चिलिमेले बनाउने भयो चुम्चेत स्यार खोला जलविद्युत् आयोजना
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । सो आयोजनाको क्षमता ४५ मेगावाट बराबर रहेको छ ।
ज्ञानोदय माविलाई पाकिस्तानको सहयोग
पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरेको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गर्नुभयो ।
विकासले फेरियो धिमवासीको जीवनशैली
बाजुराको हिमाली गाउँपालिकामा सडक बनेपछि यहाँका स्थानीयको जीवनशैलीमा फेरिएको छ । सदरमुकामदेखि हिमाली गाउँपालिका–६ को धिमबस्ती झन्डै ७० किलोटिरको दुरीमा पर्छ । यहाँका स्थानीय केही समय पहिला भेडाबाख्रा र खच्चडको भरमा गाउँमा दैनिक उपभोग्य सामाग्री ढुवानी गर्थे तर अहिले सडक बनेपछि सबै जीवनशैली फेरिएको छ ।
घरमै सुरक्षित छैनन् चेली !
सुजता (नाम परिवर्तन) चार वर्षको हुँदा आमाले दोस्रो विहे गर्नुभयो । आमासँग छुट्टीएपछि आफू मामाघरमा गएर बसेपनि दुई वर्षपछि फेरि घरमै फर्केर बसेको सुजता बताउनुहुन्छ ।
दैवी प्रकोपको मारमा बिच्छ्यावासी
बाजुराको हिमाली गाउँपालिका–३, बिच्छ्यावासीलाई बर्सेनि दैवी प्रकोपको सामना गर्नुपर्ने बाध्यता रहेको छ । विगत तीन वर्षदेखि लगातार उनीहरूलाई हिउँदमा भूकम्प र बर्खाको समय बाढीपहिरोले घरबासविहीन बनाउन थालेको हो ।
१३ अर्बको शेयर एनआरएन तथा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई दिने प्रस्ताव
नेपाल विद्युत प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने एक हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनामा १२ अर्ब ९५ करोड रुपियाँ बराबरको सेयर गैह्र आवासीय नेपाली (एनआरएन) तथा वैदेशिक रोजगारमा रहेका नेपालीलाई निश्कासन गर्ने प्रस्ताव गरिएको छ ।
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५४औँ राष्ट्रिय दिवसका अवसरमा शनिबार साँझ यहाँ आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
सडक दुर्घटनामा एक जनाको मृत्यु
मदन भण्डारी राजमार्गअन्तर्गत दुधौली नगरपालिका–२ गागनमा आज बिहान यात्रीवाहक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छभने अन्य एक जना गम्भीर घाइते भएका छन् ।
विप्रेषणभित्रको व्यथा
पछिल्ला दशकमा नेपाली अर्थतन्त्रको मियो विप्रेषण नै भएको छ । देशको सीमाबाहिर गएर आर्जन गरेको रकम स्वदेशमा पठाएपछि त्यसलाई विप्रेषण अर्थात् रेमिट्यान्स भन्ने गरिन्छ । नेपालको वार्षिक बजेटकै हाराहारी विप्रेषण औपचारिक रूपमा आउने गरेको छ । नेपाली श्रमिकले बाहिर गएर आर्जन गरेको पैसा नेपाल पठाउँछन् । विदेशी मुद्रामै पठाएको पैसा नेपाली घरपरिवारले भने नेपाली रुपियाँ हात पार्छन् ।
शान्तिपूर्ण निर्वाचन दलीय दायित्व
नेपालको संविधान जारी भएपश्चात् तेस्रो पटक प्रतिनिधि सभाको निर्वाचन हुँदै छ । यो निर्वाचन आवधिक प्रकृतिको नभई आकस्मिक प्रकृतिको हो । गत भदौ २३ तथा २४ को जेनजी विद्रोहको परिणामस्वरूप फागुन २१ गते निर्वाचनको मिति तोकिएको छ ।
मदन भण्डारी राजमार्गः तम्घास–सिमलटारी खण्डमा चार पक्की पुल निर्माण
गुल्मीमा मदन भण्डारी राजमार्ग अन्तर्गत तम्घास–सिमलटारी सडक खण्डमा चार पक्की पुलको निर्माण कार्य सम्पन्न भएको छ ।
एमाले गोरखाबाट ११ औँ महाधिवेशनका लागि नौ जना प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिबेशनका लागि गोरखाबाट महाधिवेशन प्रतिनिधि नौ जना छनोट भएका छन् । यही मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा हुने केन्द्रीय महाधिवेशनका लागि गोरखामा शनिबार भएको मतदानबाट प्रतिनिधि चयन गरिएको हो
