तीन विश्वविद्यालयबिच सहकार्य
सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज नेपालको उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
कानुन विपरित लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
सिक्टा सिँचाइ आयोजनाको डुडुवा नहरको निर्माण तीव्र
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ ।
पीडितको पहिचान गोप्य राख्दै सुरक्षित शैक्षिक वातावरण बनाउन मन्त्री पोखरेलको आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको छ ।
बैङ्किङ कसुर मुद्दामा फरार एक पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
तमिम इकबालको नेतृत्वमा बङ्गलादेश क्रिकेटको गौरव पुनः स्थापना यात्रा
बङ्गलादेशका अन्तरिम क्रिकेट प्रमुख तमिम इकबालले बोर्ड बर्खास्त भएपछि देशको क्रिकेट प्रतिष्ठा सुधार गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसलाई आफ्नो पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्यको रूपमा लिनुभएको छ ।
कोशी प्रदेशमा स्वास्थ्य बिमा प्रभावकारीः ५७ प्रतिशत नागरिक समेटिए
कोशी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
मध्यपूर्व युद्धको प्रभाव मूल्याङ्कन गर्दै भारतद्वारा ब्याज दर स्थिर
भारतको केन्द्रीय बैँकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरिद दर अपरिवर्तित रहने जानकारी दिनुभयो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ ।
मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।
बोडीमा अत्याधिक विषादी फेला, १५० केजी बोडी नष्ट
बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी बोडीमा विषादी भेटिएको छ ।
नेपाली श्रमिकको उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सदस्यहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमाथि हुनसक्ने जोखिम मूल्याङ्कन गर्दै तत्काल उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
औषधीको अनाधिकृत मूल्यवृद्धिको विषयमा सांसद खत्रीको ध्यानाकर्षण
प्रतिनिधिसभाको बैठकमा ऐन विपरीत औषधीको मूल्यवृद्धि गरी ठूलो रकम अपचलन गरिएको भन्दै संलग्न अधिकारीलाई कारबाही गर्न माग गरिएको छ ।
नेप्से परिसूचकमा ४५ अङ्कको सुधार
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५ दशमलव १२ अङ्कले बढेर दुई हजार ८०२ दशमलव ५२ को विन्दुमा कायम भएको छ । यो एक दशमलव ६३ प्रतिशतको वृद्धि हो ।
उपसभामुखको निर्वाचन चैत २७ गते हुने
प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन आगामी चैत २७ गते हुने भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उपसभामुखको निर्वाचनका लागि मिति तोक्नुभएको हो ।
राष्ट्रिय सभामा अख्तियारको वार्षिक प्रतिवेदन पेस
राष्ट्रिय सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।
राष्ट्रियसभा बैठकः भ्रष्टाचार नियन्त्रणदेखि मल, बीउको व्यवस्था गर्न माग
राष्ट्रियसभाका सांसदहरूले भ्रष्टाचार नियन्त्रणदेखि किसानलाई समयमै मल, बीउको व्यवस्था गर्न माग गरेका छन् ।
इलाम गोल्डकप वैशाखमा
आगामी वैशाख ५ गते देखि इलाम गोल्डकपको तेस्रो संस्करण हुने भएको छ ।
प्रधानमन्त्री कप : सन्दीपको पाँच विकेटमा बागमती विजयी
कप्तान सन्दीप लामिछानेले पाँच विकेट लिएपछि बागमती प्रदेशले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता कोशी प्रदेशमाथि सानदार जित निकालेको छ । जनकपुरमा बुधबार भएको खेलमा बागमतीले कोशीलाई सात विकेटले हरायो ।
निजी विद्यालयमा मापदण्ड विपरीतको शुल्क फिर्ता नभए गृह प्रशासनबाट कारबाही हुने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्ड विपरीत शुल्क लिने निजी विद्यालयले शुल्क फिर्ता गर्न अटेर गरेको पाइएमा कानुन अनुसार कारबाही गर्न गृह प्रशासन र स्थानीय तहलाई आग्रह गरेको छ ।
‘अब आश्वासन होइन, डेलिभरी चाहिन्छ’
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले विशेष अवस्थामा भएको निर्वाचनबाट विजयी भएको दल र सरकारले जनतालाई सुशासन दिनुपर्नेमा दिनुभएको छ ।
आइसिसी लिग–२ को दुई सिरिज वैशाखमा
नेपालले घरेलु मैदानमा आइसिसी विश्वकप लिग–२ का दुई वटा त्रिकोणत्मक सिरिज खेल्ने भएको छ ।
पश्चिम नेपालबाट वर्षा सुरु
पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभावका कारण मौसम बदली भई अहिले पश्चिम नेपालबाट वर्षा सुरु भएको छ ।
विकृति र विसङ्गतिबाट मुक्त हुन सरकारलाई सांसद पुनको आग्रह
सांसद महावीर पुनले मुलुकमा जडा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गर्नुभएको छ ।