एमालेको महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्छ : अध्यक्ष ओली
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११ औँ राष्ट्रिय महाधिवेशनले उन्नतस्तरको एकता प्रदर्शन गर्ने बताउनुभएको छ ।
तेस्रो मेयर कपः बागलुङ नगरपालिकाको विजयी सुरुवात
आयोजक बागलुङ नगरपालिका (निलो) ले तेस्रो संस्करणको मेयर कप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
लैङ्गिक हिंसाविरुद्ध एकजुट होऔँ : आइजिपी कार्की
प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले महिला तथा बालबालिका माथि भएका हिंसाविरुद्ध एकजुट हुनपर्ने बताउनु भएको छ ।
आँखा शिविरमा तीन जिल्लाका ७३ जनाको शल्यक्रिया
रुकुमपश्चिमको चौरजहारी अस्पतालमा सञ्चालन भएको आँखा शिविरबाट तीन जिल्लाका आँखाका बिरामीले सेवा पाएका छन्। शुक्रबार र शनिबार भएको निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरबाट रुकुमपश्चिम, जाजरकोट र सल्यान जिल्लाका बिरामीको उपचार गरिएको छ।
‘ब्यापारमा रमाउँदा माइनस तापक्रमले छोएन’
लोमान्थाङ गाउँपालिका –२, छोसेरकी कुन्साङ गुरूङले दुई महिना अगाडि तीन लाखको लगानी कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार सुरू गर्नुभएको छ ।
विद्यालयलाई कम्प्युटर प्रयोगशाला हस्तान्तण
नेपालका लाग पाकिस्तानका राजदूत अब्रार एच. हाश्मीले काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ स्थापित कम्प्युटर प्रयोगशालाको उद्घाटन र हस्तान्तरण गर्नुभयो ।
अमेरिकामा मेस्सीको अर्को कीर्तिमान
आइतबार बिहान भएको पूर्वी सम्मेलन (इस्टर्न कन्फरेन्स) को फाइनलमा इन्टर मियामीले न्यूयोर्क सिटीलाई ५–१ गोलले हराउँदै उपाधि जितेको छ ।
हाट बजार मेलाको तयारी तीव्र
स्थानीय उत्पादन प्रवर्धन, बजारीकरण तथा कला–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सञ्चालन हुने हाट बजार र भर्याङ्ग कालिका मेलाको तयारी तीव्र पारिएको छ ।
जीवन बिमा गर्ने सबैभन्दा बढी रूपन्देहीमा
लुम्बिनी प्रदेशका कुल १२ जिल्लामध्ये जीवन बिमा गर्नेको सबैभन्दा धेरै सङ्ख्या रूपन्देहीमा रहेको छ । त्यसपछि क्रमशः बाँके, दाङ, कपिलवस्तु, नवलपरासी, बर्दिया, पाल्पा, गुल्मी, अर्घाखाँची, प्युठान, रोल्पा र रुकुमपूर्व जिल्ला रहेका छन् ।
बागलुङमा सर्वाधिक पुरस्कार राशीको ‘मेयर कप’ सुरु
बागलुङमा सर्वाधिक पुरस्कार राशीको ‘मेयर कप’ फुटबल प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।
राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता आवश्यक छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक गम्भीर राष्ट्रिय सङ्कटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताउनुभएको छ।
हुम्लामा सर्वसम्मत प्रतिनिधि छनाेट गर्ने प्रयास
नेकपा (एमाले) हुम्लामा एघारौ महाधिवेशन प्रतिनिधि छनाेट कार्य सर्वसम्मत रूपमा छनाेट गर्ने प्रयास जारी राखेको छ । अब चारजना मात्र प्रतिनिधि छनौट हुन बाँकी रहेको भए पनि आकांक्षी बढी भएपछि छनौट कार्य लम्बिएको हो ।
बेसार खेती गर्दै वन्यजन्तु पीडित
धान गहुँ लगायतका अन्नबालीको खेती गर्दा वन्यजन्तुबाट जोगाउन मुस्किल भएपछि मधुवन नगरपालिका र ठाकुरबाबा नगरपालिकाका स्थानीयबासीले बेसार खेती गरेका छन् ।
तोरी फूलले बनाएको आकर्षक बारी
काभ्रेपलाचोकको बेथानचोक गाउँपालिका–३, गैरीभन्ज्याङमा स्थानीयले गरेको तोरीबारी । करिब २० रोपनीमा गरिएको तोरीबारीमा अचेल फूल फुलेर आकर्षक देखिएको छ ।
बस दुर्घटना हुँदा चार जना घाइते
हेटौँडा–काठमाडौँ सडकखण्डअन्तर्गत कान्ति लोकपथको मकवानपुरगढी गाउँपालिका–१, बागधारामा ब्रेक फेल भइ बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आइतवार बिहान भएको दुर्घटनामा बसमा सवार एक महिला र तीन पुरुष घाइते भएको प्रहरीले जनाएको छ ।
टस जितेर ब्याटिङ गर्दै कर्णाली
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा कर्णालीले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । टस हारेको काठमाण्डु बलिङ गर्दैछ ।
तुलसीपुर महोत्सव पुस ४ देखि हुने
नेपाल घरेलु तथा साना उद्योग महासङ्घ तुलसीपुरको आयोजनामा पुस ४ गतेदेखि तुलसीपुरमा प्रथम तुलसीपुर महोत्सव आयोजना हुनेभएको छ ।
फिक्कलमा कपडा बैँक स्थापना
इलामको सूर्योदय नगरपालिका–१०, फिक्कल बजारमा कपडा बैँक स्थापना गरिएको छ । “हुनेले दिने, नहुनेले लिने” नारासहित आइतबार सिनियर टीम फिक्कलको पहलमा कपडा बैंक स्थापना गरी उद्घाटन गरिएको हो ।
एमालेको ११ औँ महाधिवेशनको लोगो सार्वजनिक
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतीक चिन्ह (लोगो) सार्वजनिक गर्नुभएको छ ।
एनआरएनएबिचको ऐतिहासिक एकता दिगो कायम होस् : सञ्चारमन्त्री खरेल
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बिच ऐतिहासिक एकता घोषणा भएको छ।
गोरखामा बस दुर्घटना हुँदा २१ जना घाइते
गोरखामा बस दुर्घटना हुदाँ २१ जना घाइते भएका छन्। गोरखाबाट चितवनको नारायणगढतर्फ जाँदै गरेको ना ४ ख १४१९ नम्बरको मिनिबस गोरखा नगरपालिका–११ बाह्रकिलोमा दुर्घटना हुदाँ २१ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
बाँके राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो
निकुञ्जले २०८२ सालको सुरुवातबाटै सुरु गरेको जङ्गल सफारीका लागि आउने पर्यटकको संख्या र माग बढ्दै जाँदा निकुञ्ज वरिपरिका होटल र होमस्टेले जीप राखेर जङ्गल सफारी सञ्चालन गरेका छन् ।
बझाङमा ४.४ रेक्टर स्केलको भूकम्प
आज मध्यान्ह १२ बजेर ९ मिनेट जाँदा बझाङको सैपाल आसपास केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस गरिएको छ । छिमेकी जिल्ला बझागको सैपाल हिमालमा केन्द्रविन्दु बनाएर चार दशमलव चार रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ
पूर्वी चितवनबाट एक जना जनप्रतिनिधिसहित आठ जना जुवाडे पक्राउ परेका छन् । उनीहरुलाई कालिका नगरपालिका–६ लाल चोकबाट जुवा खेलिरहेको समयमा पक्राउ गरिएको हो ।