मैत्रीपूर्ण फुटबलमा जनप्रतिनिधि विजयी
ताप्लेजुङमा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबीच भएको मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि जनप्रतिनिधिले जितेको छ ।
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा
सहिद स्मारक ‘ए’ डिभिजन लिग फागुनमा हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र १४ वटा ‘ए’ डिभिजन क्लबबीच बिहीबार बसेको बैठकले लिग फागुन १९ गतेबाट सुरु गर्ने सहमति भएको हो ।
हङकङलाई टी–२० सिरिज
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट टी–२० सिरिजको उपाधि हङकङ क्रिकेट क्लबले जितेको छ । सिरिजअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हङकङले बिहीबार भएको दोस्रो खेलमा आयोजक बागमती प्रदेशलाई ११ रनले हरायो ।
शुक्रलाई इस्टर्न ओपन गल्फ उपाधि
सूर्य नेपाल गल्फ टुर २०२२/२३ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर शुक्रबहादुर राईले जित्नुभएको छ ।
जनकपुर रोयल्स दोस्रो स्थानमा
जनकपुर रोयल्स नेपाल टी–२० लिग क्रिकेटको दोस्रो स्थानमा उक्लिएको छ । त्रिवि मैदानमा बिहीबार भएको खेलमा जनकपुरले फार वेस्ट युनाईटेडलाई आठ विकेटले हरायो ।
पीएसजीको प्रतिस्पर्धात्मक जित
कतार विश्वकप पछि सुरु भएको फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले प्रतिस्पर्धात्मक जित निकालेको छ । नेयमारले रातो कार्ड पाएको खेलमा पीएसजीले बुधबार राति स्टार्सबर्गलाई २–१ गोलले हरायो ।
सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखिएको छ । बिहीबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासले लामिछानेविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो ।
जय हुमागाईं गोल्ड कपको उपाधि बीवाईएससीलाई
झापाको दमकस्थित भुटानी शरणार्थी शिविर बेलडाँगीमा भएको प्रथम आमन्त्रित जय हुमागाईं गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि बीवाईएससी मेन्नेसोटा अमेरिकाले लगेको छ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
पाटन उच्च अदालतमा क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सुनुवाइ हुँदैछ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेका क्रिकेटर लामिछानेको पुनरावेदनको मुद्दा न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको संयुक्त इजलासमा तोकिएको छ ।
तामाङ र सेर्पालाई मिनि म्याराथन उपाधि
पाँचथरको फिदिममा जारी चासोक मेलाका अवसरमा आयोजित सुम्हात्लुङ मिनि म्याराथन प्रतियोगितामा पुरुष तर्फ धरानका प्रसान्त तामाङ र महिला तर्फ ताप्लेजुङकी समपाल्मुु सेर्पाले जित्नु भएको छ ।
विराटनगरको सानदार जित
विराटनगर सुपर किंग्सले नेपाल टी–२० क्रिकेट लिगमा सानदार जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा विराटनगरले पोखरा रेन्जर्सलाई आठ विकेटले हरायो । लिगमा विराटनगरको यो दोस्रो जित हो ।
युनाइटेड र चेल्सीको सहज जित
इङ्लिस प्रिमियर लिग फुटबलमा मनचेस्टर युनाइटेड र चेल्सीले सहज जित निकालेका छन् । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा युनाइटेडले नटिङघम फरेस्टलाई ३–० गोलले हरायो । अर्को खेलमा चेल्सीले बर्नमाउथलाई २–० गोलले स्तब्ध बनायो ।
सन्दीपविरुद्धको मुद्दामा प्रमाण बुझाउन आदेश
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा अदालतले मंगलबार प्रमाण बुझाउन आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उक्त मुद्दाको सुनुवाइ गर्दै सबै प्रमाण बुझाउन आदेश दिएको हो ।
बागमतीमाथि हङकङ विजयी
बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट सिरिज अन्तर्गत टी–२० को पहिलो खेलमा पाहुना टोली हङकङ क्रिकेट क्लब विजयी भएको छ । मुलपानी क्रिकेट मैदानमा मंगलबार भएको खेलमा हङकङले आयोजक बागमती प्रदेशलाई ५७ रनले हरायो ।
इन्द्र र सुलभको जित
थाइल्यान्डमा जनवरी १६ देखि २८ तारिखसम्म आयोजना हुनेयू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका लागि भएको छनोट प्रतियोगितामा शुलभ माली र ईन्द्र सुनारले जित निकाल्नु भएको छ ।
काठमाडौं नाइट्सको दोस्रो जित
काठमाडौं नाइट्सले नेपाल टी–२० क्रिकेट लिगमा दोस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा काठमाडौंले जनकपुर रोयल्सलाई ५३ रनले हरायो । काठमाडौंले दिएको दुई सय नौ रनको विजय लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा उक सय ५५ रन मात्र बनाएको थियो ।
क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिममा
सातौं संस्करणको एनभीए राष्ट्रिय पुरुष तथा महिला क्लब च्याम्पियनसिप भलिबल पुस अन्तिम साता हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा पुस २४ देखि माघ १ गतेसम्म च्याम्पियनसिप हुन लागेको मंगलबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिनुभयो ।
स्पेनिस पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनास नेपालमा
स्पेनिस महारथी बार्सिलोना र रियल मड्रिडाका पूर्व खेलाडी रुबेन डे ला रेड र युलियो सालिनाससहितको टोली मैत्रिपूर्ण खेलका लागि मङ्गलबार नेपाल आइपुग्नुभएको छ ।
सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुुद्दाको सुनुवाइ हुँदैछ । मङ्गलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो ।
लुम्बिनीसँग पोखरा पराजित
लुम्बिनी अल स्टारले नेपाल टी-२० क्रिकेट लिगमा लगातार तेस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको खेलमा लुम्बिनीले पोखरा रेन्जर्सलाई तीन विकेटले हरायो ।
महोत्सवमा कुस्तीको मस्ती (फोटो फिचर)
दंगल अर्थात् पहलमानबीच हुने लडाइँ कुस्ती प्रतियोगिता । सातौँ चन्द्रौटा महोत्सवमा रोमाञ्चक खेल कुस्ती सुरु भएपछि दर्शकको आर्कषण बढेको छ । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटामा सोमबारबाट कुस्ती प्रतियोगिता सुरु भएको छ । कुस्ती खेलतर्फ युवाको आकर्षण बढाउन प्रतियोगिता सञ्चालन भएको छ ।
आर्सनल र लिभरपुल विजयी
कतार विश्वकप फुटबलका कारण रोकिएको इङ्लिस प्रिमियर लिग फुटबल सोमबारदेखि सुरु भएको छ । सोमबार राति भएको खेलमा शीर्षटोली आर्सनल र लिभरपुलले सहज जित निकालेका छन् ।
यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा
तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा हुने भएको छ ।
यू–२२ बक्सिङ छनोटमा सुस्मा विजयी
यही जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको बैङककमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ छनोट हुनुभएको छ ।