• ११ फागुन २०८२, सोमबार

मतदान अधिकृतहरुलाई निर्वाचन तालिम

blog

तालिममा सहभागी निर्वाचन अधिकृतहरु ।

अमृतप्रसाद पौडेल

म्याग्दी, फागुन ११ गते । प्रतिनिाधिसभा सदस्य निर्वाचन २०८२ का लागि म्याग्दीमा खटिने निर्वाचन अधिकृतहरुका लागि तालिम सुरुभएको छ । 

जिल्लाको मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले तालिमको उदघाटन गर्नुभयो । उहाँले निष्पक्ष निर्वाचन गराउन निर्वाचन अधिकृतहरुलाई आग्रह गर्नुभयो । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खटिने मतदान अधिकृत तथा सहायक मतदानअधिकृतहरुको अभिमुखिकरणमा सम्बोधन गर्दै थापाले सबैका नागरिक हैसियतका बिचार हुन सक्ने भए पनि निर्वाचनमा राजनीतिक बिचारलाई बाहिरै राख्नु पर्ने बताउनुभयो । 

प्रमुख जिल्ला अधिकारी रबिन्द्र आचार्यले सुरक्षा व्यवस्था मजबुत रहेको बताउनुभयो । उहाँले मोबाइल टोली तथा स्ट्राइक टोली तथा अन्य सुरक्षा टोली पनि हुने भएकोले शान्तिपूर्ण र ढुक्क साथ निर्वाचन सम्पन्न हुने बताउनुभयो । 

जिल्लामा निर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएर त्यसलाई कार्यान्वयनमा  लगिएको हुनाले सबैले निर्वाचन सम्पन्न गर्नुपर्ने जिम्मेवारीलाई मनन गर्न आग्रह गर्नुभयो । 

जिल्ला निर्वाचन अधिकारी बिमल गौतमले सञ्चालन गर्नुभएका उद्घाटनसत्रमा आचारसंहिता अनुगमन अधिकृत तथा कोष तथा लेखा नियन्त्रक रामनाथ शर्मा, जिल्ला सुरक्षा समितिका पदाधिकारी लगायतको उपस्थिति थियो । 

निर्वाचनमा खट्ने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुको तालिम मंगलबारसम्म चल्नेछ । दुई समूह बनाएर दुई दिन हुने तालिम तीन स्थानमा सञ्चालन हुने सहायक निर्वाचन अधिकृत एवम् जिल्ला अदालत म्याग्दीका श्रेस्तेदार जगत भण्डारीले जानकारी दिनुभयो ।