शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, चैत २७ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आश्वासनपछि मात्रै आफूहरूले उपसभामुखमा उम्मेदवारी दिएको बताउनु भएको छ ।
शुक्रबार प्रतिनिधि सभाको बैठकमा उपसभामुख पदमा सरस्वती लामालाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै उहाँले सो कुरा बताउनुभएको हो । नेता शाहीले उपसभामुखको उम्मेदवारीले संसद्मा पुराना र नयाँ भनिएका दलको चरित्र उजागर गरेको दाबी गर्नुभयो ।