करेन्ट लागेर बालकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
गृहमन्त्री गुरुङ र स्विस राजदूतबिच भेटवार्ताः भ्रष्टाचार नियन्त्रणमा सहकार्यको प्रस्ताव
गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि स्विट्जरल्यान्डका राजदूत ड्यानियल मेउलीबिच बुधबार गृह मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा बुधबार युवाले तालाबन्दी गरेका छन् । सडक र नाला निर्माणको माग गर्दै हरिपूर्वा नगरपालिका –३, धनकौल पूर्वारी गाउँका युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
चैत २७ गते राष्ट्रपतिले संसद्को दुवै सदनलाई सम्बोधन गर्ने
राष्ट्रपति श्री रामचन्द्र पौडेलले आगामी चैत २७ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठक आह्वान गर्नुभएको छ ।
दीर्घरोगी र विपन्नको उपचारमा व्यास नगरपालिकाद्वारा ३९ लाख सहयोग
तनहुँको व्यास नगरपालिकाले विपन्न र दीर्घरोगी नागरिकको उपचारका लागि ३९ लाख २८ हजार रुपियाँ आर्थिक सहयोग गरेको छ ।
आर्मीको पोस्टमा प्रहरीको आधा दर्जन गोल
बाङेचौर खेलमा जारी गण्डकी प्रदेश स्तरीय चौथो संस्करणको ‘जेसीज कप’ फूटबल प्रतियोगितामा नेपाल आर्मीको कालीजङ्ग गण घोडाबाँधेले लज्जास्पद हार व्यहोरेको छ ।
पश्चिमी वायुको प्रभाव उपत्यकासहित देशभर वर्षा
पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको संयुक्त प्रभावका कारण बुधबार देशका विभिन्न भागमा वर्षा भएको छ ।
चिस्यान केन्द्र सञ्चालन हुँदा कृषकलाई सहज
बाजुरामा चिस्यान केन्द्र सञ्चालनमा आउँदा किसानलाई फलफुल तथा तरकारी बस्तु स्टोर गर्न सहज भएको छ ।
दशरथचन्दमा आगामी शैक्षिकसत्रबाट पढाई : मन्त्री पोखरेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा आगामी शैक्षिकसत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सञ्चालन गरिने बताउनुभएको छ ।
गोरखापत्रको डिजिटाइजेसन कार्य तीव्र
गोरखापत्र संस्थानका अध्यक्ष गोविन्दप्रसाद (अखण्ड) भण्डारीले राष्ट्रको धरोहर गोरखापत्र संस्थानले डिजिटल अर्काइभिङको कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको बताउनुभएको छ।
वैशाख २ गतेदेखि राष्ट्रिय आर्थिक गणना, ५ हजार कर्मचारी परिचालन
राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब पाँच हजार कर्मचारी परिचालन गरी ‘राष्ट्रिय आर्थिक गणना’ सुरु गर्ने भएको छ ।
पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभागमा बुझाइयो
पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागिरकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ।
तीन विश्वविद्यालयबिच सहकार्य
सुदूरपश्चिम विश्व विद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरस्थित रामारोशन हलमा आज नेपालको उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको छ ।
कानुन विपरित लिइएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न शिक्षा मन्त्रालयको निर्देशन
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गैरकानुनी रुपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्देशन दिएको छ ।
सिक्टा सिँचाइ आयोजनाको डुडुवा नहरको निर्माण तीव्र
राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाअन्तर्गत डुडुवा शाखा नहरको निर्माण कार्य हाल आएर तीव्र गतिमा अघि बढाइएको छ ।
पीडितको पहिचान गोप्य राख्दै सुरक्षित शैक्षिक वातावरण बनाउन मन्त्री पोखरेलको आह्वान
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थाहरूमा हुने कुनै पनि प्रकारका दुर्व्यवहार र शोषणका विरुद्ध ‘शून्य सहनशीलता’ को नीति अङ्गीकार गरेको छ ।
बैङ्किङ कसुर मुद्दामा फरार एक पक्राउ
बैङ्किङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ।
तमिम इकबालको नेतृत्वमा बङ्गलादेश क्रिकेटको गौरव पुनः स्थापना यात्रा
बङ्गलादेशका अन्तरिम क्रिकेट प्रमुख तमिम इकबालले बोर्ड बर्खास्त भएपछि देशको क्रिकेट प्रतिष्ठा सुधार गर्ने दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले यसलाई आफ्नो पहिलो र सबैभन्दा महत्त्वपूर्ण कर्तव्यको रूपमा लिनुभएको छ ।
कोशी प्रदेशमा स्वास्थ्य बिमा प्रभावकारीः ५७ प्रतिशत नागरिक समेटिए
कोशी प्रदेशमा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारिता बढ्दै गएको छ ।
मध्यपूर्व युद्धको प्रभाव मूल्याङ्कन गर्दै भारतद्वारा ब्याज दर स्थिर
भारतको केन्द्रीय बैँकले मध्यपूर्वमा भइरहेको युद्धको संभावित प्रभाव मूल्याङ्कन गर्दै बुधबार ब्याज दर स्थिर राख्ने निर्णय गरेको छ । भारतीय रिजर्भ बैंक (आरबिआई) का गभर्नर सञ्जय मल्होत्राले ५.२५ प्रतिशतको बेन्चमार्क पुनः खरिद दर अपरिवर्तित रहने जानकारी दिनुभयो ।
मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख एवं राजदूतहरूलाई उहाँहरूले प्रतिनिधित्व गर्ने मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन नेपाल सरकार उत्सुक रहेको बताउनुभएको छ ।
मध्यपूर्व युद्धविरामका बावजुद इजरायलद्वारा लेबनानमा पुनः आक्रमण
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानको युद्धविराममा लेबनान समावेश नभएको बताउनुभएको छ ।
बोडीमा अत्याधिक विषादी फेला, १५० केजी बोडी नष्ट
बुटवलको कृषि उपज थोक बजार केन्द्रमा हरियो तरकारी बोडीमा विषादी भेटिएको छ ।
नेपाली श्रमिकको उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण
राष्ट्रिय सभाका सदस्यहरूले मध्यपूर्वी क्षेत्रमा बढ्दो तनावका कारण त्यहाँ कार्यरत नेपाली श्रमिकमाथि हुनसक्ने जोखिम मूल्याङ्कन गर्दै तत्काल उद्धार योजना बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।