस सभापति थापा आज बर्दिवास आउनुहुँदै
महोत्तरी–१ निर्वाचन क्षेत्रको चुनाव प्रचारको क्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा मङ्गलबार बर्दिवास आउँदै हुनुहुन्छ ।
१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन
१७औँ राष्ट्रिय बाल नाटक महोत्सवको समुद्घाटन भएको छ । शैली थिएटर रूसी सदन काठमाडौँ र ओजस थिएटरको आयोजनामा एक हप्ता लामो महोत्सवको आज समुद्घाटन गरिएको हो ।
नारायणी नदीमा हाम फालेकी महिलाको सकुशल उद्धार
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, पुलचोकस्थित नारायणी नदीमा हाम फालेकी महिलाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
उखु किसानको खातामा ९३ करोड भुक्तानी
महोत्तरीको रामनगरस्थित एभरेस्ट चिनी मिलले चालु क्रसिङ सिजन २०८२/८३ का लागि उखु किसानलाई भुक्तानी दिन सुरु गरेको छ। मिलले उखु खरिद गरेको सात दिनभित्रै भुक्तानी दिने नीतिअनुसार किसानको खातामा प्रतिक्विन्टल ६२० रुपियाँका दरले रकम जम्मा गर्न थालेको हो।
हंसपुर नगरपालिकाका नगर प्रमुखको निधन
धनुषाको हंसपुर नगरपालिकाका नगर प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ । मस्तिष्क घातका कारण उहाँको निधन भएको बताइएको छ ।
निर्धक्कसँग निर्वाचनमा सहभागी हुनुस्
निर्वाचन आयोग फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको अन्तिम तयारीमा जुटिरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छापिसकिएको छ भने प्रत्यक्षतर्फको छपाइ अन्तिम चरणमा छ । निर्वाचन तयारीका सम्बन्धमा हालसम्म भएका उपलब्धि, अधिकतम मतदातालाई निर्वाचनमा कसरी सहभागी गराउने र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न आयोगको रणनीतिलगायतका विषयमा केन्द्रित रहेर निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरसँग गोरखापत्रका लागि लक्की चौधरी र सूर्यप्रसाद पाण्डेले गर्नुभएको कुराकानी :
चुनावमा हुने भोजभतेरको अनुगमन
यही फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका तयारीमा जुटेका बागलुङका राजनीतिक दल, उम्मेदवार र सरोकारवालाले निर्वाचनका बेला हुने भोजभतेर खुवाउने काम र राष्ट्रिय झन्डाको दुरुपयोग रोक्नुपर्ने बताएका छन् ।
हुम्लामा माघमै फुल्यो लालीगुराँस
सामान्यतया चैत–वैशाख महिनामा फुल्ने लालीगुराँस यस वर्ष भने माघमै फुलेको छ। मौसममा आएको परिवर्तनसँगै तापक्रम वृद्धि भएपछि लालीगुराँस माघ महिनामै फुलेको हो।
मत हाल्न पाँच घण्टा पैदल
यहाँको चुमनुब्री गाउँपालिका अन्तर्गतको लोक्पा गाउँका मतदाताले मत खसाल्न कम्तीमा पाँच घण्टा बाटो पैदल हिँड्नुपर्ने बाध्यता झेल्दै आएका छन् । गाउँमा बिस घरधुरी मात्रै रहेको लोक्पामा गाउँबाट मतदान केन्द्र निकै टाढा सिप्चेत आधारभूत विद्यालयमा राखिएको छ । यो ठाउँ जान कम्तीमा पाँच घण्टा ओरालो हिँडेर मात्र पुग्न सकिन्छ । स्थानीय सेराप गुरुङले भन्नुभयो, “मतदान केन्द्र गाउँमा राख्न सकिने संरचना त छन् तर हामीले हरेक निर्वाचनमा मतदात केन्द्रको माग राखेका हुन्छौँ, अहिलेसम्म सुनुवाइ भएको छैन ।”
कञ्चनपुरका किशोरीलाई एचपिभि खोप लगाइँदै
कञ्चनपुरमा मङ्गलबारदेखि किशोरीहरूलाई एचपिभि खोप लगाइने भएको छ । जिल्लाका नौ वटै पालिकाका १० वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको हो ।
कञ्चनपुरमा पाँच हजार ६७८ किशोरीलाई आजदेखि ‘एचपिभी’ खोप लगाइँदै
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि कञ्चनपुरमा आजदेखि ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयले जिल्लाभरका पाँच हजार ६७८ जना छात्रा तथा किशोरीलाई एचपिभी खोप लगाउने लक्ष्य लिएको छ ।
तनहुँका दुई हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप लगाइने
तनहुँमा आगामी माघ २९ गतेदेखि फागुन ५ गतेसम्म पाठेघरको मुखको क्यान्सर गराउने ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ ।
नागरिकताको प्रतिलिपि लिने धेरै
गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता लिने बढी देखिएका छन् । गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार गत आइतबारदेखि शुक्रबारसम्म जिल्ला प्रशासन कार्यालयबाट १०९ जनाले नयाँ नागरिकता लिँदा १३४ जनाले प्रतिलिपि लिएका छन् ।
सधैँ सबै उम्मेदवारको चुनावी एजेन्डा
यसअघिका निर्वाचनमा चुनावी एजेन्डा बन्दै आएको घोराही–तुलसीपुर चार लेन सडक पुनः यस पटकको प्रतिनिधि सभाको निर्वाचनमा राजननीतिक दलहरूले चुनावी एजेन्डा बनाउन थालेका छन् । विशेष गरी दाङ क्षेत्र नं. २ र ३ का उम्मेदवारले यसलाई प्राथमिकतामा राखेर आफ्ना एजेन्डा अगाडि सार्दै आएका छन् ।
करेन्ट लाग्दा कामदारको मृत्यु
झापाको बिर्तामोड नगरपालिका-२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।
निर्वाचनका लागि भित्रिए सवारीसाधन
आगामी प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि भारत सरकारले नेपाली सेनालाई उपलब्ध गराएको ५० वटा सवारीसाधन भैरहवा नाकाबाट नेपाल भित्रिएका छन् । झन्डै ३० करोड रुपियाँ मूल्यका ती गाडी नेपाल सरकारको निर्णय अनुसार भन्सार सहुलियतमा नेपाल ल्याइएका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलक्षित भारतीय सेनामार्फत नेपाली सेनालाई सहयोगस्वरूप ती सवारीसाधन उपलब्ध गराइएको हो ।
हिउँ कुल्चिएर मुस्ताङमा नेपाली सेनाको गस्ती
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मुस्ताङको उच्च हिमाली क्षेत्रमा नियमित सुरक्षा गस्ती गरिरहेको छ । निर्वाचन लक्षित एकीकृत सुरक्षा योजना अनुरूप निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका थुर्लुङ फाँट र सदरमुकाम जोमसोममा रहेको बेसबाट नियमित गस्ती गरिरहेको छ ।