नवनियुक्त मन्त्रीहरूले लिनुभयो शपथ
नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।
कर्णालीमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिँदै
कर्णाली प्रदेशका सबै सामुदायिक विद्यालयमा नयाँ शैक्षिकसत्रअगावै पाठ्यपुस्तक व्यवस्थापन गरिसक्ने जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक प्रेस नेपालगञ्जले जनाएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक पक्राउ
खोटाङमा ७० वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक ब्यक्ति पक्राउ परेका छन् । केपिलासगढी गाउँपालिकाका –५ का लक्ष्मण परियार भनिने ३९ वर्षीय मनीकुमार दर्जीलाई चैत २७ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
अधिकार पूर्ण कार्यान्वयन भए प्रदेश सुरक्षा संयन्त्र अझ सक्षम बन्छ : मुख्यमन्त्री यादव
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदेशलाई प्रदान गरेका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भए प्रदेशको सुरक्षा संयन्त्र अझ सुदृढ, व्यवस्थित र स्रोत–साधनयुक्त बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।
सुनसरीमा हुन्डी आशङ्कामा दुई जना पक्राउ, ६ लाखभन्दा बढी नगद बरामद
सुनसरीको कोसी गाउँपालिका–८ भण्टावारीस्थित इलाका प्रहरी कार्यालय भण्टावारीबाट खटिएको प्रहरी टोलीले हुन्डी कारोबारको आशङ्कामा दुई जनालाई नियन्त्रणमा लिएको छ ।
साढे तीन लाख पेन्सनकर्ताको झन्झट अन्त्य, सुरु भयो ई-पेन्सन प्रमाणीकरण
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज 'ई-पेन्सन' प्रमाणीकरण प्रणालीको शुभारम्भ गर्नुभएको छ ।
सामुदायिक वनमा मापदण्ड : समृद्धि या नियन्त्रणका लागि ?
सामुदायिक वनका लागि निर्माण गरिने मापदण्ड समृद्धिका लागि हो या नियन्त्रणका लागि भन्ने सन्दर्भमा सरोकारवालाले सवाल उठाएका छन् ।
उपसभामुखमा रुबी कुमारी निर्वाचित
श्रम संस्कृति पार्टीका सांसद रुबी कुमारी ठाकुर उपसभामुख पदमा निर्वाचित हुनुभएको छ ।
प्रतिनिधिसभा बैठकः उपसभामुख पदका उम्मेदवारको प्रस्तावमाथि छलफल
प्रतिनिधिसभामा उपसभामुख पदमा सदस्य सरस्वती लामा र सदस्य रुबीकुमारी ठाकुरलाई निर्वाचित गरियोस् भन्ने दुई प्रस्ताव छलफलका प्रस्तुत भएका छन् ।
अमेरिका-इरान वार्ता अन्योलमा
अमेरिका र इरानबिच पाकिस्तानमा हुने भनिएको उच्चस्तरीय वार्ता सुरु नहुँदै अनिश्चिततामा फसेपछि युद्धविरामको भविष्यप्रति नयाँ चिन्ता थपेको छ । वार्ताकारको आगमनबारे कुनै स्पष्ट घोषणा नभएको अवस्थामा दुवै पक्षले एकअर्कामाथि आरोप लगाउँदै परिस्थितिलाई थप जटिल बनाएका छन् ।
दार्चुलाको अवस्था देखेर रोएर आएँ : हर्कराज राई
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
अफगानिस्तानमा बाढीका कारण दशौँ हजार प्रभावित : राष्ट्रसङ्घ
गएको दुई हप्तामा अफगानिस्तानमा गम्भीर मौसमी वर्षाका कारण आएको बाढीमा परी दशौँ हजार मनिस प्रभावित भएको टोलो न्यूजले शुक्रबार संयुक्त राष्ट्र सङ्घलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
पृथ्वीको तापक्रम वृद्धि र जलवायु जोखिम बढ्दै : प्रतिवेदन
युरोपेली सङ्घको जलवायु निगरानी निकायले जनाएको अनुसार मार्च महिनामा महासागरको तापक्रम झण्डै रेकर्ड स्तरमा पुगेको छ ।
कोलम्बियामा भएको आक्रमणमा छ जनाको मृत्यु
दक्षिणपश्चिम कोलम्बियाको ग्रामीण क्षेत्रमा बिहीबार भएको आक्रमणमा कम्तिमा छ जनाको मृत्यु हुनुका साथै धेरै जना गम्भीर घाइते भएको जनाइएको छ । गुरिल्ला समूह र अन्य विद्रोहीका कारण कोलम्बियाका विभिन्न क्षेत्रमा नियमित आक्रमणका साथ हिंसाको सामना गरिरहेका छन् ।
उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन : राप्रपा नेता शाही
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
'प्रतिशोधको राजनीतिले समृद्धि सम्भव छैन'
बागमती प्रदेशका वन तथा वातावरणमन्त्री भरतबहादुर केसीले राज्य सञ्चालनमा प्रतिशोध र पक्षपातको भावना हाबी भए मुलुक कहिल्यै समृद्ध बन्न नसक्ने बताउनुभएको छ।
युद्धका कारण विश्व आपूर्ति प्रणाली प्रभावित
मध्यपूर्वमा जारी युद्धका बिच विश्व अर्थतन्त्रमा गहिरो असर देखिएको छ । लगानीकर्ताले शान्ति वार्ताको आशा राख्दै शेयर बजारमा सुधार देखिए पनि तेल बजार भने अझै अस्थिर छ ।
इरानले स्ट्रेट अफ होर्मुजमा शुल्क लगाउनु हुँदैन : ट्रम्प
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले होर्मुजको जलक्षेत्रमा तेल ट्याङ्करमा शुल्क लगाउन नहुने जनाउँदै यदि त्यसो गरिरहेको छ भने तुरुन्तै रोक्न आह्वान गर्नु भएको छ । सामाजिक सञ्जाल ट्रुथमा ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज हुँदै जाने तेल ट्याङ्करमा शुल्क लगाएको रिपोर्टलाई उद्धृत गर्दै यस्तो बताउनु भएको हो ।
उपसभामुखमा ठाकुरलाई मतदान गर्ने रास्वपा संसदीय दलको निर्णय
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठकले प्रतिनिधिसभाको उपभामुख पदमा श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिनुभएकी रुविकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ ।
प्रतिनिधिसभाबाट धन्यवाद प्रस्ताव पारित
प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधन गर्नुभएकामा धन्यवादको प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।
वैज्ञानिक अनुसन्धानलाई राष्ट्रिय दायित्वका रूपमा लिन सक्नुपर्छ : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले स्वास्थ्य अनुसन्धानलाई शैक्षिक अभ्यास मात्र नभई राष्ट्रिय दायित्वका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ दशमलव ४६ अङ्कले घटेर दुई हजार ८३७ दशमलव ७७ बिन्दुमा कायम भएको छ ।
'श्रम संस्कृति पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सिमित छैन'
श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।
जुम्लामा ९० जना मोतियाविन्दुका बिरामीको दृष्टि सुधार
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले सञ्चालन गरेको निःशुल्क मोतियाविन्दु शल्यक्रिया शिविरबाट जिल्लाका बिरामीहरूले ठुलो राहत पाएका छन् ।