एपस्टिन फाइल सार्वजनिक गर्न ट्रम्पद्वारा विधेयकमा हस्ताक्षर
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार विवादास्पद तर बहुप्रतिक्षित ‘एपस्टिन फाइल ट्रान्सपरेन्सी एक्ट’ मा हस्ताक्षर गर्दै दोषी यौन अपराधी जेफ्री एपस्टिनसँग सम्बन्धित सरकारी रेकर्ड सार्वजनिक गर्न कानूनी मार्ग प्रशस्त गर्नु भएको छ ।
ट्राफिक प्रहरीद्वारा फेला परेका सवारी साधन हस्तान्तरण
प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका ५१ दुई पाङ्ग्रे सवारी साधन फेला पारेर सम्बन्धीत धनिलाई हस्तान्तरण गरेको छ ।
जडिबुटी खेती विस्तारमा केन्द्रको लगानी
दुर्लभ तथा सङ्कटापन्न बिरुवाहरूको संरक्षणको क्रियाकलापमा जोड दिँदै वनस्पति अनुसन्धान केन्द्र, सल्यानले औषधीय गुण भएका वनस्पतिको खेती विस्तारमा लगानी गरेको छ ।
उपराष्ट्रपति यादवसँग यूएईका राजदूत शम्सीको शिष्टाचार भेटवार्ता
उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सईद मुबारक जर्वान अल शम्सीले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
एनपिएल : लुम्बिनी टस जितेर बलिङ गर्दै
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा लुम्बिनीले टस जितेर बलिङ रोजेको छ । टस हारेको चितवनले पहिले ब्याटिङ गर्ने भएको छ ।
आलुमा आत्मनिर्भर बनाउन सक्रिय कृषि ज्ञान केन्द्र
कृषि ज्ञान केन्द्र तनहुँले जिल्लामा आलु उत्पादन बढाइ कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित ‘कमन आलु उत्पादन प्रवर्धन कार्यक्रम’ सञ्चालन गरेको छ ।
भारतले नेपाललाई दियो १० वटा बेलीब्रिज
भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो।
नेपालको फिफा वरीयता खस्कने क्रम जारी
विश्व फुटबल महासङ्घ (फिफा) ले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल दुई स्थान खस्किएर एक सय ८२औँ स्थानमा पुगेको छ ।
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षा
बालबालिकालाई अनलाइन हिंसाबाट जोगाउन डिजिटल सुरक्षामा ध्यान दिनुपर्ने एक कार्यक्रमका वक्ताले बताएका छन्।
भलमन्सा नै चौकीदारको भूमिकामा
थारु समुदायमा सदियाैंदेखि प्रचलनमा रहेको भलमन्सा प्रथाको निर्णय प्रक्रियालाई घर–घरमा खबर गर्न चौकीदार (चिरक्या) राख्ने चलन छ । पछिल्लो समय गाउँको नेतृत्व गर्ने भलमन्साले नै चौकीदारको काम पनि गर्नेक्रम सुरु भएको छ ।
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ ।
खैरो हिरोइनसहित एक पक्राउ
धनकुटाको छथरजोरपाटी गाउँपालिका –२, स्थित जोरपाटी बजारबाट खैरो हिरोइनसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर बेलका नगरपालिका –९ घर भएका २२ वर्षीय अर्जुन कार्की रहनुभएको छ ।
कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने
नवलपुरको कावासोतीमा निःशुल्क मुटुरोग परीक्षण शिविर हुने भएको छ । रोटरी क्लब अफ नवलपुर कावासोतीको आयोजनामा शुक्रवार र शनिवार दुई दिनसम्म मुटुरोग परिक्षण शिविर आयोजना गरिएको हो ।
जुम्लामा दुई मतदान केन्द्र थप गर्न सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न र एउटा केन्द्र स्थानान्तरण गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
पच्चिस मतदानस्थल अति संवेदनशील सूचीमा
सिन्धुली जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी तीब्र रुपमा हुँदैछ ।
पाकिस्तानी सेनाद्वारा अफगान सीमाक्षेत्रमा २३ जना आतङ्ककारीको हत्या
पाकिस्तानी सेनाले अफगान सीमा क्षेत्रमा गरेको दुई वटा आतङ्कारी लक्षित कारबाहीमा २३ जना आतङ्ककारीको मृत्यु भएको जनाएको छ ।
म्यानमारबाट भागेर थाइल्याण्ड पुगेका ३७ नेपालीको उद्धार
आकर्षक रोजगारीको प्रलोभनमा परेर म्यानमारमा सञ्चालित अवैध अनलाइन स्क्यामिङ केन्द्रमा फसाइएका ३७ जना नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काइएको छ।
नितिश कुमारको नयाँ रेकर्ड : दशौँ पटक विहारको मुख्यमन्त्री
जनता दल (युनाइटेड) का प्रमुख नितिश कुमारले बिहीबार प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए) का वरिष्ठ नेताको उपस्थितिमा इतिहास रच्दै दशौँ पटक बिहारको मुख्यमन्त्रीका रूपमा शपथ लिनुभएको छ ।
बालबालिकाको व्यवस्था फेरियो : अवस्था फेरिएनन
आज अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । ‘मेरो दिन, मेरो अधिकार’ भन्ने अन्तर्राष्ट्रिय नारा र ‘बालबालिकामा लगानीः सुनिश्चित भविश्यको थालनी’ भन्ने राष्ट्रिय नाराका साथ ३६ औँ अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइएको छ ।
मौलाकालिका केवलकार सञ्चालनमा
जेनजी आन्दोलनमा आगजनी भएको मौलाकाली केबलकार आज देखि सञ्चालनमा आएको छ ।
अफगानिस्तानमा डेङ्गुको उच्च जेखिमः डब्ल्युएचओ
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले पूर्वी अफगानिस्तानमा डेङ्गुको उच्च जोखिम रहनुका साथै डेङ्गु सङ्क्रमितको सङ्ख्या उल्लेखनीयरुपमा वृद्धि भएको रिपोर्ट गरेको छ ।
प्रसूति केन्द्र निर्माणमा भ्रष्टाचार : विशेष अदालतमा मुद्दा दर्ता
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको हिमाली गाउँपालिका–६ मा निर्माण गरिएको प्रसूति केन्द्र भवन निर्माणमा गम्भीर अनियमितता र भ्रष्टाचार भएको ठहर गर्दै सम्बन्धित जिम्मेवार व्यक्तिहरूविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।
ट्रम्प र मेयर-निर्वाचित ममदानीबिच शुक्रबार भेट हुने
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी अभियानका क्रममा कडा आलोचना गरेका न्युयोर्कका मेयर-निर्वाचित जोहरान ममदानीलाई आगामी शुक्रबार भेट्ने घोषणा गर्नु भएको छ ।
चुनावअघि बङ्गलादेश प्रहरीद्वारा नयाँ वर्दी सार्वजनिक, जनविश्वास पुनर्निर्माणको प्रयास
सामूहिक विद्रोहपछिको पहिलो राष्ट्रिय चुनाव केही हप्तामै नजिकिँदै गर्दा बङ्गलादेश प्रहरीले गहिरो रूपमा क्षतिग्रस्त भइसकेको जनविश्वास पुनर्निर्माण गर्ने आशामा नयाँ वर्दी अनावरण गर्दै सुधारको सङ्केत दिएको छ ।