सल्यानबाट सात सय ६७ आयोजना सिफारिस
कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ का लागि सल्यानबाट ७६७ वटा आयोजना सिफारिस गरिएको छ । जिल्लास्थित विभिन्न कार्यालयबाट प्राप्त एक हजार ७०८ योजना प्रस्तावमध्ये प्राथमिकताका आधारमा छनोट गरी आयोजना प्रदेश सरकारसमक्ष पठाइएको हो ।
इनरुवामा विद्युतीय सुरक्षा दिवसमा र्याली
सुनसरीको इनरुवामा विद्युतीय सुरक्षा दिवसको अवसरमा बिहीबार बिहान सचेतना र्याली निकालिएको छ ।
असनमा हरेक शनिबार सवारी निषेध गरिने
काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन २०८३ वैशाख ५ गतेदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।
चैतको बाढीले बाटो बगाउँदा यातायात ठप्प
सर्लाहीको ‘कर्णाली’ भनिने लालबन्दी नगरपालिका–१४, नारायण खोलामा बाढी आएर खोलाको बाटो बगाएपछि यातायात ठप्प भएको छ ।
विराटनगरमा विद्युतीय सुरक्षा सचेतना र्याली
सामान्य लापरवाहीले पनि विद्युतीय दुर्घटना भई ज्यान जान सक्ने जोखिमप्रति सचेत गराउँदै विराटनगरमा प्रभातफेरीसहितको सचेतनामूलक कार्यक्रम गरिएको छ ।
लेबनानमा भएको इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इजरायलले बुधबार लेबनानमा गरेको आक्रमणको निन्दा गर्नु भएको छ ।
कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति
सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।
बाँकेमा डिप बोरिङबाट १२ सय ७१ हेक्टरमा सिँचाइ सुविधा
बाँके जिल्लामा सिँचाइका लागि जडान गरिएका डिप बोरिङमध्ये हाल ४१ वटा सञ्चालनमा रहेको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय बाँकेले जनाएको छ।
आठ महिनामा इनरुवा मालपोतको ५१ करोड राजस्व
भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा, सुनसरीले चालु आर्थिक वर्ष २०८२/०८३ को आठ महिनामा ५१ करोड ७४ लाख ८१ हजार ७४४ रुपियाँ ३२ पैसा राजस्व सङ्कलन गरेको छ।
सीतापुर युनाइटेड योगिनी गोल्ड कप फुटबलको सेमिफाइनलमा
बाँकेको खजुरामा सञ्चालन भइरहेको दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा सीतापुर युनाइटेडको टीम पुगेको छ ।
‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
नेपाल टेलिकमले जिएसएम प्रिपेड तथा पोस्टपेडका ग्राहकहरूले प्याकेज खरिद गरेर वा नियमित शुल्क भुक्तानी गरी डेटा सुविधा प्रयोग गरिरहेकामा अब प्याकेज खरिद गरेका ग्राहकरुले आफैँले ‘पे–जी’ सुविधा सक्रिय वा निष्क्रिय गर्नसक्ने व्यवस्था गरेको छ ।
आठराई त्रिवेणीमा साताको एक दिन मात्र बिदा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले सातामा एक दिन शनिबार मात्र सार्वजनिक बिदा दिने भएको छ । गाउँपालिकाका अध्यक्ष दिपेन्द्र पोमू (दिपेन) का अनुसार गाउँपालिकामा शनिबार मात्र सार्वजनिक बिदा हुनेछ भने आइतबारदेखि शुक्रबारसम्म नियमित रूपमा कार्यालय सञ्चालन हुनेछ ।
रूपन्देहीका ५९ परीक्षा केन्द्रमै एसईई उत्तरपुस्तिका परीक्षण
सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रणालीमा व्यापक सुधार ल्याएपछि यसको प्रभावकारिता पनि बढ्दै गएको पाइएको छ।
अध्यक्ष ओली र नेता लेखक रिहा
