श्रीलङ्कामा भीषण बाढी-पहिरो : १२३ जनाको मृत्यु, १३० जना बेपत्ता
श्रीलङ्कामा देशभर परेको भारी वर्षा र बाढीका कारण हालसम्म १२३ जनाको ज्यान गएको छ भने १३० जना अझै बेपत्ता रहेका छन् ।
स्पेसएक्सका ‘राइडसेयर’मिसन सफलतापूर्वक प्रक्षेपण
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले शुक्रबार आफ्नो नयाँ ‘राइडसेयर’मिसन सफलतापूर्वक अन्तरिक्षतर्फ पठाएको छ ।
मुस्ताङमा रेस्टुरेन्टबाट १२ जना जुवाडे नगदसहित पक्राउ
मुस्ताङको घरपझोङ गाउँपालिका—४, जोमसोमको एक रेस्टुरेन्टबाट प्रहरीले १२ जना जुवाडेलाई नगदसहित पक्राउ गरेको छ ।
जियोमाण्डु २०२७ : नेपाल जियोटेक्निकल सोसाइटीद्वारा अन्तर्राष्ट्रिय सम्मेलनको घोषणा
नेपाल जियोटेक्निकल सोसाइटी (एनजिएस) ले सन् २०२७ मार्च १७ देखि १९ सम्म काठमाडौँमा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन ‘जियोमाण्डु २०२७’ को औपचारिक घोषणा गरेको छ ।
समयमा धान उठाउन नसक्दा मोरङमा तोरी लगाउन सकस
मध्य कात्तिकसम्म परेको पानीले गर्दा यो वर्ष रवि लगाउने खेतहरू अझै सुकेका छैन । धान र तोरी उत्पादनका लागि अब्बल मानिएका खेत अझै नसुक्दा यो वर्ष किसानले तोरी लगाउन पाएका छैन ।
युपिआरका लागि पूर्व–सत्र सम्पन्न, नेपालका मानव अधिकार चुनौती अन्तर्राष्ट्रिय मञ्चमा
संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्अन्तर्गत नेपालको समग्र मानव अधिकार अवस्थाको चौथो विश्वव्यापी आवधिकसमीक्षा (युपीआर) का लागि आयोजित पूर्व–सत्र सफलतापूर्वक सम्पन्न भएको छ ।
सप्तरीमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमती घाइते
सप्तरीको कञ्चनरूप नगरपालिकामा शनिबार श्रीमानले गरेको खुकुरी प्रहारबाट श्रीमती घाइते भएकी छन् ।
मनास्लु संरक्षण क्षेत्रमा प्रवेश शुल्कबाट उठ्यो दुई करोड बढी राजस्व
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले चालु आर्थिक वर्षको पहिलो चौमासिकमै प्रवेश शुल्कबाट दुई करोड २७ लाख ९६ हजार ९७० रुपियाँ राजस्व उठाएको छ ।
एनपिएलः लुम्बिनीले टस जित्यो, पोखरा ब्याटिङ गर्दै
त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी टस जितेर बलिङ थालेको छ भने पोखरा ब्याटिङ गर्दैछ ।
किसानको लागत उठ्नेगरी अण्डाको नयाँ मूल्य लागु
चिसो बढ्दै जाँदा अण्डाको खपत त बढेको छ नै, त्यसमाथि भारतीय सीमा क्षेत्रमा कडाइ भएपछि अवैध अण्डा रोकिएको कारण नेपाली अण्डाले राम्रो मूल्य पाउन थालेको छ । आजदेखि लागू हुनेगरी नेपाली अण्डाले किसानको लागत उठ्नेगरी नयाँ मूल्य पाएको सङ्घले जनाएको छ ।
दोलखा एमाले : महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन
नेकपा एमाले दोलखाले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि सर्वसम्मत चयन गरेको छ । एमाले दोलखाले शनिबार पत्रकार सम्मेलन गर्दै सर्वसम्मत प्रतिनिधि चयन गरिएको जनाएको हो ।
गोरखामा स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण
गोरखाको शहीद लखन गाउँपालिका–७, बुङकोटमा महिला स्तन क्यान्सरसम्बन्धी भिआइए परीक्षण भएको छ ।
गलकोटमा ४० जना मोतियाविन्दु भएका बिरामीको निःशुल्क शल्यक्रिया
