• १९ फागुन २०८१, सोमबार

विपन्न सेवाग्राहीलाई सुलभ ढङ्गले सेवा प्रवाह गर्न हामी प्रतिबद्ध छाैं : स्वास्थ्यमन्त्री

blog

हरि काेइराला

उर्लाबारी, फागुन १८ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपालको स्वास्थ्य सेवा क्षेत्रमा निजी क्षेत्रका भूमिका महत्त्वपूर्ण भएको बताउनुभएको छ। 

आइतबार मोरङको अरनिको अस्पताल उर्लाबारीमा सिटीस्क्यान सेवाको शुभारम्भ गर्दै उहाँले यस्तो बताउनुभएको हो ।मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सेवामूलक क्षेत्र भएको बताउँदै विपन्न र उपचारको पहुँच नभएका सेवाग्राहीलाई सस्तो र सुलभ ढङ्गले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।सरकार स्वास्थ्य क्षेत्रमा नीजि अस्पतालसँग सहकार्य गरेर अघि बढिरहेको बताउँदै ग्रामीण क्षेत्रमा समेत सिटिस्क्यान सेवा पाउनु ठुलो उपलब्धि भएको उल्लेख गर्नुभयो ।

अरनिको अस्पतालका अध्यक्ष राजकुमार लिम्बूको अध्यक्षतामा शुभारम्भ सेवा सुरु गरिएको हो । पूर्वी मोरङको उर्लाबारीमा अरनिको अस्पतालले यस अघि सघन उपचार सेवा सुरु गरेको थियो । विराटनगर बाहिर निजी क्षेत्रबाट सञ्चालित अरनिको अस्पतालमा दैनिक १५ सयदेखि दुई हजार बिरामीले उपचार सेवा लिइरहेका छन् ।