भ्रष्टाचारविरुद्ध सशक्त भूमिका
मुलुकमा भ्रष्टाचार निवारण र सुशासन कायम गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँगै यस क्षेत्रमा संलग्न संस्था तथा व्यक्तिहरूबाट सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता विज्ञहरूले औँल्याउनुभएको छ ।
आदिबासी ज्ञान सम्मेलन अनुभवको जीवित संगम
आदिबासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले नेपाल आदिवासी ज्ञान सम्मेलन २०८२ केवल औपचारिक प्राज्ञिक कार्यक्रम मात्र नभइ आदिवासी ज्ञान, विज्ञान, दर्शन, अनुभव र अभ्यासको जीवित संगम बन्न पुगेको अनुभूति भएको बताउनुभएको छ ।
नेपाल–कतार द्विपक्षीय लगानी, निजी क्षेत्रबिचको सहकार्यबारे छलफल
कतार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका बोर्ड सदस्य मोहद अहमद एमए अलोबैदेलीको नेतृत्वमा आएको कतारी प्रतिनिधिमण्डले आज अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र परराष्ट्रमन्त्री बालानन्द शर्मासँग भेटवार्ता गरेको छ ।
तरकारीको बिउ उत्पादन क्षेत्र
रुकुम पश्चिमको मुसिकोट नगरपालिका-३ माछमीमा अवस्थित तरकारीको बीउ उत्पादन गरिने खेतबारी ।
केक खाएका २५ जना बिरामी
पोखराको महेन्द्रपुलमा रहेको एक बेकरीको केक खाँदा २५ जना बिरामी परेका छन्। माघ २४ गते जन्मदिन मनाउन किनेको केक खाएपछि उनीहरु बिरामी परेका हुन्।
मुस्ताङको संस्कृति र सम्पदाबारे राजधानीमा चर्चा
मुस्ताङको इतिहास, संस्कृति तथा सम्पदाको उजागर गर्नुपर्नेमा मुस्ताङवासी र सरोकारवालाहरूले जोड दिएका छन् ।
आदिवासी महिलामा पेवा प्रणाली : आत्मनिर्भरताको आधार
आदिवासी जनजाति समुदामा पेवा प्रथा महिलाका लागि आर्थिक सशक्तीकरणको एक पाटो रहेको सरोकारवालाले बताएका छन् ।
ल्होसार कप : खुम्बु र आमादब्लाको जित
खुम्बु युनाइटेड क्लब र आमादब्लम युथ क्लबले १५औँ खुम्बु ल्होसार कप फुटबल प्रतियोगितामा मङ्गलबार जित हात पारेका छन् ।
नेपाल–भारत सुरक्षा सहकार्य सुदृढीकरणमा जोड
नेपाल र भारतबीच खुला सीमाका कारण बढ्दै गएको लागुऔषध, हातहतियार, नक्कली मुद्रा तस्करी, अवैध व्यापार, सीमापार आतङ्कवाद र गलत सूचनाजस्ता चुनौतीलाई सम्बोधन गर्न दुई देशबीच सुदृढ सुरक्षा सहकार्य र सूचना आदानप्रदान आवश्यक रहेको जानकारहरूले बताएका छन्।
झापा गोल्डकप : आर्मी सेमिफाइनलमा
मङ्गलबार सम्पन्न खेलमा पोखरालाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै आर्मीले सेमिफाइनल यात्रा तय गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरमा गएको थियो ।
टी–२० विश्वकप : कीर्तिमानी साझेदारीसहित युएईमाथि न्युजिल्यान्डको सानदार जित
न्युजिल्यान्डले आइसिसी टी–२० विश्वकप क्रिकेटमा संयुक्त अरब इमिरेट्स (युएई) माथि सानदार जित निकालेको छ । समूह ‘डी’ अन्तर्गत चेन्नाईमा मङ्गलबार भएको खेलमा न्युजिल्यान्डले युएईलाई १० विकेटले हरायो ।
अस्वाभाविक लक्ष्य, सञ्चित कोषको चाप र पूर्व तयारी बिनाका आयोजनाका कारण खर्च अनुमान घट्योः अर्थमन्त्री
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले चालु आर्थिक वर्ष २०८२÷८३ को बजेट ल्याउँदा नै आय व्ययको अनुमान अस्वभाविक रुपमा बढाएर राखिएका कारण अर्धवार्षिक समीक्षामार्फत् त्यसलाई घटाउनुपरेको बताउनुभएको छ ।
अर्थ मन्त्रालयद्वारा अर्धवार्षिक समीक्षामार्फत सुधारका योजना सार्वजनिक
अर्थ मन्त्रालयले आज ‘आर्थिक वर्ष २०८२÷८३ को बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ सार्वजनिक गरेको छ ।
पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनालाई स्वर्ण
मित्रराष्ट्र पाकिस्तानमा सञ्चालन भएको नवौँ पाकिस्तान आर्मी टिम स्पिरिट प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वोत्कृष्ट अङ्कसहित स्वर्ण पदक प्राप्त गरेको छ ।
पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक : म्याक्रोन
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने कुनै पनि सम्भावित वार्तामा युरोपेली साझेदारलाई सामेल गरिनुपर्ने धारणा व्यक्त गर्नु भएको छ ।
प्रतिनिधिसभाको निर्वाचन : नेकपाको संक्षिप्त ‘प्रतिबद्धता पत्र’ सार्वजनिक
नेपाली कम्युनिस्ट पार्टीले आर्थिक सुधारको नयाँ चरणलाई विशेष जोड दिँदै आगामी प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।
सरकारले चालु आर्थिक वर्षको आय–व्ययको अनुमान घटायो
चालु आर्थिक वर्ष २०८२ र ०८३ को बजेटको अर्धवार्षिक समीक्षामार्फत सरकारको आय र व्ययको अनुमान घटाइएको छ ।
समाजसेवी भोजराज भट्टराईको निधनप्रति राष्ट्रपति पौडेलद्वारा समवेदना व्यक्त
राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईका पिता समाजसेवी भोजराज भट्टराईको निधनको खबरले आफू दुःखी भएको बताउनु भएको छ। उहाँले स्वर्गीय भट्टराई एक असल र सदाचारी समाजसेवी भएको स्मरण गर्नुभएको छ।
आचारसंहिता विपरीत गतिविधि भए कारबाही गर्छौं : आयुक्त तुलाधर
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
मधेसको नेता होइन, बेटा बन्न आएको हुँ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेसको नेता बन्न नभई बेटा (छोरा) बन्न मधेस आएको बताउनुभएको छ ।
प्रथम इन्डो–नेपाल फुटबल च्याम्पियनसिप सुरु
प्रथम अन्तर्राष्ट्रिय इन्डो–नेपाल फुटबल च्याम्पियनसिप मङ्गलबारदेखि जावलाखेलस्थित डीएभी विद्यालय परिसरमा सुरु भएको छ।
प्रहरी हवल्दारको हत्याको अभियोगमा तीन जना पक्राउ, चार जना फरार
मृतक प्रहरी हवल्दार घर्ती पनि महाकाली नगरपालिका–४ कै बासिन्दा हुन् ।
काठमाडौँ महानगरमा एचपिभी खोप अभियान :आठ हजारभन्दा बढी किशोरी लाभान्वित हुने
काठमाडौँ महानगरपालिकाभित्र आजदेखि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) विरुद्धको खोप अभियान सुरु भएको छ।
म राजनीतिमा आउँदिनः अभिनेता उप्रेती
अभिनेता निखिल उप्रेतीले आफू राजनीतिमा नगई कलाकार भएर भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।