प्रहरी हिरासतमा रहनुभएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक रिहा हुनुभएको छ ।
कालिमाटी काठ विवाद टुङ्गियो
सल्यानको कालिमाटी क्षेत्रमा दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत गरिएको काठ कटानसम्बन्धी विवाद अन्ततः समाधान भएको छ।
सर्वाधिक पुरस्कार राशिको ‘१०औँ सूर्यनगर गोल्डकप’ सुरु हुँदै
पश्चिम नवलपरासी जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतिष्ठित फुटबल प्रतियोगिता ‘१०औँ सूर्यनगर गोल्डकप’ को सम्पूर्ण तयारी पूरा भएको छ। आयोजक नव युवा क्लब, बर्दघाट–१६ ले बिहीबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता शुक्रबारदेखि सुरु हुने जानकारी दिएको हो।
सल्यानमा पाँचतले गुफासम्म पुग्ने पदमार्ग निर्माण
दुर्गम भूगोल र कमजोर पूर्वाधारका कारण ओझेलमा परेको सल्यानको छत्रेश्वरी गाउँपालिका–३, लैंसेस्थित पाँचतले गुफा क्षेत्रलाई व्यवस्थित पर्यटन गन्तव्यका रूपमा विकास गर्ने पहल थालिएको छ।
छोटो अवधिमा उत्पादन हुने धानको परीक्षण सुरु
धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्ने उद्देश्यले धनुषाको हर्दिनाथस्थित राष्ट्रिय धानबाली अनुसन्धान कार्यक्रमले छोटो अवधिमा उत्पादन हुने धानका विभिन्न जातको परीक्षण सुरु गरेको छ ।
बाजुराका दुर्गम गाउँ सडक सञ्जालसँग जोडिँदै
बाजुराका दुर्गम गाउँ बस्तीहरू पछिल्लो समय सडक सञ्जालसँग जोडिन थालेका छन्। स्थानीय सरकारले ग्रामीण सडक निर्माणलाई पहिलो प्राथमिकतामा राख्दै आउजाउ र दैनिक उपभोग्य सामान ढुवानी सहज बनाउने प्रयासपछि दुर्गम बस्ती सडक सञ्जालमा जोडिन पुगेका हुन्।
अमेरिका–इरान वार्ताअघि इस्लामाबाद आकस्मिक बन्द
अमेरिका–इरानबिच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी इस्लामाबादमा दुई दिनको आकस्मिक स्थानीय बिदा घोषणा गरेको छ । यसलाई सुरक्षा तयारीसँग जोडेर हेरिएको छ ।
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
लेबनानमा इजरायलद्वारा भइरहेको घातक सैन्य आक्रमणले अमेरिका–इरानबिच हालै सहमति भएको नाजुक युद्धविरामलाई गम्भीर जोखिममा पारेको भन्दै संयुक्त राष्ट्रसङ्घले तीव्र चिन्ता व्यक्त गरेको छ ।
तृप्तिको स्वरमा ‘वनको काफल’
गायिका तृप्ति खड्का गुरुङको स्वरमा ‘वनको काफल’ बोलको गीत सार्वजनिक भएको छ । डा. हरि उप्रेतीले लेख्नुभएको प्रेमिल लोकशैलीको गीतमा भावनात्मक गहिराइ, ग्रामीण परिवेशको सुगन्ध र प्रेमको आत्मीय अनुभूति झल्कन्छ । गायिका खड्कालाई स्वरमा गणेश प्रधानले साथ दिनुभएको छ । गायिका खड्काकै सङ्गीतमा तयार भएको गीत गणेश प्रधानको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । गीतले साँचो प्रेम भनेको केवल अनुभूति होइन, त्यो जीवन जिउने आधार, सहयात्रा र आत्मिक एकताको रूप हो भन्ने सन्देश दिने गायिका खड्काले बताउनुभयो ।
लहान आयुर्वेदिक औषधालयमा औषधी र खानेपानीको अभाव
लहान नगरपालिका वडा नम्बर १ मा रहेको लहान आयुर्वेदिक औषधालयमा औषधीको अभाव र खानेपानीको समस्या देखिएको छ।
सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ८७५ कायम भएको छ ।