म्यासेडोनिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी म्यासेडोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्चमा सुनुवाइ जारी
राष्ट्रिय परिचयपत्र विवादमा शुक्रबार सर्वोच्च अदालतमा सुनुवाइ जारी छ । सर्वोच्चका न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा उक्त मुद्दामा सुनुवाइ जारी रहेको हो ।
नौ रुपियाँको नुन किन्न पच्चिस सय खर्च
सर्केगाड गाउँपालिका–१ तुम्च गाउँका नागरिकलाई अनुदानको नुन किन्नका लागि चर्को खर्च गर्नुपर्ने बाध्यता छ । अनुदानमा प्राप्त हुने रु नौको नुनलाई उनीहरुले रु दुई हजार पाँच सयसम्म खर्च गरिरहेका छन् ।
भेरी-बबईको काममा गति बढाउन मुख्यमन्त्री आचार्यको पहल
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न पहल अघि बढाउनुभएको छ ।
सहकारी ठगी प्रकरणमा रवि लामिछानेसँग दोस्रो दिन बयान सुरु
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आराेपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
कार्यदलका महत्वपूर्ण कार्यभार
वर्तमान सरकारका सामुन्ने नेपाली जनताको ठुलो भरोसा हुनु स्वाभाविक हो ।
कृषि अनुदानको व्यवस्थापन
अनुदान प्रवाहले खाद्य सुरक्षामा र कृषि क्षेत्रको व्यावसायीकरण र आधुनिकीकरणमा खासै योगदान नगरेको भन्दै आलोचना हुने गरे पनि तथ्यपरक अध्ययन पाइँदैन ।
वैदेशिक सहयोग परिचालनमा चासो
दोस्रो विश्वयुद्धले धरासायी भएको पश्चिम युरोपको समग्र विकासका लागि धेरै पुँजीको आवश्यकता थियो ।
ज्येष्ठ नागरिकका अपेक्षा
सङ्घीय गणतान्त्रिक नेपालको संविधान कार्यान्वयनपश्चात् ज्येष्ठ नागरिक ऐन, २०६३ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयभित्र सक्रिय रहन थाल्यो ।
जग्गा संरक्षणमा नागरिक भूमिका
नेपालमा सार्वजनिक जग्गा भन्नाले कुनै व्यक्तिको निजी स्वामित्वमा नरहेको र सामूहिक प्रयोगका लागि राज्यको अधीनमा रहेको भूमि जनाउँछ ।
अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन शुल्क नलाग्ने
कक्षा ९, १० र ११ मा अध्ययन गर्ने विद्यार्थीले अर्को वर्षदेखि परीक्षा र रजिस्ट्रेसन फारामबापत शुल्क तिर्न नपर्ने भएको छ ।
अनियमितता पुष्टि भएन
विशेष अदालतले पशुपतिनाथ मन्दिरको गर्भगृहमा सुनको जलहरी राख्ने कार्यमा बदनियत राखेर सुन हिनामिना गरेको भन्ने कुनै पनि वस्तु, तथ्य र प्रमाणबाट पुष्टि नहुने फैसला गरेको छ ।
दराजमै थन्क्याइए ‘इनोभेटिभ आइडिया’
सरकारले सार्वजनिक प्रशासनमा नागरिकले अनुभूति गर्ने गरी परिवर्तन ल्याउन निजामती कर्मचारीसँग भएका नवप्रवर्तनशील अवधारणा (इनोभेटिभ आइडिया) लाई कार्यान्वयन गर्ने गरी चार वर्षमा १६ वटा उत्कृष्ट इनोभेटिभ आइडिया सङ्कलन ग¥यो तर ती आइडिया अहिले दराजमा थन्किएका छन् ।
‘उकाली ओराली गर्दै’ काठमाडौँमा सोनु निगम
नेपाली गीतसङ्गीत प्रेमी माँझ परिचित नाम हो, सोनु निगम। ‘यो जिन्दगीले’, ‘फुलको डाली डालीमा’, ‘यो मायाले हेरन’ लगायतका नेपाली भाषाको गीत गाउनु भएका निगमले नेपालमा भने पहिलोपाटक क्रिसमसको अवसर पारेर कन्सर्ट गर्नुभएको छ।
धनगढीमा बनिरहेको सडकको ६५ प्रतिशत काम पूरा
धनगढीको मुख्य बजार क्षेत्रमा निर्माण भइरहेको सडकको ६५ प्रतिशत काम पूरा भएको छ।
धनकुटामा सवारी दुर्घटना : चालक फरार
२१ जना यात्रु सवार हायस धनकुटा नगरपालिका ३ स्थित निगालेमा दुर्घटना हुँदा दुई जना सामान्य घाइते भएका छन्।
एपिएफ र सङ्कटा विजयी
विभागीय टोली एपिएफ क्लब र सङ्कटा क्लबले ललित स्मृति एन्फा यु–१८ युथ लिगमा सहज जित निकालेको छ ।
मौसम पूर्वानुमान : शुक्रबार साँझदेखि चिसो बढ्ने
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझदेखि मौसम आंशिकदेखि साधारण बदली हुने बताएको छ।
मिडिया क्षेत्रलाई मर्यादित बनाउन सञ्चारमन्त्री गुरुङको आग्रह
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्य समितिलाई आग्रह गर्नुभएको छ ।
प्रमुख प्रहरी नायब निरीक्षकविरुद्ध २५ हजार घुस लिएको आरोप
जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
खोप लगाएका बालकको मृत्यु, अभिभावक आन्दोलित
बर्थिङ सेन्टरमा खोप लगाएका दुई महिने बालकको मृत्यु भएपछि घटनाको छानबिन र क्षतिपूर्तिको माग राख्दै अभिभावक आन्दोलित भएका छन् । डिलासैनी गाउँपालिका– २ छेपट्टा गाउँका मुकेश रानाका दुई महिने छोरा आदर्श रानाको मृत्यु भएपछि अभिभावकसहित स्थानीय आन्दोलित भएको हुन् ।
तस्कर पक्राउ गर्न सेनाद्वारा हवाई फायर
नेपाली सेनाले हवाई फायर गरी हेटौँडाबाट गैंडाको खाँग तस्करीमा संलग्न भएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । सेनाको टोलीले हेटौँडा उपमहानगरपालिका वडा नं. ८ स्थित गर्दोईबाट बिहीबार मध्याह्न हवाई फायर गरी गैंडाको खाँग तस्करी गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
कास्की अदालतमा रविको बयान सुरु
जिल्ला अदालत कास्कीमा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरु भएको छ । गोरखा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशकसमेत रहनुभएका लामिछानेको बयान न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।
उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण
मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवम् सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार एक समारोहबिच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।