चुनावबाट एमाले महाधिवेशन प्रतिनिधि चयन
नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि सिराहा क्षेत्र नम्बर १ मा चुनावबाट प्रतिनिधि चयन भएको छ । शनिबार साँझसम्म भएको निर्वाचन मत परिणाम आइतबार सार्वजानिक गरिएको हो ।
उपन्यास ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
उपन्यासकार छवि वैरागी घिमिरेको दोस्रो औपन्यासिक कृति ‘विविशारा” को विमर्श एवम् सिर्जना वाचन गरिएको छ । स्याङ्जामा साहित्यिक पुनर्जागरणको छैटौँ वर्षोत्सवको सन्दर्भमा वैकल्पिक बाटो पृथक पाइला सिर्जनात्मक अभियान २०७६, स्याङ्जाको ३७ औँ पाइलाको रूपमा औपन्यासिक कृतिको विमर्श एवम् सिर्जना वाचन गरिएको हो ।
अव्यवस्थित तार १५ दिनभित्र हटाउन गल्याङ नगरपालिकाको निर्देशन
स्याङ्जाको गल्याङ नगरपालिकाले बजारभित्रका अव्यवस्थित तार व्यवस्थापन गर्न निर्देशन दिएको छ । गल्याङ नगरपालिकाभित्रका मुख्य बजार क्षेत्रहरूमा विद्युत्, टेलिफोन, केबुल तथा इन्टरनेटका तार अव्यवस्थित भएको भन्दै नगरपालिकाले १५ दिन भित्र हटाउन र व्यवस्थापन गर्न निर्देशन दिएको हो ।
बजारका सडक कालोपत्रे हुँदै
उदयपुरको सदरमुकाम गाईघाटस्थित त्रियुगा नगरपालिकाका विभिन्न सडकमा कालोपत्रे गर्न सुरु गरिएको छ । वर्षाैंदेखि हिलो र धुलोको सास्ती हुने गरेको गाईघाट बजार क्षेत्रको झन्डै १५ किलोमिटर सडकमा कालोपत्रे गर्न सुरु गरिएको हो ।
कैलालीबाट एमालेका २६ जना महाधिवेशन प्रतिनिधि छानिए
सुदूरपश्चिममा सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको कैलालीबाट नेकपा(एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि २६ जना प्रतिनिधि चयन भएका छन् ।
तीन वर्षमा एक शब्द पनि नबोल्ने सभा सदस्य
कानुन निर्माण र जनताको आवाज उठाउने मूल थलो प्रदेश सभामा लुम्बिनी प्रदेशका केही प्रदेश सभा सदस्य भने लगातार तीन वर्षसम्म मौन बसेका छन् । तीन वर्षको समयमा यस प्रदेशका तीन जना प्रदेश सभा सदस्यले सदनमा एक पटक पनि नबोलेको तथ्य सार्वजनिक भएको छ । यी तिनै जना प्रदेश सभा सदस्य नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।
प्रतिनिधि छनोट : कतै सर्वसम्मत, कतै चुनाव
नेकपा (एमाले) को ११ औँ महाधिवेशनका लागि लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लामा प्रतिनिधि छनोट भइरहेको छ । एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले महाधिवेशन प्रतिनिधि छनोटका लागि प्रदेशका सबै जिल्लामा सर्वसम्मत बनाउने प्रयास भए पनि सफल हुन नसकेको बताउनुभयो । उहाँका अनुसार केही जिल्लामा सर्वसम्मत प्रतिनिधि चयन भए पनि अधिकांश स्थानमा मतदानमार्फत छनोट गरिएको छ ।
तनहुँमा राष्ट्रिय परिचयपत्र सेवा पूर्ववत् समयमा
जिल्ला प्रशासन कार्यालय तनहुँले राष्ट्रिय परिचयपत्र सेवा अब आइतबारदेखि पुनः पूर्ववत् कार्यालय समयमा सञ्चालन भएको छ ।
सत्तरी प्रतिशत पानी पिउन अयोग्य
बर्दियाको बाँसगढी नगरपालिकाले बर्दिया जिल्लाभरिको पानी परीक्षणको सुरुवात गरेको छ । परीक्षण गरिएका पानीका स्रोतमध्ये करिब ७० प्रतिशत पानी मापदण्ड अनुसार पिउन अयोग्य देखिएको छ ।
कैलालीमा स्कुल बसको ठक्करबाट बालकको मृत्यु
कैलालीको गेटामा स्कुल बसको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको छ ।
रणनीतिक सडकलाई छैन बजेट
बजेट अभावमा एक निर्वाचन क्षेत्र, एक रणनीतिक सडक अन्तर्गत बागलुङमा निर्माणाधीन दुई सडकको काम अलपत्र परेको छ । बागलुङको क्षेत्र नं. १ अन्तर्गत अदालत चौपारीदेखि सिगाना हुँदै बरेङ जोड्ने सडक र क्षेत्र नं. २ अन्तर्गत गलकोटको हरिचौरदेखि मल्म हुँदै पाण्डवखानी जोड्ने सडकको काम अलपत्र परेको हो । अदालत चौपारीदेखि सिगाना–बरेङ जोड्ने सडकको काम सिगानाको वडा कार्यालयमा पुगेर रोकिएको छ । उक्त खण्ड निर्माण सम्झौता गरेका ठेकेदारले समयमा रकम भुक्तानी नपाएपछि काम अलपत्र भएको थियो ।
