नेपालद्वारा श्रीलङ्कामा बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त
परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्तीमार्फत श्रीलङ्का सरकार र त्यहाँका जनताप्रति समवेदना प्रकट गरेको हो ।
‘सीप र कला कुनै जातको हुँदैन’
“सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व महसुस हुन्छ,” दमाहा बजाउँदै गर्नुभएकी यहाँको बर्दिबास–३ पाटुकी निरु पौडेलले भन्नुभयो, “सुरु सुरुमा कतिले कुरा काटे, बाहुनकी छोरीबुहारीले यो के गरेकी पनि भने, तर मैले आफ्नो काम छाडिन । यसमा नाम र दाम दुवै पाएकी छु ।”
स्तरोन्नतिको तयारीमा नेपाल
गरिबी विश्वकै लागि अभिशाप हो । मागेर खानुपर्ने, मागरै देश चलाउनुपर्ने अवस्था कदापि राम्रो होइन । आजको विकसित विज्ञान र प्रविधिको यो युगमा पनि विश्वका ४६ वटा मुलुक गरिब छन्, गरिबीको पीडा भोगिरहेका छन् ।
विदेशबाट फर्केर गाउँमै ‘सस्तोबजार’ सञ्चालन
वैदेशिक रोजगारीमा १६ वर्ष बिताएर स्वदेश फर्किनुभएका यहाँको बेदकोट नगरपालिका–१ सुडाका बसन्तराज भट्टले विदेशमा सिकेका सीप र अनुभवलाई उपयोग गर्दै गाउँमै व्यवसाय सुरु गर्नुभएको छ ।
घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप
भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न इजाजत पत्र लिन चाहने फर्म, कम्पनी वा संस्थालाई आवेदनका लागि म्याद थप गरेको छ ।
एसिसी यू–१९ प्रिमियर कप : नेपाल च्याम्पियन बन्ने लक्ष्यमा, यूएईसँग भिड्दै
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग नेपाल भिड्दैछ ।
सिरहाको भालटार डाँडामा आन्तरिक पर्यटकको आकर्षण बढ्दो
पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनगढीमाईको जिरोमाइलबाट करिब १० किलोमिटर उत्तरमा अवस्थित भालटारडाँडा पछिल्लो समय आन्तरिक पर्यटकको नयाँ गन्तव्यका रूपमा विकास भएको छ ।
शैक्षिक सुधारमा ‘बोर्ड अफ ट्रस्टी’
नेपालका प्रधानमन्त्रीदेखि मन्त्री, राजनीतिक दल, बुद्धिजीवी, पत्रकार, प्राध्यापक, विद्यार्थी सबैले साझा रूपमा स्वीकार गरेको यथार्थ हो, नेपालको उच्च शिक्षा आज गम्भीर सङ्क्रमण र चुनौतीको चरणमा पुगेको छ ।
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
एनपिएल : आज विश्राम,भोलि दुई खेल हुने
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् ।
न्याय प्रणालीमाथि चुनौती
कर्णालीको कथा हो । एउटा घनघोर जङ्गलको नजिकै एक जना गोठालो बस्थ्यो । साथमा कुकुर पनि थियो । खाना खाइसकेपछि ऊ जङ्गलमा भेडा चराउन जान्थ्यो । हिउँदको समय थियो । गोठालोले भेडा निकाल्यो र जङ्गलतिर लाग्यो । जङ्गल सुनसान थियो । चिसो हावा चलेको थियो । भेडालाई जङ्गलमा चर्न छोड्यो । जाडोका कारण दुई हातलाई काखीमुनि च्यापेर एउटा ढुङ्गामाथि बस्यो
शैलुङ पर्यटकीय आयाम
कुनै पनि मुलुकमा उपलब्ध स्रोतसाधनको प्रभावकारी उपयोयबाटै त्यो मुलुकको आर्थिक विकासका पाइला अगाडि बढ्दै जान्छ । कतिपय मुलुकको तीव्रत्तर विकाससमेत हुन्छ । विश्व विकासको इतिहासले यस्तै बोल्छ ।
एड्सबाट कसरी बच्ने र बचाउने
हरेक वर्ष झैँ यस वर्ष पनि डिसेम्बर १ तारिखका दिन ‘अवरोध पार गरौँ, एड्स प्रतिकार्य रूपान्तरण गरौँ !’ भन्ने नाराका साथ ३८ औँ विश्व एड्स दिवस मनाइँदै छ । यस वर्ष मनाइने विश्व एड्स दिवसको नाराको मुख्य उद्देश्य विश्वव्यापी रूपमा एचआइभी/एड्सवि
आजको राशिफल
