म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
महिला क्रिकेट टोलीको बिदाइ
फेब्रुअरी १३ तारिख देखि थाइल्यान्डमा सुरु हुने राइजिङ स्टार्स महिला एसिया कप प्रतियोगिताका लागि नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कले घट्यो
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
रामेछाप बस दुर्घटना अपडेटः मृतक १२ जनामध्ये १० जनाको सनाखत
रामेछाप सदरमुकाम मन्थली नजिक बस दुर्घटना हुँदा ज्यान गुमाएका १२ जनामध्ये १० जनाको सनाखत गरिएको छ ।
कञ्चनजङ्घा आधार शिविरको सरसफाइ
ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविर क्षेत्रको सरसफाइ गरिएको छ । हेल्थ इन्भाइरोन्मेन्ट एण्ड क्लाइमेन्ट एक्सन फाउण्डेसन ९(हेक्याफ–३६०) ले जिल्लाको सिरिजङ्घा गाउँपालिकामा अवस्थित कञ्चनजङ्घा आधार शिविरको ओक्ताङ क्षेत्रमा पुगी सरसफाइ गरेको हो।
गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध दुई करोडको भ्रष्टाचार मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुरको गोदावरी नगरपालिकाका इन्जिनियरविरुद्ध करिब दुई करोड बिगोसहितको भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
इशानेश्वरमा महाशिवरात्री मेलाको तयारी
लमजुङको मध्यनेपाल–७, करापुटारस्थित इशानेश्वर महादेव मन्दिरमा महाशिवरात्री मेलाको तयारी तीव्र बनाइएको छ ।
अडानीमाथि अमेरिकी जाँच
भारतको अडानी इन्टरप्राइजेजले इरानी तेलजन्य उत्पादन आयात गरेको आरोप सम्बन्धी मिडिया रिपोर्ट सार्वजनिक भएपछि सम्भावित अमेरिकी प्रतिबन्ध उल्लङ्घनको अनुसन्धानमा सहयोग गरिरहेको खुलासा मङ्गलबार गरेको छ ।
टी–२० विश्वकप : नेदरल्यान्ड्सको पहिलो जित
नेदरल्यान्ड्सले आइसिसी टी–२० विश्वकपमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत दिल्लीस्थित अरुण जेटली रङ्गशालामा मङ्गलबार भएको खेलमा नेदरल्यान्ड्सले नामिबियालाई सात विकेटले हरायो ।
रामेछाप बस दुर्घटना अपडेटः मृतकको सङ्ख्या १२ पुग्यो
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ । सो दुर्घटनामा बसका चालकसहित ८ जना घाइते भएका मन्थली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा केशवसिंह धामीले जानकारी दिनुभयो ।
नवग्रह मन्दिरमा महाशिवरात्रीमा विशेषपूजा हुने
अर्जुनचौपारी गाउँपालिका–१, पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा रहेको नवग्रह मन्दिरमा महाशिवरात्री बिशेषपूजा हुने भएको छ ।
निर्वाचन प्रहरीलाई नमुना मतदानको अभ्यास (फोटो फिचर)
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिने तालिमप्राप्त निर्वाचन प्रहरीलाई नमुना मतदान स्थलको अभ्यास गराइएको छ ।
सालक संरक्षण गर्न घोषणापत्र
संसारभर सङ्कटापन्न स्तनधारी प्राणी सालक संरक्षणका लागि सात बुँदे माडी घोषणापत्र जारी गरिएको छ । चितवनको माडीमा नेपालमै पहिलो पटक सोमवार भएको सालक सम्मेलनबाट सालक संरक्षणका लागि बागमती प्रदेशमा क्रियाशील सरकारी निकाय, संरक्षण साझेदार सङ्घ संस्था, संरक्षणकर्मी, विज्ञ, उपभोक्ता समूह, लगायतका सरोकारवालाले संयुक्त रुपमा घोषणापत्र जारी गर्नुभएको हो ।
टी–२० विश्वकप : पाकिस्तान भारतसँग खेल्न तयार
आइसिसी टी–२० विश्वकपमा यसअघि भारतसँग नखेल्ने घोषणा गरेको पाकिस्तानले आफ्नो निर्णय फिर्ता लिएको छ ।
बाहुनडाँगीमा बाघ आतङ्क
झापाको मेचीनगर नगरपालिकाको उत्तरी क्षेत्र बाहुनडाँगीमा बाघ देखापर्न थालेपछि स्थानीयहरू त्रसित भएका छन् । माघले बाख्रा खान थालेपछि स्थानीयहरु त्रसित भएका छन् ।
सुकुम्वासी समस्या समाधानमा प्राथमिकता
सुकुम्वासी समस्या समाधान गर्नु नै श्रम संस्कृति पार्टीको मुख्य राजनीतिक एजेन्डा रहेको पार्टीका उम्मेदवारहरूले बताएका छन् ।
खामेनीद्वारा एकताको आह्वान
इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको वार्षिकोत्सवको अवसरमा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह गर्नु भएको छ ।
भिरबाट लडेर युवकको मृत्यु
बाजुरामा भिरबाट लडेर एक जना युवकको मृत्यु भएको छ । जिल्लाको पूर्वीउत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–५, कालसैन बस्ते कालुबहादुर विष्टको ४० वर्षीय छोरा अम्मरसिंह विष्टको मृत्यु भएको हो ।
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन डलर दिने
नेपालको डिजिटल रूपान्तरणका लागि विश्व बैंकले ५० मिलियन (५ करोड) अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
निर्वाचन आचार संहिता कार्यान्वयन गर्न माग
आगामी फागुन २१ गतेको निर्वाचनका लागि इलाममा निर्वाचन आचार संहितासम्बन्धी अन्तरक्रियामा आचारसंहिता कार्यान्वयनको माग गरिएको छ ।
प्रधानमन्त्री र भारतीय राजदूतबिच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका लागि मित्रराष्ट्र भारतले गरेको सहयोगका लागि धन्यवाद दिनुभएको छ।
अवैध जडीबुटी प्रशोधन कम्पनीमा सिल
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ हर्कपुरमा सञ्चालनमा रहेको एक जडीबुटी प्रशोधन उद्योगलाई कानुनी प्रक्रिया पूरा नगरेको आरोपमा बन्द गरी सिल गरिएको छ । यो उद्योग अवैधरुपमा स्थापना गरिएको बताइएको छ ।
पाँचथरमा एचपिभी खोप लगाउन सुरु
पाँचथर जिल्लाका १ हजार ३ सय किशोरीलाइ पाठेघरको मुखमा लाग्ने क्यान्सर विरुद्वको (एचपिभी)खोप लगाउन सुरु गरिएको छ । २९ गतेसम्म अभियन सञ्चालन गर्ने बताइएको छ ।
रामेछापमा बस दुर्घटना अपडेटः नौ जनाको मृत्यु
रामेछाप सदरमुकाम मन्थलीनजिक बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ ।