कर्णालीको पत्रकारिता
अहिले जताततै सूचनाको बाढी छ । यस्तो बेलामा पनि कुनै जानकारी लिन पत्रकारलाई धेरै दिन कुर्नु पर्छ भन्दा अचम्म लाग्न सक्छ । कुरो कर्णाली प्रदेश हो । यहाँ यस्तै नियति भोग्नु परिरहेको छ । यस्तो ठाउँमा पत्रकारिता कसरी गर्न सकिन्छ होला ? कर्णालीमा पत्रकारिता गर्नुपर्दा समस्यै समस्याका चाङ छन् । यही चाङमा बसेर पत्रकारिता गर्नु दैनिकी जस्तै
धार्मिक पर्यटनबाटै समृद्धि
आर्थिक समृद्धि र राष्ट्रिय अखण्डताको सुरक्षा साथसाथै लैजाने राजनीतिक विचारलाई सार्थक तुल्याउन प्रमुख दुई आधार महत्वपूर्ण देखिन्छन् । पर्यटन र परराष्ट्र नीतिको सफलता ती दुई आधार भएकाले त्यसतर्फ ध्यान दिनु सबैको जिम्मेवारी हो । खास गरी नेपाल जस्तो सानो मुलुकले छिमेकी विशाल दुई देशका बिचमा सुरक्षित रहँदै आर्थिक समृद्धि हासिल गर्नु ठुलो चुनौती हो ।
युवा पलायनको बहस
विदेश जान्छु भन्ने सपना प्रत्येक युवाको छ । मनग्गे पैसा कमाएर सहरमा सुविधा सम्पन्न घर र आधुनिक शैलीको जीवनयापनको लालसा छ । देशमा गरी खाने वातावरण छैन भनिन्छ । सुशासन, विकास र निष्पक्षताका कुरा कुरामै सीमित छन् । स्वाभिमानी भएर बाँच्न अवस्था न्यून छ । पेसा व्यवसाय चौपट छन् । जहाँ गयो उतै ‘पसल बिक्रीमा’ विज्ञापन देखिन्छ । अकासिँदो मूल्यवृद्धिले जुनसुकै क्षेत्रमा काम गर्ने श्रमिक जीवन निर्वाह गर्न हम्मे हम्मेमा छन् । बिदेसिएका युवालाई स्वदेश फर्काउने नीति/रणनीति राजनीतिक दलसँग छैन । देशमा आर्थिक गतिविधि र उत्पादन घट्दै छ । रुखोसुखो गरी जरजाम गरेका ग्रामीण बस्तीका अभिभावक बालबालिका विदेश पठाउन बाध्य छन् । देशमा व्यापारी, ठेकेदार, नेता र कर्मचारीतन्त्रको शासन छ ।
सूचनाको प्रभाव
विश्वभरि नै सूचना तथा सञ्चार प्रौद्योगिकीले हाम्रो जीवनका प्रत्येक पक्षलाई निर्बाध छाइसकेको छ । यसले अपेक्षित अनपेक्षित प्रत्यक्ष घुसपैठका साथै हाम्रो जीवनमा कामका नयाँ नयाँ शृङ्खला पनि पैदा गरिरहेका छन् । पुराना कामहरूको स्वरूप पनि परिवर्तन हुँदै गइरहेका छन् । आजको संसारमा यी सबै कुराको सूत्रधार भने कम्प्युटर नै हो । कम्प्युटरको अवतरण हाम्रो परिवेशमा अनेक रूपमा भइसकेको र भइरहेको छ तर ती सबैको आधार भने कृत्रिम बुद्धि अर्थात् ‘आर्टिफिसियल इ
अर्थतन्त्रमा विप्रेषणको भूमिका
विदेशमा रहेका व्यक्तिले तोकिएको विदेशी मुद्रामा औपचारिक माध्यमबाट पठाएको रकम नै विप्रेषण हो । नेपाल राष्ट्र बैङ्कको विप्रेषण विनियमावली, २०७९ अनुसार विप्रेषण भित्र्याउने कम्पनीले विदेशबाट प्राप्त विदेशी मुद्रा वैधानिक स्रोतबाट प्राप्त भएको हुनु पर्छ । सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनी व्यवस्थाको पालना पनि गर्नु पर्छ । नेपाली विश्वका अधिकांश देशमा पुगेका छन् । यीमध्ये केही विकसित मुलुकमा स्थायी बसोबासका लागि र केही अध्ययन तथा रोजगारीका लागि पुगेका छन् । खास गरी खाडी देशमा जाने नेपाली
विकासमा नीतिगत विसङ्गति
नेपाली राजनीतिमा सधैँ चर्चामा आइरहने विषय हो विकास । मुलुकको आर्थिक समृद्धिलाई संविधानमा राष्ट्रिय हितको आधारभूत विषय बनाइएको छ । राजनीतिक दलहरूले त्यस विषयमा ठोस योजना बनाएको देखिँदैन । सरकारको बजेट तथा योजनामा आर्थिक समृद्धि र विकासलाई प्राथमिकता दिने कार्य अहिले पनि कायमै छ । तैपनि आमनागरिकले वास्तविक समुन्नति र समृद्धिको अनुभव गर्न पाइरहेका छैनन् ।
सङ्घीय संरचनाको स्थायित्व
नेपाली जनताले लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि पटक–पटक आन्दोलन गरे । कतिपयले शहादत पनि दिए । देशले धनजनको ठुलो क्षति बेहोर्नु पर्यो । जनताको अपेक्षा पूरा नहुँदा पटक–पटक शासन व्यवस्था परिवर्तन हुँदै आएको छ । ७५ वर्षको इतिहासमा सात पटक त संविधान नै फेरिएको छ । नेपालका लागि अनुभव गर्न बाँकी शासन व्यवस्था सम्भवतः अर्को छैन । राणाहरूको परिवारिक शासन, सक्रिय राजतन्त्रको तीन दशक, संवैधानिक राजतन्त्र र प्रजातन्त्रसहित १६ वर्षको शासन, विगत १५ वर्षदेखि गणतान्त्रिक लोकतन्त्रात्मक शासन प्रणाली र आठ वर्षदेखि यसमा सङ्घीयता पनि थपिएको छ ।
गति लिँदै विद्युतीय सुशासन
विद्युतीय सुशासन भन्नाले सूचना र सञ्चार प्रविधिको सहयोगका साथ गरिने सरकारी कामकाज हो । यो सरल, नैतिक, जवाफदेही, उत्तरदायी र पारदर्शी शासन व्यवस्था हो । विद्युतीय सुशासन सेवाका विशिष्ट प्रकारका आधारमा चार प्रकार हुने विज्ञहरू बताउँछन् । ती हुन्– सरकारदेखि नागरिक, सरकारदेखि व्यवसाय, सरकारदेखि सरकार, सरकारदेखि कर्मचारी ।
शेख हसिनाको पाँचौँ कार्यकाल
शेख हसिना वाजेद बङ्गलादेशमा सबभन्दा लामो समयसम्म शासन गर्ने नेतृ बन्नुभएको छ । यसपालि पाँचौँ पटक प्रधानमन्त्री बन्नुभएकी उहाँको यो लगातार चौथो कार्यकाल हो । देशका लागि अहिले उहाँ निर्विकल्प नेता बन्नुभयो । सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएकी हसिना सन् २००९ देखि लगातार प्रधानमन्त्री निर्वाचित हुनुभएको छ । उहाँको आगमनले मुलुकमा राजनीतिक स्थायित्व हुँदा अर्थतन्त्र सबल हुँदै गएको छ तर प्रमुख प्रतिपक्षी दलसँग भने उहाँको सम्बन्ध राम्रो रहेन ।
श्रीस्वस्थानी व्रतकथाको सार
श्रीस्वस्थानी व्रत संस्कृति मूलतः नेपालको मौलिक संस्कृति हो । भगवान् शिव र देवी पार्वतीको सम्बन्धमा वर्णित पौराणिक कथाहरूको सँगालो नै स्वस्थानी व्रतकथा हो । नेपाल पाशुपत क्षेत्र हो, त्यसैले यहाँ भगवान् शिवको महिमाको वर्णन र स्तुति सर्वाधिक हुनु स्वाभाविक हो । नेपाल ऋषिमुनिहरूको तपोभूमि पनि हो, जहाँ कष्टपूर्ण तपस्या र साधनाद्वारा दैवी शक्ति र इच्छाएको वर प्राप्त गर्न सकिन्छ भन्ने जनविश्वास रहिआएको छ । त्यसैले श्रीस्वस्थानी व्रतकथामा एकातिर देवादिदेव म
जाडोमा मुटुको सुरक्षा किन र कसरी
जाडो मौसममा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । जाडोमा हाम्रो शरीरका मुटु, मस्तिष्क तथा फोक्सो बढी जोखिममा हुने गर्छ ।
तथ्याङ्क प्रणालीको औचित्य
नेपाल सङ्घीय संरचनामा गएसँगै सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकार व्यवस्था गरिएको छ । यस सन्दर्भमा नेपालको तथ्याङ्क प्रणालीलाई व्यवस्थित बनाउन तीन तहकै सरकारबिच तथ्याङ्कीय अन्तरसम्बन्धलाई एकीकृत गरी एकीकृत तथ्याङ्क प्रणालीको विकास जरुरी छ । नेपालको संविधानको अनुसूची–६ मा प्रदेश तथ्याङ्कसम्बन्धी अधिकार प्रदेशको एकल अधिकार र अनुसूची–८ मा स्थानीय तथ्याङ्क र अभिलेख सङ्कलनको अधिकार स्थानीय तहमा रहेको उल्लेख गरिएको छ ।
ढड्डा प्रणालीदेखि डिजिटलसम्म
विसं २०२२, माघ १० गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैङ्कले ५८ वर्ष पूरा गरी आजबाट ५९ औँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा बैङ्कले विभिन्न वित्तीय उपकरणमार्फत देशको वित्तीय स्रोतको उच्चतम परिचालन गर्दै आर्थिक तथा सामाजिक क्षेत्रमा उल्लेख्य योगदान गरेको छ । स्थापना भएको समयमा नेपाली मुद्राको चलनचल्ती बढाउने, छरिएर रहेको बच
सुशासनका कार्यसूची
सदाचार, भ्रष्टाचार र सुशासन अन्तरसम्बन्धित विषय हुन् । सदाचारको फेरो ठुलो हुँदा भ्रष्टाचारको वृत्त सानो हुन्छ, सुशासन प्रभावकारी हुँदा भ्रष्टाचार घट्छ, सुशासन फितलो हुँदा भ्रष्टाचार झाङ्गिन्छ । भ्रष्टाचारले समाजमा मानव बेचबिखन, सुन आदिको तस्करी, मदिरा र लागुऔषधको बजार र उपभोग बढाउँछ । यसले कालोबजारी र अवैध मुद्राको प्रसार बढाई अनौपचारिक अर्थतन्त्रको आकार बढाउँछ । यसको प्रभाव राज्यले बनाउने नीतिमा पर्नाले नीतिगत विसङ्गति बढेर जान्छन्, असल नीति
विकास आयोजनामा वातावरण
निजगढ विमानस्थल निर्माणका लागि भएको वातावरणीय प्रभाव मूल्याङ्कनका बारेमा भएका विवादले विमानस्थल निर्माण र सञ्चालन चरणमा सुरक्षण प्रदान गर्न सक्दैन भन्ने आधारमा सरकारले यसको पुनः मूल्याङ्कन गर्दै छ । नेपाल विद्युत् प्राधिकरणले कुश्मा न्यु बुटवलसम्मको प्रसारण लाइनको निर्माण तथा सञ्चालनको अवस्थामा प्रारम्भिक वातावरणीय परीक्षणले भनेबमोजिम कार्य गर्दा पनि निर्माण समयमा देखिएका समस्याले आयोजना सञ्चालन तथा निर्माण अवधि बढ्ने भएको छ । यो विषय पूर्वाधार निर्माणका प्राथमिक तत्वभन्दा पनि सहयोगी तìव हुन् तर यसको उचित र यथार्थपरक सम्बोधन नहुँदा समग्र आयोजना निर्माण तथा सञ्चालनमा व्यवधान आउँछन् ।
