• १९ असोज २०८१, शनिबार

यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा

blog

ब्याडमिन्टन प्रतियोगिताबारे जानकारी दिँदै आयोजक । तस्बिर : गोरखापत्र

काठमाडौं, पुस ११ गते । तेस्रो यलम्बर कप तथा प्रथम राष्ट्रव्यापी यलम्बर भेट्रान्स ब्याडमिन्टन च्याम्पियनसिप माघमा हुने भएको छ । नखिपोट यूथ क्लब ब्याडमिन्टन सर्कलले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता माघ १ गतेबाट ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो । 

प्रतियोगितामा मेन्स ओपन डबल्स (शीर्ष २० वरीयता बाहेक), सुपर भेट्रान्स डबल्स (५५ वर्षमाथि), भेट्रान्स डबल्स (४५ वर्षमाथि), मेडियम भेट्रान्स डबल्स (३५ वर्षमाथि), महिला एकल (शीर्ष २० वरीयता बाहेक) र पुरुष एकल (१९ वर्षमुनि शीर्ष २० वरीयता बाहेक) इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ ।

नखिपोट युवा क्लबको ब्याडमिन्टन कोर्टमा आयोजना हुने प्रतियोगिताको मेन्स ओपन डबल्सको विजेताले ५० हजार, दोस्रोले २५ हजार र तेस्रो हुनेले २० हजार रुपियाँ पुरस्कार पाउने छन् । सुपर भेट्रान्स डबल्सको विजेताले ३० हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार रुपियाँ पाउनेछन् ।

भेट्रान्स डबल्स र मेडियम भेट्रान्स डबल्सको विजेताले ३५ हजार, दोस्रोले २० हजार र तेस्रोले २० हजार रुपियाँ पाउनेछन् । महिला एकलतर्फको विजेताले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा पुरुष एकलको विजेताले ३० हजार, उपविजेताले २० र तेस्रोले २० हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

प्रतियोगितामा करिब चार सय खेलाडीको सहभागिता रहने नखिपोट यूथ क्लब ब्याडमिन्टन सर्कलका अध्यक्ष जयराम राईले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्न १९ लाख १० हजार रुपियाँ लाग्ने आयोजकले जनाएको छ ।