पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको दसौँ सभा सम्पन्न भएको छ। प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२–८३ को बजेट पारित गरेको छ।
इन्डोनेसियामा पहिरो जाँदा १० को मृत्यु, १८ जना बेपत्ता
इन्डोनेसियाको मध्ये जाभा प्रान्तको आवासीय क्षेत्रमा पहिरोे जाँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै १८ जना बेपत्ता भएको अधिकारीहरुले शुक्रबार बताएका छन् ।
एनपिएलः पोखराविरुद्ध ब्याटिङ गर्दै सुदूरपश्चिम
राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल० मा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
सुक्खा बन्दरगाहका लागि निर्माण सामग्री आयातमा भन्सार छुट दिने प्रक्रिया अगाडि बढ्यो
यहाँको दोधारा-चाँदनी नगरपालिकामा निर्माण भइरहेको सुक्खा बन्दरगाहका लागि आवश्यक निर्माण सामाग्री र औजार आयातमा भन्सार छुटका लागि सिफारिस गरिएको छ ।
शान्ति सम्झौताअनुसार पीडितले न्याय नपाएकोप्रति चिन्ता
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) १० वर्ष लामो सशस्त्र द्वन्द्वको अन्त्य भएको १९ वर्ष बितिसिक्दा पनि विस्तृत शान्ति सम्झौतामार्फत गरिएका प्रतिबद्धतामध्ये द्वन्द्वपीडितका न्यायसम्बन्धी सवालको सम्बोधन हुन नसकेकामा चिन्ता जनाएको छ ।
एमालेको राष्ट्रिय स्वयंसेवक फोर्स केन्द्रीय ‘कमाण्ड’ घोषणा
नेपाल कम्युनिष्ट पार्टी (एमाले), राष्ट्रिय स्वयंसेवक फोर्स (एनभिएफ) केन्द्रीय ‘कमाण्ड’ घोषणा गरिएको छ ।
ट्रम्पको २८-बुँदे युक्रेन शान्ति योजना सार्वजनिक
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा समर्थित २८-बुँदे शान्ति योजनाको मस्यौदामा युक्रेनले मस्कोलाई निश्चित क्षेत्रीय तथा सुरक्षा सम्बन्धी छुट प्रदान गर्नुपर्ने प्रावधान रहेको छ ।
युक्रेनका राष्ट्रपति जेलेन्स्की बढ्दो राजनीतिक र सैन्य दबाबबिच सङ्कटको घेरामा
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्की रूसको विनाशकारी पूर्ण-स्तरीय आक्रमण शुरू भएको करिब चार वर्षपछि देशलाई नेतृत्व दिने आफ्नो क्षमताको कडा परीक्षामा पर्नुभएको छ ।
इरान, पाकिस्तान र टर्कीबाट करिब तीन लाख अफगान निर्वासित
लगभग ६० लाख विदेशी नागरिक हाल देशमा बसिरहेको जनाउँदै इरानका आन्तरिक मन्त्री इस्कन्दर मोमेनीले चालु वर्षमा १५ लाख भन्दा बढी आप्रवासी अफगानिस्तानमा फर्केको जनाउनु भएको छ ।
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प, छ जनाको मृत्यु
शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएको अधिकारीले बताएका छन् ।
दक्षिण कोरियामा अपदस्थ राष्ट्रपति युनमाथि अनुसन्धान हेरफेरको नयाँ अभियोग
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक-योललाई उहाँसम्बन्धी अर्को आपराधिक मामिलामा समुद्री डुबान दुर्घटनाको अनुसन्धान हेरफेर गर्न प्रयास गरेको आरोपमा शुक्रबार नयाँ अभियोग दर्ता गरिएको अधिकारीहरूले बताएका छन् ।
कोदो थन्क्याउन व्यस्त गुल्मीका किसान
यतिबेला ग्रामीण क्षेत्रका किसानहरु खेतबारीमा कोदो थन्क्याउने काममा निकै व्यस्त देखिएका छन्।
उत्तरी गोरखाको लाप्राकमा पुग्यो केन्द्रीय प्रसारणको लाइन
