व्यवसाय प्रवर्धनबाट रोजगारी
मुलुकको आर्थिक एवं सामाजिक विकासका लागि युवा जनशक्ति परिचालन अपरिहार्य हुन्छ । रोजगारीका मुख्य क्षेत्रको पहिचान र ती क्षेत्रको व्यावसायीकरणले स्वदेशभित्रै रोजगारीको सुनिश्चितता र आर्थिक विकासको दिगो आधार तयार हुन सक्छ ।
रेसुङ्गा सभाहल निर्माणः तीन वर्षमा ७० प्रतिशत भौतिक प्रगति
गुल्मीको रेसुङ्गा नगरपालिका–४ अर्खलेमा निर्माणाधीन सभाहल निर्माणमा ढिलाइ भएको छ । निर्माणाधीन सुविधा सम्पन्न अत्याधुनिक सभाहल विशेषगरी बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भएको पाइएको हो ।
काठेखोला गाउँपालिकाको केन्द्रबाट रेश जाने सडक स्तरोन्नति
निर्माण व्यवसायीको लापरबाहीले जीर्ण बनेको रेश जाने सडक छ पटक म्याद थपेपछि कालोपत्र गर्ने तयारी थालिएको छ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएको थियो ।
स्थिरता, विविधता र सन्तुलन
नेपालको विविधता हरेक प्रणालीको चुनौती हो । १४२ जातजाति, १२४ भाषा, अनेकौँ धर्म र तीन भौगोलिक क्षेत्र (हिमाल, पहाड, तराई) भएको यो देशमा संसदीय प्रणालीले क्षेत्रीय र सांस्कृतिक असन्तुलनलाई मात्र बढावा दियो भन्ने तर्क गरिँदै छ ।
एनपिएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबार यहाँस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् ।
पुस दोस्रो साता ‘आठौं बागलुङ महोत्सव’ हुने
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुस ११ देखि २१ गतेसम्म आठौं बागलुङ महोत्सव हुने भएको छ ।
मधेशका दलमा वैचारिक बहस
नेपालको लोकतान्त्रिक यात्रामा मधेशी दलको उदय, उत्थान र पतन, अनि परिवर्तनको अपरिहार्य छायाले घेरिएको पछिल्लो विरासत आज पनि नेपाली राजनीति अध्ययन गर्ने सबैका लागि अत्यन्त रोचक विषय बनेको छ ।
ग्रामीण सडकमा बढ्दै जोखिम
कालीकोट जिल्लाका स्थानीय तह जोड्ने जीर्ण सडकमा यात्रुले जोखिम पूर्ण यात्रा गर्ने बाध्य छन् । स्थानीय तहका जनप्रतनिधिले आफ्नो कार्यकालमा सडक विस्तारलाई प्राथमिकता दिए पनि सडकको स्तरउन्नती नहुँदा ग्रामीण सडकमा जोखिम बढ्दै गएको हो ।
मिथिलाको पर्व ‘विवाहपञ्चमी’
मिथिलामा मनाइने प्रख्यात धार्मिक, सांस्कृतिक पर्व विवाहपञ्चमीले सामूहिक सद्भाव, सहयात्रा र अमर प्रेमको सन्देश दिने बताइएको छ । मधेशी आयोग र मिथिला संस्कृति समाजद्वारा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा राम/सीताको विवाह भएको दिनको स्मरणमा हरेक वर्ष मङ्सिर शुक्ल पञ्चमीका दिन मनाइने पर्वमा सम्पूर्ण मिथिलावासीले दीप प्रज्वलन, मङ्गल गीत, झाँकी, भजन, नाचगानसहित सामूहिक रूपमा मनाएर धार्मिक सद्भाव दर्साउँदै आएको जानकारी दिइएको छ ।
घरजग्गा कारोबार क्रमशः ओरालो लाग्दै, राजस्व सङ्कलन पनि घट्यो
देशभर घरजग्गाको कारोबार क्रमशः घट्दै गएको पाइएको छ । कारोबार घट्दै जाँदा राजस्व सङ्कलनमा समेत ह्रास आएको छ ।
महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’
नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा अपुर्भ तामाङको आवाज तथा शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङले गर्नुभएको छ । गीत ‘जिटुवान डिजिटल’ को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ ।
माया खोलामा पुल नहुँदा दुई गाउँको ‘सम्बन्ध विच्छेद’
दंगीशरण गाउँपालिका वडा नम्बर ३ हेकुली र वडा नम्बर ५ सलौराबिचको सीमा क्षेत्र माया खोलामा अझै पनि पुल नबन्दा दुबै गाउँका बासिन्दा आवत–जावतमा वर्षौंदेखि समस्या भोगिरहेका छन् ।
