सिरिजङ्गा गोल्डकपको खेल तालिका सार्वजनिक
आउँदो मङ्सिर २३ गतेदेखि ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा सञ्चालन हुने अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप पुरुष फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ।
एनपिएललाई स्पिरिट अफ क्रिकेट अवार्ड
मेरिलेबन क्रिकेट क्लब (एमसिसी) ले नेपाल प्रिमियर लिग (एनपिएल) लाई स्पिरिट अफ क्रिकेट अवार्ड-२०२५ प्रदान गरेको छ ।
जनकपुरको कप्तान परिवर्तन : अनिल साह प्लेइङ ११ मा पर्नु भएन
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै छन् ।
जनकपुर सुदूरपश्चिमविरुद्ध टस जितेर ब्याटिङ गर्दै
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा अहिले जनकपुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । सुदूरपश्चिम आफ्नो अपराजित लय कायम राख्ने लक्ष्यमा छ । यता लगातार हार खेपेको जनकपुर सुदूरपश्चिमको लयमा पूर्णविराम लगाउने तरखरमा छ ।
एनपिएल : पोखरालाई हराउँदै लुम्बिनीको दोस्रो जित
नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ।
मलेसियालाई हराउँदै नेपाल यु–१९ प्रिमियर कपको फाइनलमा
नेपाल संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी यु–१९ प्रिमियर कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलमा मलेसियालाई नौ विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । यससँगै नेपाल एसिया कपमा छनोट भएको छ ।
ताप्लेजुङमा एमाले प्रतिनिधि सर्वसम्मत
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गते काठमाडौँमा हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि यहाँबाट १२ जना प्रतिनिधि सर्वसम्मत चयन भएका छन् ।
पाकिस्तानको उत्तरपश्चिममा जीप दुर्घटनामा पाँच जनाको मृत्यु, पाँच घाइते
पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा जीप दुर्घटनामा परेको छ, जसमा कम्तीमा पाँच जनाको मृत्यु भएको र पाँच जना घाइते भएका छन् । घटना एबटाबाद जिल्लाको हेभेलियन क्षेत्रमा भएको हो ।
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जिया अस्पतालमा, स्वास्थ्य चिन्ताजनक
बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाको स्वास्थ्य अवस्था अस्पताल भर्ना भएयता लगातार बिग्रिएको छ । उहाँका परिवार र पार्टीका सदस्यले नागरिकलाई उहाँको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गर्न अनुरोध गरेका छन् ।
खाजा खर्च कटाएर छात्रछात्रालाई छात्रवृत्ति
बाह्रबिसे नगरपालिका–४ स्थित श्री शारदा माध्यमिक विद्यालयको एसएलसी ब्याच २०६१ समूहले आफ्नो पूर्व विद्यालयमा अध्ययनरत अभिभावकबिहीन, बाढीपहिरोले घरबास गुमाएका, गरीब, बिपन्न, जेहेन्दार बिद्यार्थीलाई नगद छात्रबृत्ति प्रदान गरेको छ ।
सत्ताइस महिनादेखि सम्पर्कविहीन वडाध्यक्ष
स्वास्थ्य उपचार गराउने भनी घरबाहिर हिड्नु भएका वडाध्यक्ष २७ महिनादेखि सम्पर्कबाहिर रहनुभएको छ । पुतलीबजार नगरपालिका –४ का वडा अध्यक्ष शिवबहादुर थापा सम्पर्क बाहिर रहनुभएको हो ।
सफ्टवेयर अपडेट समस्याका कारण एयर न्यूजिल्यान्डका १२ उडान प्रभावित
एयर न्यूजिल्यान्डले ३७ वटा एयरबस विमानमा आवश्यक सफ्टवेयर अपडेट लागु गर्नुपर्ने भएपछि १२ उडान रद्द गरेको छ ।
तेल मूल्य स्थिर राख्न ‘ओपेक प्लस’को रणनीतिक कदम
‘ओपेक प्लस’ का प्रमुख सदस्य राष्ट्रले सन् २०२५ मा अपनाएको तेल उत्पादन नीति समग्रमा प्रभावकारी देखिएको छ ।
कसैलाई अन्याय हुन दिन्नौं : सञ्चारमन्त्री खरेल
स्मार्ट टेलिकम पीडितहरूले टावर व्यवस्थापन, घर भाडालगायत समस्या समाधानका लागि पहल गरी दिन आग्रह गरेका छन् । उहाँहरुले शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग भेटगरी आफ्ना समस्याहरु सहजिकरणका लागि आग्रह गर्नुभयो ।
एनपिएलः पोखराले लुम्बिनीलाई दियो १५१ रनको लक्ष्य
आडम रोसिङ्टन र जिमी निसमको अर्धशतकीय इनिङ्ससँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जितका लागि लुम्बिनी लायन्सलाई एकसय ५१ रनको लक्ष्य दिएको छ।
अख्तियारमा गुल्मीबाट ७० थान उजुरी
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलमा आर्थिक वर्ष २०८२–८३ मा गुल्मीका ७० वटा उजुरी दर्ता भएका छन् । जसमा ३२ फरछ्योट भएर ३८ बाँकी रहेका छन् ।
एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स (यूएई)मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ । अजमान मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसिया १७।२ ओभरमा ५१ रनमा अलआउट भयो ।
निःशुल्क आँखा शिविरबाट विपन्न समुदाय लाभान्वित
लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहयोगमा लहान नगरपालिकामा विगत तीन वर्षदेखि चलिरहेको निःशुल्क शिविरबाट विपन्न समुदाय लाभान्वित भएका छन् ।
हीरक महोत्सवमा पदयात्रा
नेपाल चेम्बर अफ कमर्शको ७५औँ हीरक जयन्तीका अवसरमा आज जमलदेखि वसन्तपुरसम्म पदयात्रा निकालिएको छ ।
रामपुरमा क्लब स्तरीय भलिबल प्रतियोगिता हुँदै
जिल्लाको रामपुरमा क्लब स्तरीय आमन्त्रित भलिबल प्रतियोगिता हुने भएको छ । दोस्रो भम्बक युनाइटेड कपअन्तर्गत मङ्सिर १६ देखि २० गतेसम्म प्रतियोगिता हुन लागेको हो ।
पृथ्वीराजमार्ग पश्चिम खण्डमा एघार पुल निर्माण
पोखरा-मुग्लिन ३८ किलोमिटर सडकको पश्चिम (पोखरा-जामुने) खण्डमा १२ मध्ये ११ वटा पुल निर्माण भएका छन् ।
एसिसी प्रिमियर कपः सेमिफाइनलमा नेपालले पायो ५२ रनको लक्ष्य
संयुक्त अरब इमिरेट्स (युएई)मा जारी एसिसी पुरुष यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा मलेसियाले नेपाललाई ५२ रनको लक्ष्य दिएको छ ।
बस्तीपुर–भुन्द्रङ जोड्ने राप्तीखोला पुल उदघाटन
हेटौँडा उपमहानगरपालिका–१९ बाट मनहरी गाउँपालिका–३ का बस्तीपुर र भुन्द्रङलाई जोड्ने १७० मिटर लामो राप्तीखोला पुल शनिवार उदघाटन गरिएको छ ।
श्रीलङ्कामा भीषण बाढी-पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।