• १९ असोज २०८१, शनिबार

यू–२२ बक्सिङ छनोटमा सुस्मा विजयी

blog

बक्सिङमा प्रतिस्पर्धा गर्दै खेलाडी । तस्बिर : राखेप

काठमाडौं, पुस ११ गते । यही जनवरी १६ देखि २८ तारिखसम्म थाईल्याण्डको बैङककमा हुने एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा सुस्मा तामाङ छनोट हुनुभएको छ ।

खुला छनोट प्रतियोगितामा सोमबार सुस्माले महिला ४८ केजी तौल समूहमा तेजीमाया गुरुङ्गलाई अङ्कको आधारमा हराउँदै छनोट हुनुभएको हो । महिला ५७ केजी तौल समूहमा बक्समाण्डुका हेमा राईले झापाका सुस्मिता राईलाई अङ्कको आधारमा हराउँदै छनोट चरण पार गर्नुभयो ।

पुरुष ४८ केजीको फाइनलमा एचटुओका लालप्रसाद उप्रेतीले बक्समाण्डुका लक्ष्मण राईलाई हराउँदै छनोट हुनुभयो । पुरुष ५७ केजी तौल समूहमा केवाईबीसीका निर्मल सुबेदीले नक्सालका आयुष्मान् चटौतलाई हराउँदै सेमिफाइनलमा स्थान बनाउनुभयो । छनोट खेल मंगलबारसम्म चल्नेछ ।