राजमार्ग निर्माण क्षेत्रका रुख हटाइँदै
राष्ट्रिय राजमार्गको वैकल्पिक सडकका रूपमा निर्माण सुरु भएको मदन भण्डारी राजमार्ग अन्तर्गत कोशी प्रदेश खण्डभित्र पर्ने वन क्षेत्रका रुख हटाउने काम धमाधम भइरहेको छ ।
मनासलु पदमार्ग मर्मतसम्भार
उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका लोक्पाथाङाको मनासलु पदमार्ग मर्मत कार्य सम्पन्न भएको छ । चुमनुब्री गाउँपालिका, मनासलु संरक्षण क्षेत्र, स्थानीय बासिन्दा र जनप्रतिनिधिको सक्रिय सहभागितामा लोक्पाथाङाबाट बाजेखोलासम्मको मनासलु पदमार्ग निर्माण समपन्न भएको हो ।
पर्यटकको रोजाइमा मिनी ग्रेटवाल
शैलुङ गाउँपालिकामा निर्माणाधीन शैलुङ मिनी ग्रेटवालप्रति पर्यटकको आकर्षण वढ्दै गएको छ । शैलुङडाँडामा फैलिएको ग्रेटवालमा हिँड्दै हिमाल र शैलुङको सौन्दर्य नियाल्न पर्यटक लोभिने गरेका छन् ।
करिडोरको बागलुङ खण्ड : तीन वर्षमा ६५ प्रतिशत प्रगति
कालीगण्डकी करिडोरको बागलुङ खण्ड तीन वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । कालीगण्डकी करिडोरको बागलुङ स्थित मालढुङ्गा बलेवा खण्डले बल्ल गति लिएको छ ।
न्यायिक समितिका चुनौती दशकसम्म उस्तै
न्याय सेवा सर्वसुलभ, प्रभावकारी, भरपर्दो र छिटोछरितो बनाउन स्थानीय तहमा स्थापित न्यायिक समिति गठनको एक दशक बितिसक्दा पनि दर्जनौँ समस्याबाट गुज्रिरहेका छन् । कानुनी अस्पष्टता, जनशक्ति र साधनस्रोतको अभावले समितिको काम प्रभावकारी बनाउन चुनौती भइरहेको जनप्रतिनिधिको गुनासो छ ।
सुस्तामा तटबन्ध निर्माणका लागि स्थानीयको हारगुहार
ऐतिहासिक भूमि सुस्ताका बासिन्दाहरूले नारायणी नदीको बढ्दो कटान र बहाव परिवर्तनका कारण आफ्नो बस्ती बचाउनका लागि सरकारसँग तत्काल तटबन्ध निर्माण गर्न हारगुहार गरेका छन् ।
बिजमायालाई नयाँ घर
हिमपातले घर भत्काएपछि घरबारविहीन भएका जुम्लाको गुठीचौर गाउँपालिका–५, फोइगाउँकी बिजमाया जैसीले नयाँ घर पाउनुभएको छ । छ वर्षपहिले हिमपातले घर भत्किएपछि आर्थिक अभावमा घर बनाउन नसकी बर्सौंदेखि टहरामा बस्नुभएको थियो । सानो काठको टहरामा १२ वर्षकी छोरी र १४ वर्षको छोरासँग उहाँले दुःखका दिन कटाउनुभएको थियो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित कुमाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बज्जिका भाषा
डिडिए प्रतिवेदनमाथि परेन उजुरी
रुकुमपश्चिमको चौरजहारी नगरपालिकामा भूकम्प प्रभावितको विस्तृत क्षति आकलन (डिडिए) प्रतिवेदन उपर उजुरी परेको छैन । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत तयार भएको डिडिएको प्रतिवेदन उपर गुनासो तथा उजुरी दर्ता गर्न सकिने व्यवस्था गरिए पनि तोकिएको सीमाभित्र कुनै पनि उजुरी नपरेको चौरजहारी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले बताउनुभयो ।
सरोकार मञ्चको अध्यक्षमा बम
सुदूरपश्चिमाञ्चल सरोकार मञ्च नेपालले दीर्घसिंह बमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार भएको १४ औँ साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको हो ।
‘विकास पुग्यो तर उपभोग गर्ने मानिस नै छैनन्’
गाउँको सिरानमाथि महाकाली लोकमार्गको चिल्लो सडक छ । मध्य भागबाट महाकाली कोरिडोर अघि बढिरहेको छ । सबै घरमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेको छ । प्रदेश सरकारले ६५ लाखको खानेपानी योजना बनाएको छ ।
रास्वपा र विवेकशीलबीच आज एकता घोषणा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाको औपचारिक रूपमा आज पार्टी एकता घोषणा हुँदैछ । आज दिउँसो राष्ट्रिय सभागृहमा एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिनुभयो ।