• ७ चैत २०८२, शनिबार

करेन्ट लाग्दा कामदारको मृत्यु

blog

लीलाराज खड्का 
बिर्तामोड, माघ २७ गते ।
झापाको बिर्तामोड नगरपालिका-२, चारपाने लालमाटीमा रहेको ओमकार रेडिमिक्समा काम गर्ने क्रममा करेन्ट लागि एक कामदारको मृत्यु भएको छ ।

सोमबार राति ११ बजेको समयमा सो रेडिमिक्समा हेल्परका रूपमा काम गर्दै आएका शिवसताक्षी नगरपालिका ४ बस्ने २८ वर्षीय राजीव राजवंशी रेडिमिक्स मेसिन सफाइ गर्ने क्रममा अचानक विद्युत सर्ट भई सख्त घाइते हुनुभएको थियो ।

उहाँको उपचारका क्रममा बिर्तामोडस्थित बि एन्ड सी अस्पतालमा सोही राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले बताउनुभयो । हाल घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।