दलका सदस्यको योग्यता
पछिल्लो समयमा कतिपय राजनीतिक दलले बहालवाला प्राध्यापक, शिक्षक, कर्मचारी, डाक्टर तथा सार्वजनिक पद धारण गरेका व्यक्तिसमेतलाई महाधिवेशन प्रतिनिधि, दलको सदस्य तथा विभिन्न समिति र विभागीय तहको सदस्य बनाउने गरेको पाइएको छ । त्यसै गरी विभिन्न फौजदारी कसुरमा सजाय पाएका व्यक्ति एवं आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई समेत दलले सदस्य बनाउने गरेको देखिन्छ । कस्तो व्यक्तिलाई सदस्य बनाउन हुन्छ र कस्तो व्यक्तिलाई सदस्य बनाउन हुँदैन भन्ने सम्बन्धमा प्रचलित कानुनले व्यवस्था गरेको छ ।
निजीसँग प्रतिस्पर्धी सरकारी बैङ्क
झन्डै छ दशकअघि विसं २०२२ माघ १० गते नेपालको दोस्रो वाणिज्य बैङ्कका रूपमा स्थापित राष्ट्रिय वाणिज्य बैङ्क ५९ औँ वर्षमा प्रवेश गर्दै छ । दुई करोड रुपियाँमा स्थापित यसको चुक्ता पुँजी अहिले १५ अर्ब ६३ करोड रुपियाँभन्दा बढी छ । अर्थतन्त्रको मौद्रिकीकरण भर्खरै हुँदै गरेको र नेपाली मुद्रा न्यून प्रचलनमा रहेको बेलामा स्थापित बैङ्कले मौद्रिकीकरणमा ठुलो भूमिका खेल्दै नेपालको अर्थतन्त्रलाई गतिशीलता प्रदान गर्न महìवपूर्ण योगदान गरेको छ ।
त्रिवि जोगाउन उधारो प्रतिबद्धता
‘उच्च शिक्षा अस्तव्यस्त भयो, समस्या समाधान गर्न अभिभावकको भूमिका निभाउनूस् ।’ २०८० पुस २३ मा शीतल निवास पुगेर राष्ट्रपतिलाई अगुवाहरूले दिएको सुझाव ‘सबै विश्वविद्यालयको पदेन कुलपति प्रधानमन्त्री हुने व्यवस्था अव्यावहारिक भएकाले विकल्प खोज्नु पर्छ ।’ ८ मङ्सिर २०८० मा काभ्रेको धुलिखेलमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्ड । ‘प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति हुने व्यवस्था हटाउन तथा विश्वविद्यालयलाई स्वायत्त प्राज्ञिक संस्थाको रूपमा स्थापित गर्न आवश्यक कानुनी व्यवस्था गरिने छ ।’
युवालाई स्वदेशमै रोजगार
नेपालबाट महिनामा झन्डै ५० हजार युवा रोजगार वा अध्ययनको क्रममा विदेश जाने गरेका छन् । देशका करिब ५० लाख जनशक्ति अहिले पनि विदेशी भूमिमा पसिना बगाइरहेको आकलन गरिएको छ । अध्ययन तथा रोजगारीको क्रममा बिदेसिने कतिपय युवा त्यहीँ घरजम गरेर बस्ने गरेका पनि छन् । नेपाली युवा बिदेसिनुको प्रमुख कारण राजनीतिक वितृष्णा, शिक्षित बेरोजगारी, अरूको सिको अनि थेग्नै नसक्ने महँगी नै हो । यसरी दक्ष तथा अर्धदक्ष जनशक्ति विदेश पलायनले भोलि देशको अवस्था
ज्येष्ठ नागरिकप्रतिको दायित्व
