लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर
१. भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? १०९ औँ (१८२ देशमा) – ट्रान्सपरेन्सी इन्टरनेसनलले सन् २०२६ फेब्रुवरी १० मा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०२५ मा नेपालले यो वर्ष ३४ अङ्क प्राप्त गरेको । नेपालले गत वर्ष पनि ३४ अङ्क नै प्राप्त गरेको थियो ।
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपियाँ ७८ पैसा र बिक्रीदर १४५ रुपियाँ ३८ पैसा तोकिएको छ ।
पर्वले नेपालीबिच बन्धुत्व बढाउँछ : उपाध्यक्ष घिमिरे
राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले नेपाली पर्वहरूको माध्यमबाट सबै नेपालीबिच आपसी एकता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्ने बताउनुभएको छ ।
नेपालमा सामाजिक द्वन्द्व : विषयगत प्रश्नोत्तर
नेपालमा सामाजिक द्वन्द्व १. सामाजिक द्वन्द्व भन्नाले के बुझिन्छ ? नेपालमा सामाजिक द्वन्द्व न्यूनीकरण गरी राष्ट्रिय एकता प्रवर्धन गर्न राज्यका निर्देशक सिद्धान्तहरूले के कसरी मार्गदर्शन गरेका छन् ? स्पष्ट पार्नुहोस् । समाजमा रहेका कुनै दुई वा दुई भन्दा बढी व्यक्ति, समूह वा पक्षबिच पृथक् मूल्यमान्यता, सोच, विचार, स्वार्थ, उद्देश्य आदिका कारण देखा पर्ने विवाद, बेमेल, विरोध वा सङ्घर्षको अवस्थालाई सामाजिक द्वन्द्व भनिन्छ । द्वन्द्वको अवस्थामा द्वन्द्वरत
पर्वले समुदायबिच सम्बन्ध मजबुत बनाउँछ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पर्वले विविध जातजाति र समुदायका बिचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
विश्वकपमा बाह्र वर्षपछि नेपालको जित
दीपेन्द्रसिंह ऐरीले सङ्कटका समयमा अविजित अर्धशतकीय पालि खेलेपछि आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले मङ्गलबार स्कटल्यान्डलाई सात विकेटले हराएको छ । सुरुका तीन खेल हारेपछि सुपर आठको होडबाट बाहिरिसकेको नेपालले अन्तिम खेलमा सान्त्वना जित प्राप्त गरेको हो । विश्वकप यात्राको अन्त्य सुखद रूपमा गरेको नेपालले आफ्नो प्रतिष्ठा पनि जोगाएको छ ।
नौ प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’
नइ एकेडेमीले नेपाली भाषा साहित्यको पठनपाठन तथा अनुसन्धानका साथै ‘नेपाल–भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ को उचाइ अभिवृद्धिमा योगदान पु¥याउने भारतका नौ जना प्राध्यापकलाई ‘नइ प्रज्ञा पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
दृष्टिविहीनताले बदलिएको सपना
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानमा गुजरातका कलाकार अलपेस पटेलको एकल कला प्रदर्शनी भइरहेको छ । उहाँले बनाएका कला फरक किसिमका छन् । विगत तीन दशकदेखि प्रिन्ट मेकिङ र चित्रकलामा काम गरिरनुभएका उहाँ आफ्नो कलामार्फत जीवनमा विकसित सत्य व्यक्त गर्ने तरिका निरन्तर खोजिरहनुभएको थियो । अहिले ती सत्य उहाँको कलामा झल्किएको देखिन्छ ।
नागाबाबालगायत साधुसन्तको बिदाइ
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ दर्शनका लागि आउनुभएका नागाबाबालगायत साधुसन्तलाई मङ्गलबार दानदक्षिणासहित बिदाइ गरिएको छ । महाशिवरात्रिको अवसरमा भारतलगायत विभिन्न ठाउँबाट फागुन कृष्ण एकादशीका दिन पशुपतिमा आएका साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले फागुन कृष्ण औँसीका दिन बिदाइ गर्ने परम्परा रहिआएको छ ।
पर्वले सांस्कृतिक पहिचान स्थापित गरेको छः मुख्यमन्त्री
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सबै जातजाति र समुदायको संस्कृतिको जगेर्नाको माध्यमबाट पर्यटन विकासका लागि प्रदेश सरकार तयार रहेको बताउनुभएको छ ।
चलान पाएनन् उखु किसानले
सर्लाहीको बरहथवा नगरपालिका–१३, बसबरियागाउँका महमजान मियाँले १० कट्ठाको उखु काटेर राखेको १२ दिन भयो तर चिनी मिलसम्म उखु ल्याउन चलान पाउनुभएको छैन । चिनी मिलले उद्योगमा उखु ल्याउनुअघि किसानलाई चलान पुर्जी (उखु ल्याउने अनुमतिपत्र) दिनुपर्ने हुन्छ । खेतमा काटेर थुपारेको उखु सुक्न लाग्दासमेत चिनी मिलले चलान दिन अझै पनि आनाकानी गरिरहेको मियाँले गुनासो गर्नुभयो ।
एक करोडभन्दा बढीको उखु जल्यो
