शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २७ गते । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन गर्नुभएकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
बैठकमा सभामुख डोलप्रसाद अर्यालले धन्यवादको प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, ९५ बमोजिम आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुभएको थियो ।
बैठकमा सभामुख अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेरसम्बन्धी पत्रको बेहोरा वाचन गर्नुभएको थियो ।