• २७ चैत २०८२, शुक्रबार

उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय

blog

फाइल तस्बिर

काठमाडौँ, चैत २७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । 

सिंहदरबार आज बसेको बैठकले उपभामुख पदमा ठाकुरलाई पार्टीका सांसदले मतदान गर्ने निर्णय गरेको हो ।

ठाकुरको समर्थकमा रास्वपाका अशोककुमार चौधरी रहनुभएको छ । आज हुने निर्वाचनका लागि उपभामुखमा श्रम संस्कृतिका ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टीका सरस्वती लामा उम्मेदवार रहनुभएको छ ।