लहान नगरपालिका–१३, घलेटोलस्थित खेतबारीमा लगाएको उखुमा आगो लाग्दा एक करोड रुपियाँभन्दा बढीको क्षति भएको छ । सोमबार १२ बजेतिर सरस्वती र घलेटोल जाने कच्ची बाटोको पश्चिमी उखु खेतमा लागेको आगो नियन्त्रणमा ढिलो भएपछि १५ जना किसानको १५ बिघा खेतको उखु जल्दा एक करोड १६ लाख रुपियाँको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
आपूर्ति सहज नभएसम्म निगमले ग्यास वितरण गर्ने
नेपाल आयल निगमले बजारमा ग्यासको आपूर्ति सहज नहुन्जेल काठमाडौँको टेकु कार्यालयबाट ग्यास वितरण नियमित गर्ने भएको छ । बजारमा ग्यासको अभाव भएपछि निगमले गत बुधबारदेखि टेकु कार्यालयबाट डिपो सञ्चालन गरी विभिन्न ब्रान्डका ग्यास वितरण गर्दै आएको छ ।
ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाउन प्रेरित गर्नेमा विश्वास व्यक्त गर्नुभएको छ ।
अन्तरमन्त्रालय समन्वय विस्तार गर्न छलफल
पूर्वाधार विकास परियोजनामा अन्तरमन्त्रालय समन्वय विस्तार गर्ने प्रयासस्वरूप ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबिच मङ्गलबार मन्त्रीस्तरमा समन्वयात्मक बैठक बसेको छ ।
देशभर १५ स्थानमा आगलागीका घटना
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही फागुन ४ गते बिहान १० बजेदेखि पाँच गते बिहानसम्म देशभर कूल १९ वटा विपदका घटना भएका छन् ।
एआई पूर्वाधारमा दुई खर्ब डलर लगानी गर्ने भारतको रणनीति
आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विश्वव्यापी प्रतिस्पर्धा तीव्र बन्दै गइरहेका बेला भारतले आफूलाई विश्वसनीय एआई साझेदारका रूपमा स्थापित गर्ने लक्ष्यसहित आगामी केही वर्षमा डाटा सेन्टर पूर्वाधारमा दुई खर्ब डलर लगानी भित्र्याउने महत्वाकाङ्क्षी योजना अघि सारेको छ । यो पहलले भारतलाई केवल प्रविधि प्रयोगकर्ता मात्र नभई, एआई सेवा र पूर्वाधारको प्रमुख प्रदायक बनाउने दिशामा उन्मुख गरेको छ ।
पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने बताउनुभएको छ ।
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै
शेर्पा समुदायले आज (बुधबार) विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् । ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् । शेर्पा समुदायले यसलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
‘प्रसारण लाइनले अर्थतन्त्रमा टेवा’
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत्को राष्ट्रिय प्रसारणको विकासले देशको अर्थतन्त्रमा टेवा पुग्ने बताउनुभएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको कपिलवस्तु–अर्घाखाँची–तम्घास–बुर्तिबाङ राष्ट्रिय प्रसारण लाइनको उनायचौर सबस्टेसन निरीक्षण गर्दै साना, मझौला र ठुला उद्योगलाई पर्याप्त विद्युत् उपलब्ध हुने र पहाडी जिल्लामा कृषिमा आधारित उद्योगको सम्भावना बढेको बताउनुभयो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक आज (बुधबार) बस्ने भएको छ । बैठकमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पार्टीको तयारीलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयो ।
धम्पुसमा थपियो अर्को आकर्षण
कास्कीको माछापुच्छ्रे गाउँपालिका–७ को पर्यटकीय गाउँ धम्पुसमा आलडाँडा उद्यान (पार्क) निर्माण गरिएको छ । पर्यटकीय गाउँका रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित धम्पुसमा यस उद्यानले थप पर्यटन आकर्षण बढाउने र पर्यटकको बसाइ लम्ब्याउने अपेक्षा गरिएको छ । उद्यानमा बसेर आरामसहित मनोरम दृश्यावलोकन गर्न सकिने छ ।
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेका कारण मुलुकका विभिन्न भागमा आंशिकदेखि सामान्य बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विवादमा नअल्झी विकल्प खोज्न निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ–तराई/मधेश द्रुतमार्गको निर्माणलाई तीव्रता दिँदै काठमाडौँ–तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अगाडि बढ्न निर्देशन दिनुभएको छ । आमनागरिकको धार्मिक विश्वास र सम्पदालाई असर नपारी दु्रतमार्ग निर्माणलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।