मातृदेवो भवः पितृ देवो भवः आचार्य देवो भवः, आमा बुवा र गुरु देवता समान हुन् भन्ने पूर्वीय दर्शनको मान्यता रही आएको छ । ज्येष्ठ नागरिकप्रति गरिने श्रद्धा, आदर तथा उहाँहरूप्रति देखाउने सद्भावले हामीलाई साक्षात् देवी÷देवताकै शरणमा पुगेको महसुस हुन्छ । यी वस्तुगत यथार्थलाई हाम्रा धर्मग्रन्थ मात्र होइन, नेपालको संविधानलगायत अन्य कानुनमा लिपिबद्ध गरिएको छ । ज्येष्ठ नागरिकले राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक पाउनु पर्छ तथा ज्येष्ठ नागरिकको संरक्षण,
महिला उद्यमशीलतामा लगाव बढ्दो
पछिल्लो समय राज्यका विभिन्न निकाय तथा नीति निर्माण गर्ने तहमा महिलाको सहभागिता उल्लेख्य बढ्न थालेको छ । उद्यमशीलताको क्षेत्रमा पनि महिलाको आकर्षण बढ्दो छ । राज्यले उद्यमी महिलालाई छुट र सहुलियत प्रदान गरेसँगै महिला उद्यमीको सङ्ख्या बढ्न थालेको हो । एक तथ्याङ्क अनुसार पछिल्लो आठ वर्षमा एक लाख ७९ हजार महिला उद्यमी थपिएका छन् । देशभर दुई लाख ४७ हजार आठ सय ८० व्यावसायिक संस्था महिलाले चलाएका छन् । जुन कुल
अभिव्यक्ति स्वतन्त्रताको प्रश्न
नेपालको संविधानले विचार अभिव्यक्ति दिन पाउने, देशमा आवतजावत गर्न पाउने, शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रदान गरेको छ । यो स्वतन्त्रता हरेक नागरिकले पाउने हो । कुनै समूह वा व्यक्तिले मात्र होइन । यसलाई प्रयोग गर्दा सर्वसाधारण जनताको हितलाई प्रतिकूल असर पर्ने गरी यी स्वतन्त्रता प्रयोग नगर्न कानुन बनाएर प्रतिबन्ध लगाउन सक्ने व्यवस्था संविधानमा उल्लेख गरिएको छ । यो प्रावधान सबै जसो संविधानमा हुन्छ । एकको अधिकार प्रयोग गर्दा अर्काको अधिकार हनन हुने गरी प्रयोग गर्न पाउने छैन । यो मानव अधिकारको सर्वमान्य विश्वव्यापी सिद्धान्त पनि हो । व्यक्ति वा समूहले आफ्नो अधिकार प्रयोग गर्दा अरू
‘ब्रेन ड्रेन’ को विलासी बहस
देशका अनेक समस्यासँग सरकार र नागरिक दुवै पक्ष पूर्ण जानकार छन् । सरकार र यसका जिम्मेवार व्यक्तिहरू अवस्था सुधार्न भरपुर प्रयासको पहल गरिरहेको बताउँछन् । राजनीतिक परिवर्तनका अनेक शृङ्खलापछि पनि देशले विकासको अपेक्षित गति लिन नसकेकोमा सबैलाई चिन्ता छ । इतिहासको कुनै कालखण्डमा त छिमेकी देश भारत र चीनभन्दा हाम्रो अवस्था निकै सबल थियो । २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भई प्रजातन्त्रको उदय भयो । भारत केवल त्य
विश्वविद्यालयको जिम्मेवारी
मानव सभ्यताको विकास कला, संस्कृति, प्राविधिक धार र दक्ष मानवीय संसाधन विकासबाट मात्र सम्भव भएको विश्व शिक्षा इतिहासबाट थाहा पाइन्छ । कुनै पनि राष्ट्रको पहिचान त्यस राष्ट्रमा रहेको विकाससँग पर्यायवाची नामबाट पहिचान गर्ने गरिन्छ । जुनसुकै राष्ट्रका विश्वविद्यालयले अपनाएका पाठ्यक्रम, शिक्षा विकासमा राष्ट्रले गर्ने आर्थिक लगानी, विश्वविद्यालयप्रति लगावयुक्त राजनीतिक प्रणाली, कर्तव्यनिष्ठ प्राध्यापक, कर्मचारी तथा जेहेनदार विद्यार्थी, तिनीहरूको शैक्षिक