सडककै चालकको स्वास्थ्य परीक्षण
नेपाल नेत्रज्योति संघ, आँखा उपचार केन्द्र गुल्मी, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीको सहजीकरणमा चालकहरुको सडकमै स्वास्थ्य परीक्षण गरिएको छ ।
पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट सञ्चालन
पाल्पा अस्पतालले आफ्नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ। प्लान्ट सञ्चालनपछि जिल्लामा लामो समयदेखि समस्या रहेको अक्सिजन अभाव समाधान हुने अपेक्षा गरिएको छ। यसअघि पाल्पामा अक्सिजन नहुँदा बुटवल र भैरहवाबाट अक्सिजन ल्याउनुपर्ने बाध्यता थियो।
आत्मनिर्भरता अभिवृद्धिमा जीवन सुधार परियोजनाको प्रभाव
दलित सामाजिक विकास केन्द्र र युनाइटेड मिसन टु नेपाल (युएमएन)को संयुक्त साझेदारीमा सञ्चालित जीवन सुधार परियोजनाअन्तर्गत कार्यक्रमहरूको स्थलगत अनुगमन गरिएको छ ।
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
सरकारले संयुक्त राज्य अमेरिका र इस्लामिक गणतन्त्र इरानबीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ ।
तीन दिनदेखि हुम्लामा हवाई सेवा अवरुद्ध
हिमाली जिल्ला हुम्लामा लगातार वर्षा र हिमपातका कारण तीन दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ। नेपाल नागरिक उड्डयान प्राधिकरण, सिमकोटका प्रमुख महेन्द्र बहादुर सिंहका अनुसार, मङ्गलबारदेखि खराब मौसमले हवाई उडान प्रभावित भएका छन्।
मौसम खुलेपछि मुस्ताङ पुगेका पर्यटकलाई राहत
लगातारको वर्षा र हिमपातका कारण प्रभावित भएको मुस्ताङमा बिहीबार बिहानदेखि मौसम सुधार भएपछि पर्यटक र तिर्थालुलाई राहत पुगेको छ।
चार दशकदेखि अलपत्र चुनढुङ्गा खानी
चार दशकअघि नै पश्चिम सुर्खेतमा पत्ता लागेको चुनढुङ्गा खानी अहिलेसम्म पनि प्रयोगमा आउन सकेको छैन । २०३९ सालमा नै चौकुनेमा फेला परेको चुनढुङ्गा खानीबाट सिमेन्ट उत्पादन गर्न सकिने पुष्टि भएको थियो तर सिमेन्ट उद्योग स्थापनाको योजना हालसम्म अलपत्र छ ।
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष तथा समाजसेवी, अवकाशप्राप्त इन्जिनियर प्रयागलाल यादवको निधन भएको छ।
ताप्लेजुङमा भर्याङबाट लडेर एकको मृत्यु
ताप्लेजुङमा भर्याङबाट लडेर एक जनाको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–४ तिनबरेका ४७ वर्षीय मदन गुरुङको भर्याङबाट लडेर मृत्यु भएको हो ।
बाँकेका सबै पालिकामा मानवअधिकार समन्वय समिति गठन हुने
मानव अधिकार जिल्ला समन्वय समिति बाँकेले जिल्लाका सबै पालिकामा मानवअधिकार स्थानीय तह समन्वय समिति गठन गर्ने निर्णय गरेको छ।
बर्दीबास उद्योग वाणिज्य संघमा कार्की प्यानल विजयी
बर्दीबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दीपकबहादुर कार्कीको प्यानल विजयी भएको छ।
सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोड बढ्यो
चालु आर्थिक वर्षमा सदरमुकाम रहेको सिमकोट गाउँपालिकाको वार्षिक बजेट आठ करोडभन्दा बढीले वृद्धि भएको छ। चार वटा कार्यक्रमका बजेट पछि निकासा भएपछि यसअघि गाउँपालिकाले तर्जुमा गरेको बजेटमा वृद्धि भएको हो।
बेनीको शैक्षिक नतिजामा सुधार
बेनी नगरपालिकाको आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीक्षामा यस वर्ष सुधार देखिएको छ। मंगलबार प्रकाशित नतिजाअनुसार ७९.४५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। अघिल्लो वर्षको तुलनामा अधिकांश विद्यालयको शैक्षिक उपलब्धि सुधारिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ।
महोत्तरीमा एक युवकको शव फेला
महोत्तरीमा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार गौशाला नगरपालिका–११ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मरहा खोलाको पुलभन्दा करिब ४०–५० मिटर दक्षिणतर्फ सडकछेउको झाडीमा बुधबार दिउँसो एक अपरिचित युवकको शव फेला परेको हो ।
एक लाखभन्दा बढीलाई रोजगारी