नयाँ नीति र नेतृत्वको चाहना
नेपाली कांग्रेस १५ औँ महाधिवेशनको सँघारमा छ । चारबर्से कार्यकाल यही मङ्सिर मसान्तमा समाप्त हुँदै छ । पार्टीभित्र भने महाधिवेशन मङ्सिरमा गर्ने कि निर्वाचनपछि भन्ने बहस लामो समयदेखि चलिरहेको छ । यही विषयमा सुरु भएको केन्द्रीय समिति बैठक लामो समयदेखि अनिर्णयको बन्दी भएको छ । कात्तिक १८ गतेको बैठकमा महामन्त्री गगन थापाले आमनिर्वाचनभन्दा पहिले यही मङ्सिरदेखि सु
भाडाकै घरमा गुल्मीका तीन स्थानीय सरकार
गुल्मीका तीन स्थानीय सरकारले अझै पनि भाडाका घरबाट सेवा प्रवाह गर्दैै आएका छन् । स्थानीय तहको संरचना निर्माण भएको आठ वर्ष पुग्दासमेत तीन स्थानीय सरकारले प्रशासनीक भवन समेत बनाउन सकेका छैनन् ।
काबेली इनर्जीको एक अर्ब पाँच करोड संस्थापक शेयर खुल्ला
काबेली इनर्जी कम्पनी लिमिटेडले संस्थापक शेयर खुल्ला गरेको छ । कम्पनी लिमिटेडले एक अर्ब पाँच करोड रुपियाँ बराबरको संस्थापक शेयर खुल्ला गरेको हो ।
नसर्ने रोग नियन्त्रणमा सामूहिक प्रयास जरुरी
नेपालमा दिनानुदिन बढ्दै गएको नसर्ने रोग (एनसीडी) को जोखिम, रोकथाम तथा नियन्त्रणका लागि सबै क्षेत्र एक भएर लाग्नुपर्ने बताइएको छ ।
पार्टी सभापतिमा बिपी मात्र विजयी
विसं २००७ को क्रान्तिको जगमा २०१५ सालमा पहिलो आमनिर्वाचन भयो । २०१५ साल कात्तिक २४ गते तत्कालीन राजा महेन्द्रले आमनिर्वाचनबारे शाही घोषणा गरे । २०१५ साल फागुन १ गते नयाँ संविधान जारी भएपछि निर्वाचनको आधार तय भएको थियो । राजाले शाही निर्वाचनसम्बन्धी घोषणा गरेको भोलिपल्ट कात्तिक २५ गते गोरखापत्रमा निर्वाचनको मनोनयन दर्ताको समय दिइएको थियो । उक्त निर्वाचनको मनोनयनपत्रको जाँच गर्न मङ्सिर २४ गतेदेखि ३० गतेसम्मको समय दिइएको थियो । २०१५ सालको चुनावमा मतदाताका लागि न्यूनतम उमेर २१ वर्ष तोकिएको थियो
आज देशका अधिकांश भागमा आंशिक बदली हुने
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आइतबार दिउँसो र राति देशभर आंशिक बदली रहने छ ।
मोफसलको प्रतिष्ठित ‘मेयर कप’ फुटबल आजदेखि
मोफसलको प्रतिष्ठित फुटबल प्रतियोगिताको रुपमा लिइने ‘मेयर कप’ फुटबलको तेस्रो संस्करण आइतबारदेखि बाङेचौर खेलमैदानमा सुरु हुँदैछ ।
एमालेमा दलितको भोट चल्दैन भन्ने भ्रामक प्रचार हो : महासचिव पोख्रेल
नेकपा (एमाले) का महासचिव शंकर पोख्रेलले ‘एमालेमा दलितको भोट चल्दैन’ भन्ने भ्रामक प्रचार भइरहेको बताउनुभएको छ ।
सार्वजनिक संस्थान अर्थतन्त्रका प्रमुख आधार
सभ्यताको विकाससँगै वातावरणीय चुनौती हरेक दिन थप जटिल हुँदै छ । आजको युगमा जलवायु परिवर्तन, स्रोतसाधनको दोहन र वातावरणीय प्रदूषणले आर्थिक, सामाजिक र संस्थागत स्थायित्वमा गम्भीर प्रश्न उठाइरहेछन् ।
गुल्मीमा धान उत्पादनमा गिरावट
गुल्मीमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र गुल्मीले गत वर्षभन्दा यस वर्ष ८ दशमलव ६१ प्रतिशतले धान उत्पादन घटेको अनुमान गरेको हो ।
गीता ज्ञानका प्रवर्धक सम्मानित
गीता जयन्तीका अवसरमा गीता ज्ञानको प्रवर्धनमा विभिन्न माध्यमबाट सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको छ । जीवनका लागि गीता ज्ञान अभियानद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा गीता ज्ञानको प्रचार, अध्ययन, अध्यापनमा सहयोग गर्नुहुने व्यक्तित्वलाई सम्मान गरिएको हो ।