आज देशका अधिकांश भागमा आंशिक बदली हुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।
मोफसलको प्रतिष्ठित ‘मेयर कप’ फुटबल आजदेखि
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आइतबारदेखि बाङेचौर खेलमैदानमा सुरु हुँदैछ ।
एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ ।
सार्वजनिक संस्थान अर्थतन्त्रका प्रमुख आधार
सभ्यताको विकाससँगै वातावरणीय चुनौती हरेक दिन थप जटिल हुँदै छ । आजको युगमा जलवायु परिवर्तन, स्रोतसाधनको दोहन र वातावरणीय प्रदूषणले आर्थिक, सामाजिक र संस्थागत स्थायित्वमा गम्भीर प्रश्न उठाइरहेछन् ।
गुल्मीमा धान उत्पादनमा गिरावट
गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो ।
गीता ज्ञानका प्रवर्धक सम्मानित
गीता जयन्तीका अवसरमा गीता ज्ञानको प्रवर्धनमा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको छ । जीवनका लागि गीता ज्ञान अभियानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीता ज्ञानको प्रचार, अध्ययन, अध्यापनमा सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको हो ।
देसारलाई अरनिको कला पुरस्कार
राष्ट्रिय युवा सेवा कोषले २०८२ को अरनिको युवा कला पुरस्कार कलाकार सुरेम देसारलाई दिने निर्णय गरेको छ । वरिष्ठ कलाकार प्राज्ञ विजय थापाको संयोजकत्वमा गठित पुरस्कार छनोट समितिले सो निर्णय गरेको हो ।
एमाले महाधिवेशन प्रतिनिधि छनोट : कञ्चनपुरमा कतै सर्वसम्मत, कतै निर्वाचन
नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रबाट कतै सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको छ भने कही निर्वाचन गरेर प्रतिनिधि छनोट गरिएका छन् ।
बगरको बदामले डेढ लाखसम्म आम्दानी
कपिलवस्तुको वाणगङ्गा नदीको बगर किसानका लागि बदाम उत्पादन गरेर आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । वाणगङ्गा नदीले बनाएको बगरमा दुई सयभन्दा बढी किसानले बदाम उत्पादन गरी राम्रो आम्दानी गर्दै आएका हुन् ।
जेसीज कप फुटबलको उपाधी केबी एकेडेमीलाई
म्याग्दीको बेनीमा शनिबार सम्पन्न भएको २३ औं अन्तरमावि जेसीज कप फुटबल प्रतियोगिताको उपाधी पहिलो पटक केबी एकेडेमीले जितेको छ ।
उखु किसानको आन्दोलन रोकियो
कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले दुई साताभित्र समस्याको समाधान निकाल्ने आश्वासन दिएपछि उखु किसानले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सुन्तला उत्पादनमा कमी
गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका सूचना अधिकारी टीकाराम न्यौपानेका अनुसार गत वर्ष गुल्मीमा २५ करोड ७८ लाख ६९ हजार पाँच सय रुपियाँको सुन्तला उत्पादन भएकोमा यस वर्ष २० करोड ६७ लाख ८४ हजारको सुन्तला उत्पादन भएकोे छ । न्यौपानेका अनुसार यस वर्ष ३२ प्रतिशतले सुन्तला उत्पादनमा कमी आएको हो ।
आगलागीका घटनामा वृद्धि
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, मङ्सिर ११ गते बिहान १० देखि १२ गतेको बिहान १० बजेसम्म देशभर कूल १७ वटा विपदका घटना भए ।
मधेश झरे पहाडका तरकारी