कर्णाली प्रदेशमा आधाभन्दा बढी मात्रामा दर्ता नभएका उद्योग प्रतिष्ठान रहेको पाइएको छ । कर्णालीका १० जिल्लामा कुल ४२ हजार ८०७ वटा उद्योग प्रतिष्ठान रहेकामध्ये ५१ प्रतिशत अर्थात् २१ हजार ९२१ वटा दर्ता नभएको पाइएको हो । २० हजार ८८४ अर्थात् ४८.८ प्रतिशत प्रतिष्ठान मात्रै दर्ता भएका छन् । २०७५ सालको पहिलो राष्ट्रिय आर्थिक गणनाको तथ्याङ्कमा कर्णालीमा सबैभन्दा कम उद्योग प्रतिष्ठान रहेको र त्यसमा आधभन्दा बढी त दर्ता नभएको पाइएकाले आगामी वैशाख २ गतेदेखि सुरु हुने दोस्रो राष्ट्रिय आर्थिक गणनामा वृद्धि हुने अपेक्षा गरिएको छ । जिल्ला आर्थिक गणना अधिकारी विनोद आचार्यले पहिलो राष्ट्रिय आर्थिक गणनाको तुलनामा दोस्रो आर्थिक गणनामा कर्णालीको हरेक सूचक वृद्धि हुने जिकिर गर्नुभयो ।
मुस्ताङमा एचपिभी खोपप्रति किशोरीको चासो बढ्दो
मुस्ताङमा पाठेघरको मुखमा हुने क्यान्सरको जोखिमबाट जोगाउनका लागि विद्यालय केन्द्रित एचपिभी खोप अभियानमा किशोरीको चासो देखिएको छ ।
आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन
कैलालीमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बुधबार बसेको विश्वविद्यालयको चौथो सभा बैठक (सिनेट) ले आगामी शैक्षिक सत्रबाट मेडिकल पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको हो । विश्वविद्यालयमा चार विधामा अध्ययन हुने जनाइएको छ ।
गुल्मीमा पुग्यो पाठ्यपुस्तक
आगामी शैक्षिक सत्र २०८३ का लागि गुल्मीमा सामुदायिक तथा निजी विद्यालयका विद्यार्थीहरुलाई वितरण गरिने पाठ्यपुस्तक पर्याप्त मात्रामा पुगेको छ। यस जिल्लाका स्थानीय पुस्तक तथा स्टेसनरी व्यवसायीसँग पाठ्यपुस्तक सेटमा पर्याप्त उपलब्ध रहेको बताइएको छ।
पुर्जा रोकिँदा विकास ठप्प, आवास कम्पनी खारेजीको माग
कोशी प्रदेशको प्रवेशद्वार मेचीनगर–१० काँकडभिट्टा क्षेत्रको विकासमा सरकारी स्वामित्वकै ‘राष्ट्रिय आवास कम्पनी’ (साविकको बस्ती विकास कम्पनी) मुख्य बाधक देखिएको छ ।
कैलालीमा स्कुटर दुर्घटनामा चालकको मृत्यु
कैलालीको जिल्लाको गोदावरी नगरपालिका–५ स्थित गेटा मनहरा पुल नजिक अत्तरिया–धनगढी सडकखण्डमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
डम्पिङ साइट अभावमा फलेवास दुर्गन्धित
जिल्लाको दोस्रो व्यापारिक केन्द्रका रूपमा चिनिने फलेवास क्षेत्रमा फोहोर व्यवस्थापन जटिल बन्दै गएको छ । अव्यवस्थित सहरीकरण, बढ्दो जनघनत्व र बजार विस्तारसँगै फोहोर उत्पादन बढ्दै जाँदा वातावरण प्रदूषण तीव्र बनेको हो । सदरमुकाम कुस्मा बजारसँगै जोडिएको फलेवास नगरपालिकाका विभिन्न स्थानमा यत्रतत्र फोहोर थुप्रिन थालेपछि स्थानीय बासिन्दा मारमा परेका छन् । सडक किनार, खोल्सा तथा खाली जग्गामा जथाभाबी फोहोर फालिँदा दुर्गन्ध फैलिनुका साथै पानी र हावासमेत प्रदूषित हुन थालेको स्थानीयको गुनासो छ । स्थानीय व्यवसायीका अनुसार बजार क्षेत्रमा दैनिक रूपमा उत्पादन हुने फोहोर समयमै सङ्कलन तथा व्यवस्थापन नहुँदा व्यापार व्यवसाय प्रभावित हुन थालेको छ ।
बाँकेका किशोरीमा रक्तअल्पता र तौल असन्तुलन देखियो
चालु आर्थिक वर्षमा स्वास्थ्य कार्यालय बाँकेले जिल्लाका आठ स्थानीय तहका विभिन्न विद्यालयमा अध्ययनरत किशोरीहरूको रक्तअल्पता तथा तौलसम्बन्धी स्वास्थ्य स्क्रिनिङ गरेको छ।
मोबाइलको लत छुटाउन सुधार केन्द्रमा
के तपाईंको छोराछोरीले घरमा कसैको कुरा नसुन्ने, नगर भनेको काम गरिहाल्ने, एक्लै बस्न रुचाउने, विद्यालय जान नमान्ने, मोबाइल धेरै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गरेको देख्नुभएको छ ? छ भने आजैदेखि ख्याल गर्नुहोस्, यो मोबाइलको लत हुन सक्छ र त्यो लत छुटाउन सुधार केन्द्रमा पठाउनुपर्ने पनि हुन सक्छ ।
सुस्तामा नदी नियन्त्रणको काम तीव्र
नवलपरासीको सुस्तामा नदी नियन्त्रणको काम तीव्र गतिमा भइरहेको छ । नारायणी नदीले कटान गरेको पाँच सय मिटर क्षेत्रलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ । सङ्घीय सरकारको झन्डै १२ करोड रुपियाँ लागतमा सुस्ता बाढी नियन्त्रणको काम सुरु भएको सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यालय आयोजना चितवनका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार नदीको बहाब सिधै सुस्ताको बस्तीतर्फ सोझिएकाले वर्षायाममा हुन सक्ने जोखिमलाई ध्यान दिँदै बाढी नियन्त्रणको उपाय सुरु गरिएको छ ।