गीता जयन्ती मनाइने
श्रीमद्भागवत गीता जयन्ती–२०८२ को अवसरमा श्रीमद्भागवत गीता दर्शन परिचर्चा, योग शिविर तथा गीता ज्ञान साधक सम्मान कार्यक्रम आयोजना गरिने भएको छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ६४ पैसा र बिक्रीदर १४२ रुपियाँ २४ पैसा निर्धारण गरिएको छ ।
सुरुमै उत्पादन गर्न सके राम्रो मूल्य
धेरै उत्पादन हुने समयमा बिक्री नभएर बारीमै कुहिने गोलभेँडा र काउलीले अहिले भने राम्रो मूल्य पाउँदा सर्लाहीका किसान खुसी भएका छन् । प्रशस्त गोलभेँडा उत्पादन हुने जिल्लाका रूपमा सर्लाही प्रख्यात छ । यहाँ हिजोआज स्थानीय जातको गोलभेँडा भर्खरै उत्पादन हुन थालेको छ ।
आज देशभरको मौसम सफा रहने
हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पुनर्निर्माणलाई जुटेन अपेक्षित रकम
जेनजी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माणका लागि सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा अपेक्षा अनुसार रकम जुट्न सकेको छैन ।
मलले भरिए गोदाम नपुगेर दुई थप
कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका सबै गोदाम रासायनिक मलले भरिएका छन् । कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयका अनुसार हाल कार्यालयको वीरगन्जस्थित सबै गोदाम रासायनिक मलले भरिएका छन् ।
गोदाममै थन्कियो चामल नयाँ धान राख्ने ठाउँ छैन
बर्दियाको राजापुरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड (खाद्य कम्पनी) द्वारा उत्पादित करिब २५ हजार क्विन्टल चामल अहिले पनि गोदाममै थन्किएको छ । चामल थन्किएपछि नयाँ धान खरिदको सिजन चलिरहेका बेला धान भण्डारण गर्न भने ठाउँ अभाव भएको छ ।
आज विश्व टेलिभिजन दिवस
आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ ।
विपत् जोखिममा बालबालिका
आर्थिक वर्ष २०८०/८१ मा विभिन्न किसिमका प्राकृतिक विपत्बाट ४९० जना बालबालिका पीडित तथा प्रभावित भएको देखिएको छ । ३४ औँ अन्तर्राष्ट्रिय बाल अधिकार दिवसका अवसरमा बिहीबार सार्वजनिक गरिएको बालबालिकासम्बन्धी राष्ट्रिय स्थिति प्रतिवेदन, २०८२ अनुसार प्राकृतिक विपत्बाट पीडित बालबालिकामध्ये १७७ जनाको मृत्यु भएको छ भने ३११ जना बालबालिका घाइते भएका छन् । यसै गरी प्राकृतिक विपत्का कारण दुई जना बालबालिका बेपत्ता भएको देखिएको छ ।
एमालेमा फर्कनेलाई पहिलेकै हैसियत
नेपाल कम्युनिस्ट पार्टी (एमाले) बैठकले ‘घर फर्क अभियान’ अन्तर्गत पार्टीमा आएका नेताहरूलाई महाधिवेशन प्रतिनिधि बनाउने निर्णय गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले विगतमा एमाले छाडेका तर पछिल्लो समय पार्टीमा फर्किएका नेताहरूलाई प्रतिनिधि बनाउने निर्णय गरेको हो ।
संसद् विघटनबारे रिट : सभामुखको जवाफ निवेदकको पक्षमा
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले वर्तमान प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा विघटन असंवैधानिक रहेको भन्दै बदर मागसहित सर्वोच्च अदालतमा लिखित जवाफ पेस गर्नुभएको छ ।
भारतले दियो दस वटा बेलिब्रिज
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडकलगायत पूर्वाधार विकासमा भारतको महत्वपूर्ण सहयोग रहँदै आएको बताउनुभएको छ । भारत सरकारले विपत्को समयमा आपत्कालीन प्रयोगका लागि प्रदान गरेको बेलिब्रिज बिहीबार हेटौँडामा हस्तान्तरण गर्न आयोजित