मेष : आर्थिक पक्ष मध्यम रहने छ । परिश्रम बढे पनि अपराह्नपछिको समय भने सुखद रहने देखिन्छ ।
रुरुक्षेत्रका सबै स्वास्थ्य संस्थामा प्रयोगशाला सेवा सुरु
गुल्मीको रुरु क्षेत्र गाउँपालिकाले सबै वडाबाट स्वास्थ्य संस्थाबाट प्रयोगशाला सेवा सुरु गरेको छ । रुरुक्षेत्र गाउँपालिका–३ थोर्गा स्थित थानपति स्वास्थ्य चौकीमा अहिले प्रयोगशाला सेवा सञ्चालन गरिएको छ ।
नेवाः समुदायको सांस्कृतिक पहिचान योमरी
नेवाः समुदायको सांस्कृतिक पहिचान योमरी (मन पर्ने रोटी) मिठो परिकारसँग नेवाः लोककला पनि जोडिएको हुनाले यसको पुस्तान्तरणमा जोड दिइएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र काठमाडौँ महानगरद्वारा आइतबार आयोजित ‘नेवाः लोककला कार्यशाला (योमरी पुन्ही)’ विषयक कार्यशालामा सहभागी संस्कृति, कलाविज्ञहरूले योमरीसँग नेवाः लोककलाको इतिहास पनि जोडिएकाले यसको प्रवर्धन हुनुपर्ने बताएका छन् ।
गीता जयन्ती : ‘सार्थक जीवनका लागि’ गीता अभियानमा युवा
स्याङ्जाका धेरै विद्यार्थीको हातमा धार्मिक ग्रन्थ गीता पुग्ने गरेको छ । युवाहरुले गीता मार्फत विद्यार्थीदेखि वृद्ध सम्मलाई सार्थक जीवन बुझ्न सिकाउँदै आएका छन् ।
चालिसेलाई मरणोप्रान्त पत्रकारिता पुरस्कार
रुक्मणिराज शिवाकोटी स्मारक कोषले साहित्कार तथा पत्रकार विजय चालिसेलाई मरणोप्रान्त ‘रुक्मणिराज शिवाकोटी स्मृति पत्रकारिता पुरस्कार’ प्रदान गरेको छ ।
सामान अझै अलपत्र अर्बौं राजस्व प्रभावित
पाँच महिनादेखि रसुवाको केरुङ नाकामा चाडपर्वलाई ल्याइएका सामान अझै अलपत्र अवस्थामा छन् । गत २४ असारमा आएको बाढीपहिरोले पुल भत्किएर नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा अन्य सामग्री नाकामै रोकिएका हुुन् ।
निष्क्रिय सञ्चालकलाई कालो सूचीमा राख्न नपाइने
सर्वोच्च अदालतले कम्पनी सञ्चालक समितिबाट अलग हुने प्रक्रिया आफ्नातर्फबाट पूरा गरिसकेका निष्क्रिय सञ्चालकलाई कालो सूचीमा राख्न नमिल्ने फैसला गरेको छ । संलग्नता समाप्त गर्न प्रक्रिया पूरा गरिसकेको अवस्थामा वित्तीय दायित्वमा संलग्न गराउनु उपयुक्त नहुने फैसला सर्वोच्चले गरेको हो ।
जनतालाई पैँतिस अर्बको सेयर
अप्पर अरुण अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा जनताका लागि ३५ अर्ब २४ करोड ८६ लाख रुपियाँ बराबरको सेयर जारी गर्ने प्रस्ताव गरिएको छ । जनताको जलविद्युत् कायक्रम अन्तर्गत नेपाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण गर्न लागेको आयोजनामा ४९ प्रतिशत सर्वसाधारणका लागि छुट्याइने भएको हो । एक हजार ६३ मेगावाटको सो आयोजनामा लगानी हुने ३० प्रतिशत स्वपुँजीमध्ये सो बराबरको सेयर सर्वसाधारणले पाउने भएका हुन् । प्राधिकरणको सञ्चालक समितिले बिहीबार यो प्रस्ताव स्वीकृत गरेको हो ।
प्रभु बैङ्कका सिइओ शेरचनसहित तीन पक्राउ
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र कर्जा प्रमुख अधिकृत रिवास श्रेष्ठलाई पक्राउ गरेको छ ।
भरुवा बन्दुकसहित पक्राउ
पाल्पामा अवैध भरुवा बन्दुकसहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा तानसेन नगरपालिका–१३ केरवादीका ६४ वर्षीय शालिकराम रेश्मी रहेका छन् ।
थपिए मतदान स्थल
आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनका लागि देशैभर १६८ मतदान स्थल थपिएका छन् । मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदान स्थल थपिएका हुन् ।