मधेशका बजारमा तरकारीको मूल्य बढ्दै गएपछि उपभोक्ताको रोजाइमा पहाडको उत्पादन परेको छ । तिहारयता तराईको स्थानीय उत्पादन काउली, बोडी, मुला, आलु, गोलभेँडा तथा विभिन्न सागसब्जीको मूल्य तीव्र गतिमा बढ्दै गएपछि उपभोक्ता ‘सस्तो र स्वादिलो’ विकल्पका रूपमा पहाडे तरकारी रोज्न थालेका हुन् ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
दस अर्बको धानचामल आयात
चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा १० अर्ब रुपियाँ बराबरको धानचामल आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार यस वर्षको साउनदेखि कात्तिकसम्म १० अर्ब १८ करोड ४९ करोड ९० लाख सात हजार रुपियाँ बराबरको धानचामल आयात भएको हो ।
बढ्न थाल्यो ग्यासको खपत
चिसो मौसम बढेसँगै बजारमा खाना पकाउने एलपी ग्यासको खपत क्रमशः बढ्न थालेको छ । एलपी ग्यास उद्योग सङ्घ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले चिसोमा ग्यासको खपत बढेको जानकारी दिनुभयो । अन्य सिजनको तुलनामा जाडोयाममा पाँच देखि १० प्रतिशत ग्यासको खपत बढेको उहाँले जानकारी दिनुभयो ।
एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आइतबार कर्णाली याक्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । खेल अपराह्न ३ः३० बजे हुनेछ ।
स्तरोन्नतिपछिका लागि गहन तयारी
आगामी वर्ष हुने नेपालको विकासशील मुलुकमा स्तरोन्नतिलाई लक्षित गरेर नेपाल सरकारले आफ्नो तवरबाट तयारी गरिरहेको छ । अतिकम विकसित मुलुकको पगरीभित्र रहँदा नेपालले देख्न नपाएको उच्च विकासको सपनालाई विकासशील मुलुकमा स्तरोन्नति भएपछि महसुस गर्न पाउने आकाङ्क्षासहित नेपालले आफ्नो तयारी जारी राखेको छ ।
बिस निर्वाचन क्षेत्र : दलितको मत नै हुन्छ निर्णायक
प्रत्यक्ष (बढीमतीय) १६५ निर्वाचन क्षेत्रमध्ये करिब २० वटा निर्वाचन क्षेत्रमा दलित समुदायको जनसङ्ख्या अन्य जातजातिको भन्दा धेरै छ । जहाँ दलितको भोटले मात्रै पनि निर्वाचन जित्न सकिने सम्भावना रहेको दलित नागरिक समाजको दाबी छ ।
खुला सिफलमा रङ्गशालाको बोलपत्र
नेवार समुदायको कुलदेवता स्थान काठमाडौँ महानगरपालिका–७ स्थित सिफल चौरलाई पर्खाल उठाएर ‘इनडोर’ रङ्गशाला निर्माणका लागि बोलपत्र आह्वान गरेपछि विरोध सुरु भएको छ । महानगरले खेलकुद विकास अन्तर्गत १४ रोपनी क्षेत्रफलको सिफल चौरलाई कङ्क्रिटको पर्खाल र घेरबार गर्ने योजना बनाएपछि स्थानीय एवं संस्कृति अभियन्ता विरोधमा उत्रिएका हुन् ।
अब ‘गोरखापत्र एकेडेमी’ पनि
गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ । नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित ‘गोरखापत्र एकेडेमी’ स्थापनाको निर्णय गरेको हो ।
प्रकोप बन्दै नसर्ने रोग
नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसिडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको छ । नसर्ने रोगको क्षेत्रमा काम गर्दै आएको संस्था ‘नेपाल एनसिडी एलायन्स’ को तेस्रो साधारण सभामा वक्ताले नसर्ने रोग विश्वव्यापी रूपमा बढ्दै गएकाले नेपालमा नसर्ने रोगको प्रकोप बढ्दै गएको बताए ।
जेनजी आन्दोलनले ल्यायो दलीय रूपान्तरण
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि दलहरू एकीकृत हुँदै रूपान्तरणको अवस्थामा पुगेका छन् । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि दलले एकीकरणमार्फत बलियो हुने प्रयास गरेका हुन् ।