विदेशका नेपालीलाई मतदान सम्भव
नीति अनुसन्धान प्रतिष्ठानले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा विदेशमा रहेका नेपाली र देशभित्रै अन्तरनिर्वाचन क्षेत्रका मतदाताको मतदान सम्भव रहेको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ ।
निजामती कर्मचारी : पदोन्नति नहुँदा अध्ययनमै केन्द्रित
निजामती कर्मचारीमा नियमित वृत्तिविकास नहुँदा कर्मचारी बिदा लिएर वा कार्यालय समयमा नै पढेर बस्न बाध्य भएका छन् । कतिपय कर्मचारी बिदा लिएर लोक सेवा आयोगको परीक्षाको तयारीमा जुटेका छन् भने कतिपय कर्मचारी कार्यकक्षमै बसेर पढ्ने गरेका छन् । कर्मचारीको पढ्नमै अर्जुनदृष्टि हुँदा सेवाप्रवाहमा समेत प्रतिकूल प्रभाव पर्न सक्ने देखिएको छ ।
तयारीका लागि नेताहरुको नेतृत्वमा १३ उपसमिति गठन
नेकपा (एमाले) ले ११ औं महाधिवेशन सम्पन्न गर्न १३ वटा उपसमिति गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय बैठकले महाधिवेशन व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनुभएको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउन सुझाव
सुदूरपश्चिम प्रदेशमा सामाजिक सुरक्षा कोषमा आवद्धता बढाउनु पर्ने सरोकारवालाले औंल्याएका छन् । यस प्रदेशमा अनौपचारिक श्रमिकहरुको सामाजिक सुरक्षा आवद्धताको अवस्था न्यून रहेकाले आवद्धता बढाउनु पर्ने औंल्याएका हुन् ।
उपल्लो मुस्ताङको निषेध फुकुवा गर्न स्थानीय जनप्रतिनिधिको माग
मुस्ताङका स्थानीय जनप्रतिनिधिहरुले उपल्लो मुस्ताङमा कायम रहेको ‘निषेधित क्षेत्र’को व्यवस्था पूर्ण रूपमा खारेज गर्न सरकारसँग माग गरेका छन्।
त्रिविको ‘क्यामेरा भवन’ : ‘मन्दिरमै आएको अनुभूति’
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको अवलोकन गर्नुभएको छ ।
प्रधानमन्त्री कार्कीसँग माओवादीका नेताको भेटवार्ता
पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले बिहीबार बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गर्नुभएको हो।
मङ्सिर २१ देखि २७ गतेसम्म मतदाता नामावलीमा त्रुटि सच्याउन सकिने
निर्वाचन आयोगले फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत गरेको छ।
सुरक्षा परिषद्को बैठक : निर्वाचनमा सेना परिचालन गर्न सिफारिस
राष्ट्रिय सुरक्षा परिषद्को बैठकले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा नेपाली सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरिएको छ ।
एनपिएल : लुम्बिनी लायन्सको विजयी सुरुवात
लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा विजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार साँझ भएको खेलमा लुम्बिनीले चितवन राइनोजलाई ६ विकेटले हरायो ।
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरण, छानबिन समितिले बुझायो प्रतिवेदन
नेपाल टेलिकमको बिलिङ प्रणाली खरिद प्रकरणका सम्बन्धमा गठित छानबिन समितिले प्रतिवेदन बुझाएको छ ।
सभामुखद्वारा निर्माणाधीन संसद् भवनको अवलोकन
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायतको टोलीले आज सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको अवलोकन गर्नुभएको छ।
महिला कबड्डी विश्वकपमा नेपालको तेस्रो जित
ढाकामा बिहीबार भएको समूह ‘बी’ अन्तर्गतको खेलमा नेपालले केन्यालाई २८–२१ ले हरायो । यस जितसँगै नेपालले चार खेलबाट ६ अङ्क बनाएको छ ।
क्यानडा पठाउने भनी छ लाख ठगी गर्ने पक्राउ
क्यानडा पठाउने भनी छ लाख रुपियाँ ठगी गर्ने २० वर्षीय आसमान विक पक्राउ परेका छन् ।
प्रादेशिक अस्पताल भवन निर्माणको काम ३० प्रतिशत
लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन दश तले भवनको निर्माण कार्य तिव्ररुपमा चलिरहेको छ । भवन निर्माणको भौतिक प्रगति ३० प्रतिशत पुगेको जनाइएको छ ।
दुर्घटनापछि फरार चालक पक्राउ
गाडी दुर्घटनापछि फरार भएका एक चालकलाई प्रहरीले पक्राउ गरेको छ । गौमुखी गाउँपालिका –५ ठुलावेशीमा मंसिर १ गते भएको जिप दुर्घटनामा फरार चालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
जेनजी आन्दोलनका घाइतेलाई खर्च धान्न धाैधाै
जेनजी आन्दोलनको दुई महिना बितिसक्दा पनि केही घाइते अस्पतालमा उपचाररत छन् ।घाइते मध्येका बझाङका २० वर्षीय पारस बोहोरा र बाजुराका २१ वर्षीय साजन रोकाया वीर अस्पतालमा उपचाररत हुनुहुन्छ ।
एनपिएल : चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले जितका लागि लुम्बिनी लायन्सलाई एक सय ४३ रनको मध्यम लक्ष्य दिएको छ ।
संयमता अपनाउन प्रचण्डको आग्रह
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाराको सिमरामा भएको विरोध प्रदर्शनलाई थप हिंसात्मक तथा नियन्त्रणबाहिर जान दिन सबै पक्षलाई संयमता अपनाउन अनुरोध गर्नुभएको छ ।
गाजामा ४० हजार बालबालिकालाई खोप दिने डब्लुएचओको लक्ष्य
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले गाजा पट्टीमा हाल कायम रहेको युद्धविरामको अवसर उपयोग गर्दै ४० हजारभन्दा बढी बालबालिकालाई विभिन्न सङ्क्रामक रोगविरुद्ध खोप दिने महत्वाकांक्षी लक्ष्य राखेको छ ।
फ्रान्सेली वैज्ञानिकद्वारा क्यान्सर उपचारमा एमआरएनएको सम्भाव्यता परीक्षण
फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमता परीक्षण गर्दै घातक क्यान्सर उपचारमा क्रान्ति ल्याउने सम्भावना खोजिरहेका छन् ।
बङ्गलादेशमा काम चलाउ सरकार प्रणाली पुनः स्थापित
बङ्गलादेशको सर्वोच्च अदालतले राष्ट्रिय निर्वाचनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उद्देश्यले काम चलाउ सरकार प्रणाली पुनः स्थापित गर्ने महत्वपूर्ण निर्णय सुनाएको छ ।
पाँचथरमा थपिए १७ सय ३१ मतदाता
फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि पाँचथर जिल्लामा एक हजार सात सय ३१ जना नयाँ मतदाताले नाम दर्ता गराएका छन् ।
पाकिस्तान र इराकको जेलबाट ५६० जना अफगान कैदी जेल मुक्त भई स्वदेश फिर्ता
गत हप्ता मात्र पाकिस्तान र इराकका जेलमा बन्दी बनाइएका ५६५ जना अफगान नागरिक जेल मुक्त भई अफगानिस्तान फर्केको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार घोषणा गरेको छ ।