बागलुङको गलकोटमा निःशुल्क आँखा परीक्षण तथा मोतियाविन्दुको शल्यक्रिया शिविर समापन कार्यक्रम सम्पन्न भएको छ ।
‘टिपिएस’ विधिबाट आलुखेती
शुक्लाफाँटा नगरपालिका–८ नौखरीका व्यावसायिक तरकारीखेतीमा संलग्न किसान महादेव चौधरीले यस वर्ष पहिलोपटक टिपिएस (ट्रयु पोटेटो सिडस) विधिबाट आलुखेती गर्नुभएको छ ।
बर्दियामा दुई सय क्वीन्टल काला नमक धान उत्पादन
बर्दियामा दुई सय क्वीन्टलभन्दा बढी कालानमक धान उत्पादन भएको छ । ठाकुरबाबा नगरपालिकाले संरक्षण र प्रवर्धनको सुरुवात गरेको कालानमक धान यस वर्ष दुई सय क्वीन्टल उत्पादन भएको हो ।
गुणस्तरीय कानुन निर्माणमा नेपाल कानुन समाज
नेपालको संविधान निर्माण र कार्यान्वयनमा ‘पर्दा पछाडि’ रही निरन्तर सहयोग पुर्याइ रहेको नेपाल कानुन समाजले प्रदेश र स्थानीय तहका कानुन तर्जुमाका लागि सात वर्षदेखि सहकार्य गर्दै आएको छ ।
विवाहको प्रलोभनमा शारीरिक सम्बन्ध, नाबालिका बिच्चलीमा
सप्तरीमा बिहेको प्रलोभन देखाइ शारीरिक सम्बन्ध बनाएपछि एक नबालिका बिच्चलीमा परेकी छन् ।
गुल्मीमा एक हप्तामा १५१ जनाले राहदानी बनाए, सात लाख बढी राजस्व सङ्कलन
गुल्मीमा एक हप्ताको समय अवधिमा १५१ जनाले राहदानी बनाउँदा सात लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ ।
होटल व्यवसायमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षासँग जोड्ने पहल सुरु
बाँकेका होटल व्यवसायमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षासँग जोड्न होटल व्यवसायी संघ बाँकेले आवश्यक पहल सुरु गरेको छ ।
राजमार्ग विस्तार : पुल र कलभर्ट निर्माण प्राथमिकतामा
पूर्वपश्चिम राजमार्ग विस्तार अन्तर्गत पुल र कलभर्ट निर्माण कार्यलाई प्राथमिकता दिन थालिएको छ । राजमार्ग विस्तार भइरहेका तीन वटै जिल्लामा अहिले पुल र कलभर्ट निर्माणको कामले प्राथमिकता
भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलासुस्ती
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण भीमदत्त नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । चार वर्ष पहिले शिलान्यास गरिएको उक्त भवन विसं २०८० सालमा निर्माण सम्पन्न गरिसक्ने गरी ठेक्का सम्झौँता गरिएको थियो ।
पञ्चेबाजा संरक्षणमा जुट्दै जाजरकोटी महिला
जाजरकोटका महिलाहरु पञ्चेबाजा बजाएर आफ्नो संस्कृति संरक्षणमा जुटेका छन् । विगतमा पुरुषहरुले मात्रै पञ्चेबाजा बजाउने यस जिल्लामा हाल महिलाहरु हरेक विवाह, महोत्सव, दिवसीय कार्यक्रम, उत्सव लगायतमा सहभागि हुने गरेका छन् ।
बागलुङबाट एमाले महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११ औं महाधिवेशनका लागि बागलुङले सर्वसम्मत प्रतिनिधि छनोट गरेको छ । बागलुङको सङ्घीय निर्वाचन क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ४ जना र दलित कलष्टरबाट १ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन हुनुभएको हो ।
इतिहास र संस्कृति खापर सभ्यता
मानसखण्डको एक महत्त्वपूर्ण स्थानका रूपमा खेचराद्री पर्वत (खप्तड) रहेको हिन्दु ग्रन्थमा वर्णन गरिएको छ । विष्णुप्रसाद खत्रीको ‘चिन्तनका पाँच थुङ्गा’ पुस्तकमा खेचराद्री पर्वत देवीदेउताको क्रीडा स्थलका रूपमा समेत व्याख्या गरिएको छ ।