• १९ असार २०८२, बिहिबार

पोर्चुगलका फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु

blog

काठमाडौँ, असार १९ गते । पोर्चुगलका स्टार फुटबलर डियोगो जोटाको कार दुर्घटनामा परी मृत्यु भएको छ ।

पोर्चुगल एवं इङ्लिस प्रिमियर लिग च्याम्पियन टोली लिभरपुलका २८ वर्षीय स्ट्राइकर जोटासँगै उहाँका २६ वर्षीय भाइ आन्द्रे जोटाको पनि निधन भएको छ ।

दुर्घटनापछि कारमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यामले जनाएका छन् । जोटाले दुई साताअघि मात्र आफ्ना प्रेमी रुटे कार्डोसोसँग विवाह गर्नुभएको थियो ।

जोटाले पोर्चुगलबाट गत महिना मात्र नेसन्स लिगको उपाधि समेत जित्नुभएको थियो । एजेन्सी