उत्तरी गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा चार वर्षपछि केन्द्रीय प्रसारणको लाइनको बिजुली बलेको छ ।
द्वन्द्वपीडित जेनजी भन्छन् : 'अबको बाटो आन्दोलन'
२०५२ फागुन १ गतेदेखि तत्कालीन द्वन्द्वरत पक्ष नेकपा (माओवादी)ले सुरु गरेको सशस्त्र जनयुद्धलाई पूर्णविराम दिँदै तत्कालीन सरकार र द्वन्द्वरत पक्षबिच विस्तृत शान्ति सम्झौता भएको आज १९ वर्ष पूरा भएर २० वर्षमा प्रवेश गरेको छ ।
फागुन २१ गतेको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गतेका लागि तोकिएको निर्वाचन देश, जनता र लोकतन्त्रका लागि अपरिहार्य भएको बताउनुभएको छ । पद्मकन्या बहुमुखी क्याम्पसको ७५औं वर्षका अवसरमा शुक्रबार यहाँ आयोजित हीरक महोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो विचार व्यक्त गर्नुभएको हो ।
चार महिनामा ४० करोडको फलफूल आयात
पूर्वीनाका काँकरभिट्टाबाट चार महिनाको अवधिमा रु. ४० करोड ४४ लाख ४५ हजार बराबरको फलफूल आयात भएको छ ।चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा सो मूल्य बराबरको स्याउ, केरा, सुन्तला, आँपलगायतका फलफूल आयात भएको हो ।
गुल्मी बाझकटेरीमा जिप दुर्घटना : दुई जना घाइते
गुल्मीको मदाने गाउँपालिका-२ बाझकटेरी ओखरागैरामा जिप दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
शान्ति सम्झौताको मर्म र ‘जेनजी’ युवाका आवाज एउटै छन्, त्यसलाई पूरा गरौँ : संयोजक दाहाल
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयता, समावेशिता, धर्मनिरपेक्षतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक संविधान निर्माणमा विस्तृत शान्ति सम्झौताले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ ।
पाकिस्तानको रासायनिक कारखानामा विस्फोट, १२ जनाको मृत्यु
पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको आवासीय इलाकामा रहेको रासायनिक कारखानामा शुक्रबार विस्फोट हुँदा १२ जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ ।
कम्बोडियामा रात्रि बस दुर्घटना, १६ जनाको निधन
कम्बोडियाको प्रमुख पर्यटकीय सहर सिम रिपबाट राजधानी नोम पेन्हतर्फ गइरहेको एक यात्रु बस बिहीबार बिहान मध्य प्रान्त कम्पोङ थोमस्थित पुलबाट नदीमा खस्दा कम्तीमा १६ जनाको दुःखद मृत्यु भएको अधिकारीहरूले बताएका छन् । दुर्घटनामा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
बागलुङका पत्रकारलाई आँखा स्वास्थ्य शिक्षा
पाल पत्रकार महासंघ र बागलुङ जेसीजको आयोजनामा बागलुङस्थित सफल चस्मा तथा आँखा क्लिनिकको प्रविधिक सहयोगमा पत्रकारका लागि आँखा सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
युरोपेली चलचित्र महोत्सवमा २५ फिल्म देखाइने
पोखरामा १४ औं युरोपेली सङ्घ चलचित्र महोत्सव मङ्सिर ६ र ७ गते हुने भएको छ ।
दुई मतदान केन्द्र थप्न सिफारिस
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले दुई वटा मतदान केन्द्र थप गर्न निर्वाचन आयोगमा सिफारिस गरेको छ ।
उत्कृष्ट अस्पतालको सिकाइ गर्न अनुगमन
पछिल्लो समय उत्कृष्ट स्वास्थ्य सेवा प्रवाह गरिरहेको काठमाडौंको कागेश्वरी मनोहरा नगर अस्पतालको लालबन्दी नगरपालिकाको टोलीद्वारा अनुगमन गरिएको छ ।