हिमपात भएको क्षेत्रमा जोखिम मोलेर यात्रा नगर्न प्रशासनको आग्रह
निरन्तरको झरीकै कारण पश्चिम बागलुङको उच्च भाग ढोरपाटन, निसी र रुकुम जिल्लाको सिमानामा पर्ने पातीहाल्नेमा बाक्लो हिमपात भएको छ। पातीहाल्नेमा डेढ फिटसम्म हिमपात भएको ढोरपाटनका तिलक मल्ल ठकुरीले जानकारी दिनुभयो।
उत्तराखण्डको बद्रीनाथमा हिमपहिरो, फसेका ५७ जनामध्ये १० को उद्धार
भारतको उत्तराखण्डको चमोली जिल्लामा शुक्रबार ठुलो हिमपहिरो गएको छ । हिमपहिरोमा परी सडक निर्माणमा संलग्न कम्तीमा ४७ जना कामदार हिउँको ठूलो थुप्रोमुनि फसेका छन् । हिमपहिरोमा फसेका कम्तीमा १० जनालाई उद्धार गरिएको छ ।
शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गर्छौंः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयकलाई विद्यार्थी र अभिभावक केन्द्रित बनाएर पारित गरिने बताउनुभएको छ । शुक्रबार काठमाडौँमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपालको आठौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
नेपालगन्जमा मुस्लिम समुदायको जामा मस्जिदको उद्घाटन
बाँके जिल्लाका मुस्लिम समुदायको सबैभन्दा ठुलो धार्मिक केन्द्र नेपालगन्ज–३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहित पुनः निर्माण गरिको जामा मस्जिदको उद्घाटन गरिएको छ।
मिर्गौला पीडितलाई ६ लाख सहयोग
दुवै मिर्गौला फेल भएर काठमाडौंको केएमसी अस्पतालमा उपचाररत प्युठान, गौमुखी–६, लिवाङका ४८ वर्षीय कृष्ण बोहोरालाई सामाजिक सञ्जालमार्फत्् सङ्कलित ६ लाख ३० हजार ४५ रुपियाँ सहयोग हस्तान्तरण गरिएको छ ।
नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको शुक्रबार निधन भएको छ । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिनुभयो ।
चीनमा बालबालिका अपहरण र बेचबिखन गरेको अभियोगमा मृत्युदण्ड
चीनमा १७ जना बालबालिकाको अपहरण तथा बेचबिखन गरेको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
फागुन शुक्ल प्रतिपदा : ग्याल्पो (ग्याल्बो) ल्होसार
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ ।
पर्वले सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि गर्न सघाउ पुर्याउँछ : राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले ग्याल्पो ल्होसारजस्ता पर्वहरूबाट सबै नेपालीबीच एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता, सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुने उल्लेख गर्नुभएको छ ।
पर्वले सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्छ : उपराष्ट्रपति
उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले सिङ्गो देश र समाजमा आपसी प्रेम, भाइचारा, सद्भाव र एकताको भावना बलियो बनाउन सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।
ग्याल्पो ल्होसार पर्वले सांस्कृतिक सद्भाव मजबुत बनाउन भूमिका खेल्नेछ : अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ग्याल्पो ल्होसार पर्वले विविध जातजाति र समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं सम्बन्ध मजबुत बनाउन भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।
चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने सद्भावयुक्त परम्परा छ: सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्येक चाडपर्वलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा रहेको उल्लेख गर्नुभएको छ ।
गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय
ताप्लेजुङको वनपाखामा गुराँस फुल्न थालेको छ । गुराँसको यो रङ्गीन छटा सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्धनको सम्भावित अवसर पनि हो । हरेक वर्षजस्तै यसपटक पनि गुराँस फुलेसँगै यहाँका स्थानीय व्यवसायी र पर्यटनसँग सम्बन्धित व्यक्ति आशावादी देखिन्छन् ।
प्रेम सम्बन्धकै कारण युवकको हत्या
धनुषाको मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित खैरा खोलाको पुलमुनि फेला परेको शव ३३ वर्षीय शहीद अन्सारीको भएको पुष्टि भएको छ ।
अर्थमन्त्री र जापानका प्रतिनिधिबिच शिष्टाचार भेट
नेपाल–जापान फ्रेन्डसिप समिट २०२५ का लागि नेपाल आएका जापानका विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरुले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग शिष्टचार भेटघाट गर्नुभएको छ ।
मेला, महोत्सवका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन नगर्न आग्रह
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न मेला, महोत्सव तथा जात्राका नाममा सुर्तीजन्य पदार्थको विज्ञापन वा प्रवर्धन नगर्न आग्रह गरेको छ ।
केआइआइटीद्वारा नेपाली विद्यार्थीलाई फर्कन पुनः आग्रह, यात्राको सबै खर्च बेहोर्ने
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले नेपाल फर्किएका नेपाली विद्यार्थीलाई नियमित कक्षामा फर्कन आग्रह गर्दै यात्राको सबै खर्च बेहोर्ने बताएको छ ।
भूकम्पपछिको पुनर्निर्माण : तीन जिल्लामा अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना हुने
पश्चिम नेपालमा भूकम्पबाट भएको क्षतिको मूल्याङ्कन र पुनर्निर्माणका लागि सरकारले जाजरकोट, अछाम र बझाङमा प्राधिकरणको अस्थायी समन्वय सम्पर्क कार्यालय स्थापना गरेर काम अघि बढाउने भएको छ ।
दुई सिफ्टमा शल्यक्रिया थाल्ने वीरको तयारी, प्रयोगशालाको क्षमता वृद्धि
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्टमा शल्यक्रिया थाल्ने भएको छ । एक साताभित्रै दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको निमित्त निर्देशक डा. समाज गौतमले बताउनुभयो ।
राष्ट्रपतिद्वारा ग्याल्पो लोसारको शुभारम्भ
राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गर्नुभएको छ ।
वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा
भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ ।
वैकल्पिक चिकित्सामा विश्वास
आधुनिक विज्ञानले चिकित्सा विधामा संसारलाई महान् उपलब्धि दिएको छ ।
न्यायिक सुशासन अपेक्षित
छिटोछरितो न्याय आजको आवश्यकता हो । जसबाट न्यायिक सुशासनको प्रवर्धन हुन्छ ।
कला, धर्म र अध्यात्मको सङ्गम
व्रतहरूमा श्रेष्ठ शिवरात्रि व्रत वा व्रतराजका रूपमा लिने गरिन्छ ।