मोटरसाइकल गोरुगाडामा ठोक्किँदा एकको मृत्यु, दुई घाइते
बर्दियामा मोटरसाइकल गोरुगाडामा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
खजुरामा घुम्ती शिविर सञ्चालन
बाँकेको खजुरा गाउँपालिकाले बिहीबारदेखि व्यवसाय दर्ता तथा नवीकरणका लागि घुम्ती शिविर सञ्चालन गरेको छ ।
नवलपुरमा बस दुर्घटना : २० भन्दा बढी घाइते
पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु–८ खजुरी खोलामा बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
अमेरिकी राजदूत थम्पसन धौलागिरी प्रादेशिक अस्पतालमा
नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्पसनले सानो सहयोगमा नेपालको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तन भइरहेको बताउनुभएको छ ।
सडकमा पैदल हिँड्न पनि कठिन
गाडी मोटर चलाउन निर्माण भएका ग्रामीण सडकमा मोटर त के पैदल हिँड्नसमेत कठिन हुन थालेपछि स्थानीयवासी वैकल्पिक बाटो हिँड्न थालेका छन् ।
झापा कारागारका एक कैदीको मृत्यु
जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका भारत पश्चिम बङ्गाल राज्यको दार्जिलिङका कर्णबहादुर लिम्बूको मृत्यु भएको छ ।
आहा ! गोतामकोट (फोटो फिचर)
पुग्नेलाई फर्कन मन नलाग्ने, फर्किएकालाई पुनः आकर्षित गरिरहने अद्भुत सुन्दर, शान्त र सैम्य गाउँ, गोतामकोट । केही उकालो चढेपछि आँखाभरि देखिने समथर उर्वर भूमि, एक आपसमा आलिङ्गन गरेर बसेका टमक्क घरधुरीले आँगन मात्र हैन करेसा, बलेसी, धुरीहरुको उत्तिकै मिलेका छन् ।
सुनचाँदीको मूल्यमा सामान्य गिरावट
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ ।
रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण
मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ ।
धार्मिक पर्यटनको केन्द्र बन्दै भोजपुरको ‘सिद्धकाली’
यहाँको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको केन्द्रका रूपमा क्रमशः विकास भइरहेको छ ।
सप्तरीमा ९७८ किलो गाँजासहित ट्रक चालक पक्राउ
सप्तरी प्रहरीले ठुलो परिमाणको प्रतिवन्धित लागुऔषध गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको छ ।
बाजुरामा १२ नयाँ मतदान केन्द्र सिफारिस
जिल्ला निर्वाचन कार्यालय बाजुराले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जिल्लामा थप १२ वटा नयाँ मतदान केन्द्र सिफारिस गरेको छ ।
सल्यानमा मिचाहा वनस्पति व्यवस्थापन अभियान फेरि सुरु
द्रुत गतिमा फैलने मिचाहा वनस्पति व्यवस्थापन अभियान सल्यानमा फेरि सुरु भएको छ । केही हप्ता रोकिएको यो जिल्लास्तरीय अभियान शुक्रबार बिहान सदरमुकाम खलङ्गास्थित टुडिखेल क्षेत्रमा सरसफाइ र बनमारा व्यवस्थापन गरेर सुरु भएको हो ।
कर्मचारी अभावले प्रतापपुरको सेवाप्रवाहमा प्रत्यक्ष असर
पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले एकैपटक ९२ जना कर्मचारी हटाएपछि सेवाप्रवाहमा असर पुगेको छ । गाउँपालिकाको तीन वटा शाखामा अहिले कर्मचारी छैनन् भने वडा कार्यालयको सेवाप्रवाहमा पनि प्रत्यक्ष असर पुगेको गाउँपालिकाले जनाएको छ ।
निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्नुपर्छ : जसपा सचिव साह
