सब-इन्जिनियर हत्याको विरोधमा सर्लाहीका सरकारी कार्यालय ठप्प
पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सब-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मङ्गलबार ठप्प पारिएको छ।
ऊर्जा विकास र वातावरण संरक्षणबिच सहकार्य सुदृढ गर्न दुई मन्त्रालयबिच बैठक
वन तथा वातावरण मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबिच आज समन्वय बैठक सम्पन्न भएको छ ।
टी–२० विश्वकप : स्कटल्यान्डसँग प्रतिष्ठाको लडाइँ लड्दै नेपाल
आइसिसी टी–२० विश्वकप क्रिकेटको समूह चरणबाट बाहिरिएको नेपालले समूह चरणको अन्तिम खेल आज स्कटल्यान्डसँग खेल्दैछ ।
ज्येष्ठ नागरिकको स्वास्थ्य सर्वेक्षण
काठमाडौँ महानगरपालिकाले ४५२ ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था सर्वेक्षण गर्दा ११ जनालाई तत्काल अस्पताल लैजानुपर्ने पाइएको छ ।
बङ्गलादेशमा नयाँ युगको सुरुवात : तारिक रहमानसहितको शपथ
बङ्गलादेशमा हालै सम्पन्न निर्वाचनपछि निर्वाचित सांसदहरू र भावी प्रधानमन्त्री तारिक रहमानले आज मङ्गलबार संसदको शपथ ग्रहण गर्नुभएको छ ।
महिला एसिया कप : तेस्रो हारसँगै बाहिरियो नेपाल
बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा मङ्गलबार भएको खेलमा नेपाल भारतको ‘ए’ टोलीसँग सात विकेटले पराजित भयो । यस हारसँगै नेपाल प्रतियोगिताको समूह चरणबाट बाहिरिएको छ ।
माउन्ट एभरेस्ट तेक्वान्दोमा २३ राष्ट्रका १२ सय खेलाडी
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको ४० वर्षमुनि मिक्स पुम्सेमा नेपालका जितबहादुर बोट र सीता तामाङले स्वर्ण जित्नुभयो ।
जेनेभामा अमेरिका–इरान आणविक संवाद पुनः सुरु
मध्यपूर्वमा सैन्य गतिविधि तीव्र बन्दै गइरहेका बेला संयुक्त राज्य अमेरिका र इरानले जेनेभामा आफ्नो आणविक कार्यक्रमसम्बन्धी दोस्रो चरणको वार्ता सुरु गर्ने सहमति जनाएका छन् ।
नेपाल र नेपालीको प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान महत्वपूर्ण छ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल र नेपालीको शान, गौरव र प्रतिष्ठा बढाउन शेर्पा समुदायको योगदान उल्लेखनीय रहेको बताउनुभएको छ ।
धौलागिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-१ स्थित चिमाङ गाउँबाट मङ्गलबार बिहान देखिएको सेताम्मे धौलागिरि हिमाल र आसपासका क्षेत्र ।
दमकको भ्यू टावर बहुउद्देश्यीय व्यावसायिक कम्प्लेक्स र आधुनिक आईटी हब बनाइने : अध्यक्ष ओली
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दमकमा बनेको भ्यूटावरलाई गलत रुपमा व्याख्या गरिएको बताउनुभएको छ ।
प्रवासी युवाद्वारा स्वास्थ्य चौकीलाई मर्चरी च्याम्बर हस्तान्तरण
कैलालीको टीकापुर नगरपालिका-८ बाट रोजगारीका लागि परदेशमा रहेका युवाहरूले धनसिंहपुर स्वास्थ्य चौकीलाई दुईवटा लास राख्ने भाँडो ९मर्चरी च्याम्बर उपलब्ध गराएका छन् ।
झापाका छ स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै झापाका विभिन्न स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली तैनाथ भएका छन् ।
उत्पादन बढाउँदै सिंहदरवार वैद्यखाना
तीन वर्षदेखि कच्चापदार्थका लागि ठेक्का सम्झौता नहुँदा औषधि उत्पादन घटेकामा हाल औषधि उत्पादन बढाइएको वैद्यखानाका कार्यकारी निर्देशक प्रदीप केसीले जानकारी दिनुभयो ।
महाशिवरात्रिमा आएका साधुसन्तको बिदाइ
गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका अवसरमा पशुपतिनाथको पूजाआराधना एवं दर्शन गर्न आएका नागाबाबासहितका साधुसन्तलाई बिदाइ सुरु गरेको छ । बिहान ११ बजेदेखि पशुपतिनाथको मन्दिरअघिको पश्चिम ढोकामा बिदाइ सुरु गरिएको हो ।
माओवादीको कार्यकर्ता भन्दै चन्दा सङ्कलन गर्ने पक्राउ
जिल्ला प्रहरी कार्यालय कास्कीले जबरजस्ती चन्दा सङ्कलन गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँमा बढ्दै छ वायु प्रदूषण, सचेत रहन आग्रह
काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ । सोमबार मध्याह्नमा १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज मध्याह्नसम्म १९१ पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ, जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।
तीन दर्जन सवारी साधन लिलाम बिक्री
जिल्ला प्रहरी कार्यालय धनकुटाले चोरी, बेवारिसे तथा स्वामित्व नखुलेका तीन दर्जन सवारीका साधन लिलाम बिक्री गरेको छ ।
मतपत्र छपाइ सकियो
आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र छपाइ सम्पन्न भएको छ ।
कर्तव्य ज्यान मुद्दाका तीन फरार कसुरदार पक्राउ
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले कर्तव्य ज्यान मुद्दाका तीन जना फरार कसुरदारलाई मङ्गलबार पक्राउ गरेको छ ।
महेन्द्र राजमार्गको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गलमा शङ्कास्पद वस्तु फेला
महेन्द्रराज मार्गको अन्तर्गतको गोरुसिङे-बनगाई सडकखण्डको जङ्गल क्षेत्रमा पर्ने ड्राइ नाला नजिकै शङ्कास्पद वस्तु फेला परेको छ ।
बाँकेमा सात हजारभन्दा बढी किशोरीलाई एचपिभी खोप
बाँके जिल्लामा माघ २५ गतेदेखि सञ्चालन गरिएको पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपिभी) खोप अभियानअन्तर्गत हालसम्म सात हजार ५२५ किशोरीलाई एचपिभी खोप लगाइएको छ ।
चुनावी प्रचारप्रसारमा उम्मेदवार व्यस्त
प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा रौतहट जिल्ला मा उम्मेदवारहरूले चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। रौतहट निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेस का उम्मेदवार अनिलकुमार झा घरदैलो अभियानलाई निरन्तरता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त रहेका छन्।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
आज स्थानीय बजारमा सुनको मूल्यमा केही कमी आएको छभने चाँदीको मोल भने बढेको छ । सोमबारको तुलनामा आज सुन तोलामा ९०० ले घटेको छ भने चाँदी रु २५ ले बढेको छ ।