नेपाल आँखा अस्पतालले २० हजार छात्रछात्राको आँखा परीक्षण गर्दै
त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले आगामी तीन महिनामा काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा अध्ययनरत २० हजार छात्रछात्राको आँखा परीक्षण गर्ने भएको छ ।
बुढीगण्डकी जलविद्युत् आयोजनामा सभामुखको चासो : ऊर्जामन्त्री श्रेष्ठसँग भेट
सभामुख डोलप्रसाद अर्यालले राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका विषयमा चासो व्यक्त गर्नुभएको छ ।
आगलागी पीडित परिवारलाई नगरपालिकाको सहयोग
रौतहटको मौलापुर नगरपालिकाले आगलगी पीडित जगदीश साहलाई राहत उपलब्ध गराएको छ ।
सभामुख अर्याल र स्विस राजदूत डानियलबिच शिष्टाचार भेटवार्ता
सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि स्विट्जरल्यान्डकी राजदूत डा. डानियल मेउल्लिले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रिय सभा अध्यक्ष दाहालद्वारा सभामुख अर्याललाई बधाई
राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेट गरी बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ ।
डा. रमिल अधिकारीलाई उत्कृष्ट गीतकारको अवार्ड
गीतकार तथा समाजसेवी डा. रमिल अधिकारीले ‘सातौँ सगरमाथा म्युजिक अवार्ड’ प्राप्त गर्नुभएको छ ।
विनोद भण्डारीको आक्रामक शतक: सुदूरपश्चिममाथि आर्मीको सहज जित
विनोद भण्डारीको सानदार शतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा छैटौँ जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा आफ्नो पकड कायमै राखेको छ ।
सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री सुरु
ताप्लेजुङमा सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री गर्न सुरु भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुनुभन्दा करिव तीन साता अघिदेखि नै सामुदायिक विद्यालयको पाठ्यपुस्तक बिक्री सुरु गरिएको हो ।
जंगली च्याउ खाँदा चार जना बिरामी
इलामको माईजोगमाई गाउँपालिका –६ प्याङमा जंगली च्याउ खाँदा चार जना बिरामी पर्नुभएको छ । जंगलमा रहेको च्याउ ल्याएर पकाएर बुधबार खाँदा स्थानीय चार जना सिकिस्त बिरामी भएपछि झापाको कन्काई अस्पतालमा उपचार भइरहेको छ ।
कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु
ताप्लेजुङमा कोशी प्रदेशस्तरीय छैटौँ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता फुङलिङ नगरपालिका –६ मा रहेको इन्द्रेणी ब्याडमिन्टन हलमा बिहीबारदेखि प्रतियोगिता सुरु भएको हो।
प्रधानमन्त्री शाहले लिनुभयो श्रम मन्त्रीको जिम्मेवारी
प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई कारबाही गरे लगत्तै उक्त मन्त्रालयको जिम्मेवारी आफैँ लिनुभएको छ ।
इरान युद्धमा सहयोगका लागि नाटोलाई दबाब दिँदै ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोलाई कडा चेतावनी दिनुभएको छ । साथै उहाँले ग्रिनल्यान्डको विषयमा आफ्नो धम्की दोहोर्याउनुभएको छ ।
सङ्घीय संसद्को चालु अधिवेशन चैत २७ गते रातिदेखि अन्त्य हुने
सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन यही चैत २७ गते राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
विपक्षी गढमा आफ्नो पहुँच परीक्षण गर्दै प्रधानमन्त्री मोदीको पार्टी
असम, केरला र पुडुचेरीमा बिहीबार स्थानीय चुनाव सुरु भएपछि प्रधानमन्त्री नरेन्द्र मोदी र उहाँको भारतीय जनता पार्टी (भाजपा) का लागि महत्त्वपूर्ण परीक्षण शुरु भएको छ । मतदाताको फैसला मोदीको पार्टीले विपक्षीहरूको गढमा आफ्नो प्रभाव विस्तार गर्न सक्ने क्षमता मापन गर्ने सङ्केतका रूपमा हेरिएको छ ।
प्रदेश सभामा बाघ स्थानान्तरणदेखि डिजिटल साक्षरतासम्म बहस
लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशन अन्तर्गत नवौं बैठकमा प्रदेश सभा सदस्यहरूले समसामयिक विभिन्न विषय उठान गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकमा बोल्दै प्रदेश सभा सदस्य मालती सुडारीले कार्की आयोगको प्रतिवेदन प्रधानमन्त्री कार्यालयको वेबसाइटबाट सार्वजनिक रुपमा हेर्न पाउनुपर्ने माग गर्नुभयो ।
उपसभामुखमा लामा र ठाकुरको उम्मेदवारी
प्रतिनिधिसभाको उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी दर्ता भएको छ ।
फ्रान्समा चार आप्रवासीको मृत्यु : फ्रान्सेली अधिकारी
उत्तरी फ्रान्सको तटमा नहर पार गर्ने क्रममा बिहीबार चार जनाको मृत्यु भएको फ्रान्सेली अधिकारीहरूले पुष्टि गरेका छन् । नहर पार गर्न डुङगा चड्ने प्रयास गर्दै गर्दा दुई पुरुष र दुई महिलालाई इक्विहेन–प्लेज गाउँ नजिकैको छालले बगाएको क्षेत्रीय अधिकारी फ्रान्कोइस–जेभियर लाउचले बताउनु भएको छ ।
झोलुङ्गे पुलमा पर्यटकको भिड
बागलुङको बाङ्गेचौर र पर्वतको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुल तर्दै गरेका पर्यटक । ५६७ मिटर लामो यो पुलमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको छ ।
उपसभामुख पदमा श्रम संस्कृतिबाट रुवीकुमारी ठाकुरको उम्मेदवारी
प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले उम्मेदवारी दिनुभएको छ ।
मूल्य चापबिच मल अनुदान बढाउँदै भारत
मध्यपूर्व युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य तीव्र रूपमा बढेपछि भारतले आफ्नो कृषि क्षेत्रलाई जोगाउन मलमा दिइने अनुदान उल्लेखनीय रूपमा बढाएको छ । सरकारको यो कदम खाद्य सुरक्षासँगै ठूलो कृषिजन्य जनसङ्ख्यालाई राहत दिने प्रयासका रूपमा हेरिएको छ ।
सबै उम्मेदवारले बुझाए निर्वाचन खर्च विवरण
गुल्मीमा तोकिएकै समयमा सबै उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाएका छन्।
बजारभन्दा महँगो मूल्यमा खाद्य व्यवस्थाको खाने तेल बिक्री
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजार मूल्य भन्दा महङ्गोमा खाने तेल बिक्री गर्न लागेको छ।
पत्रकार महासङ्घ बाँकेमा सभा हल निर्माण
नेपाल पत्रकार महासङ्घ बाँकेले बहुउद्देश्यीय सभा हल निर्माण गरी सञ्चालनमा ल्याएको छ । बाँकेको डुडुवा गाउँपालिकाको आर्थिक सहयोगमा सभाहल निर्माण भएको हो । सभाहलको बिहीबार उद्घाटन गरिएको छ।
स्वर्गद्वारी गुठी पीडित मोही किसानको हकका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण
स्वर्गद्वारी गुठी पीडित मोही किसानले मोही हक सुनिश्चित गर्न तथा गुठीसम्बन्धी कानुनी जटिलता अन्त्य गर्न माग गर्दै जिल्ला प्रशासन दाङ मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।