• २६ चैत २०८२, बिहिबार

हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ

blog

काठमाडौँ,  चैत २६ गते । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा  संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । 

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सोही नगरपालिका–१४ बेखम्चाका २१ वर्षीय सुनिल राई, ४४ वर्षीय चन्द्रकुमार राई, २७ वर्षीय सुरज राई र २६ वर्षीय राजेश दर्जीलाई बुधबार पक्राउ गरिएको हो । 

तामाङलाई कुटपिट गरेर उनीहरूले मारेको सूचना स्थानीयले  दिएपछि प्रहरी चौकी बोयाँबाट परिचालन भएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको जनाइएको छ । रासस