काठमाडाैँ, चैत २७ गते । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले पार्टीलाई ‘पूर्वका राईहरूको पार्टी’ भनि भ्रम प्रवाहित भएको भन्दै आफ्नो पार्टी कुनै क्षेत्र वा जातविशेषमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई निर्वाचितथ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै यस्तो बताउनुभएको हो ।
श्रम संस्मृति पार्टीले भूगोल, जात र धर्मका आधारमा बाँडिएका सबै नेपालीलाई एकताको सूत्रमा बाँध्ने उहाँको दाबी छ । उहाँले मधेसको प्रतिनिधित्वमार्फत उपसभामुखमा थाकुरलाई रोज्नुको कारण खुलाउँदै उनले मधेश प्रदेश सबैभन्दा बढी जनसङ्ख्या भएको तथा विगतका शासकहरूबाट सबैभन्दा बढी उत्पीडनमा परेको क्षेत्र भएको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘श्रम संस्कृति पार्टीलाई पूर्वका राईको पार्टी हो पूर्वैतिर सिद्धिन्छ, यो क्षेत्रीय पार्टी हो भन्ने भ्रम प्रवाहित भयो । म भन्न चाहान्छु श्रम संस्कृति पार्टी, जात, धर्म, भूगोलको नाममा छुट्याएका तमाम नेपालीलाई हामी एउटै मालामा उनेर अगाडि बढ्न चाहन्छौँ । हामीले उपसभामुखलाई मधेश नै किन चुन्यौ भने मधेश सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश पनि हो । हिजोका शासकहरूबाट सबैभन्दा धेरै थिचिएको प्रदेश पनि हो । आज सयौँको सङ्ख्यामा मधेशका चेली हेपिएका छन् । रुबीकुमारी यी सबैको आवाज बन्नुहुने छ भन्न चाहन्छौँ । लोकतन्त्रको सुन्दर पक्ष भनेकै स्वच्छ प्रतिष्पर्धा हो । हामीले स्वच्छ प्रतिष्पर्धा गर्नुपर्छ । हामीलाई समर्थन गर्ने हामी सबैलाई धन्यवाद दिन चाहन्छौँ ।’
लोकतन्त्रको सुन्दर पक्ष नै प्रतिष्पर्धा भएको उल्लेख गर्दै उहाँले आफ्नो उम्मेदवारलाई समर्थन गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।