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव तथा मधेश प्रदेशका पूर्वअर्थमन्त्री शैलेन्द्रप्रसाद साहले हालै भएको युवा पुस्ताको विद्रोह र त्यसको प्रभावबारे गम्भीर प्रश्न उठाउनु भएको छ ।
दुधमा चार रुपियाँ अनुदान
आँधीखोला गाउँपालिकाले दुधमा प्रतिलिटर चार रुपियाँ अनुदान दिने भएको छ । पालिकाले बाङसिङ साना कृषि सहकारी संस्था लिमिटेडसँग सहकार्य गर्दै दुग्ध उत्पादक कृषकलाई उत्पादनमा आधारित अनुदान दिने तयारी गरेको हो ।
पानीको महत्व :मुहान सुक्यो बसाइँ पनि सर्यो
उपल्लो मुस्ताङ लोघेकर दामोदरकुण्ड गाउँपालिका–५, ध्ये गाउँका छिरिङ ढुक्के गुरुङ गाउँघरनजिकको पानीको मुहान सुकेपछि बसाइँसराइ गर्ने निर्णयमा पुग्नुभयो । कृषि र च्याङ्ग्रापालन पेसामा सक्रिय गुरुङ जस्तै झवाङ वाङचुक, डिन्डु गुरुङलगायत गाउँका २८ घरपरिवारले थाङचुङमा बसाइँसराइ गरेका छन् ।
अतिक्रमित वन क्षेत्र १५ दिन भित्र खाली गर्न निर्देशन
सब डिभिजन वन कार्यालय दुम्कीबासले नवलपुरको बिनयी त्रिबेणी गाउँपालिका–२ स्थित दाउन्ने बजार र दुम्किबास बजार आसपासमा राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
पाल्पामा विद्यार्थी बोकेको बस दुर्घटना, एघार जना घाइते
दाङबाट विद्यार्थी लिएर पाल्पाको तानसेन–१४ स्थित रानीमहल आएको ना ५ ख १०८९ नम्बरको यात्रुबहाक बस शुक्रबार बिहान बैकुण्ठे भिर नजिकै दुर्घटना हुँदा बसमा सवार ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
कागबेनीमा नमुना श्राद्ध स्थल बनाइने
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागखोला र कालीगण्डकी नदीको तटमा धेरै तीर्थालुलाई तर्पण गर्न सहज हुने गरी श्राद्ध स्थल बनाइने भएको छ । हिन्दु धर्मावलम्बीको पवित्र स्थल कागबेनीमा दिवङ्गत पितृका नाममा श्राद्ध तथा पिण्डदान दिन सहज हुने गरी मुक्तिनाथ मन्दिर व्यवस्थापन समितिले एक करोड रुपियाँ बजेट विनियोजन गरिएको छ ।
पहिरोले गर्दा स्थानीयवासी त्रसित
पाल्पाको पूर्वखोला देवीनगरस्थित उड्डाँडाबाट निरन्तर रूपमा कालो कोइलासहितको पानी बगेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । चार वर्षअघि उड्डाँडामा पहिरो खसे पनि कोइलासहितको पानी बगेको थिएन । पछिल्लो एक महिनायता उड्डाँडाबाट कालो कोइलासहितको लेदो पानी तिनाउ नदीमा बग्न थालेपछि तल्लो तटीय क्षेत्रका बासिन्दा त्रसित बनेका हुन् ।
रवि र छविको पेसी स्थगित
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डिआइजी छविलाल जोशीको मुद्दामा बिहीबारका लागि तोकिएको पेसी स्थगित भएको छ । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा तोकिएको पेसी रविका कानुन व्यवसायीका तर्फबाट सुनुवाइ स्थगित गरिदिन निवेदन परेपछि स्थगित भएको हो ।
पाख्रिवासमा हाइस दुर्घटना : एक जनाको मृत्यु, दुई गम्भीर
धनकुटाको पाख्रिवासमा भएको दुःखद दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा संखुवासभा सभापोखरी–२ की ८२ वर्षीया सावित्रा कालाखेती रहनुभएको छ ।
सङ्घीय सरकारको निर्देशन कार्यान्वयन गरेनन् स्थानीय तहले
सङ्घीय सरकारले स्थानीय तहहरुलाई अस्थायी र करार सेवाका कर्मचारी हटाउन निर्देशन गरेको थियो । सङ्घीय सरकारले दिएको उक्त निर्देशन धनकुटाका पाँच स्थानीय तहले आजका दिनसम्म पनि कार्यान्वयनमा ल्याएका छैन ।