जनकपुरको लगातार दोस्रो जित
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा जनकपुरले विराटनगर किग्संलाई पाँच विकेटले हरायो ।
काभा यू–२३ पुरुष भलिबल : नेपाल चौथो स्थानमा
नेपाल बंगलादशेमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपमा चौथो भएको छ ।
नेपाल टी–२० क्रिकेट : फार वेस्ट विजयी
फार पेस्ट युनाइटेडले नेपाल टी–२० क्रिकेट लिगमा जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा सोमबार भएको खेलमा फार वेस्टले काठमाडौं नाइट्सलाई चार विकेटले हरायो । ९९ रनको सामान्य विजयी लक्ष्य पछ्याएको फार वेस्टले १९.१ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गरेको थियो ।
फिदिममा सुम्हात्लुङ मिनि म्याराथन हुने
पाँचथरमा उधौली पर्वको अवसरमा चौथो सस्करणको सुम्हात्लुङ मिनि म्याराथन पुस १४ गते हुने भएको छ । प्रतियोगिता साढे नौ किलोमिटर दुरीको हुने आयोजक सस्थाले आइतवार पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
जलथललाई फुटबल उपाधि
झापाको कनकाई नगरपालिका २ जामुनखाडी सिमसार रङ्गशालामा भएको प्रथम हर्क राई स्मृति कप फुटबलको उपाधि जलथल फुटबल क्लब झापाले जितेको छ । उपाधि सगै जलथलले नगद एक लाख ११ हजार रुपियाँ पुरस्कार पायो ।
जनकपुरको विजयी सुरुवात
जनकपुर रोयल्सले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको दोस्रो खेलमा जनकपुरले पोखरा रेन्जर्सलाई पाँच विकेटले हरायो ।
सुर्खेतमा ‘ए’ डिभिजन फुटबल कप हुने
सुर्खेतमा आगामी पुस २३ देखि सुर्खेत ‘ए’ डिभिजन फुटबल कप प्रतियोगिता आयोजना हुने भएको छ । जिल्ला फुटबल सङ्घ सुर्खेतको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
नेपाल टी–२० क्रिकेट : लुम्बिनीको दोस्रो जित
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा लगातार दोस्रो जित निकालेको छ । त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई दुई रनले हरायो ।
बागमती प्रदेश आमन्त्रण क्रिकेट आइतबारदेखि
प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश, पल्सर क्रिकेट एक्सिलेन्स सेन्टर र बागमती प्रदेश क्रिकेट सङ्घको संयुक्त आयोजनामा बागमती प्रदेश आमन्त्रण क्रिकेट शृङ्खला आइतबारदेखि सुरु हुँदैछ ।
नेपाल लिग चरणमा जित विहीन
नेपाल बङ्गलादेशमा जारी काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको लिग चरणमा जित विहीन बनेको छ ।
नेपालका राजवीर च्याम्पियन
नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यू–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा शनिबार पहिलो हुनुभएको छ ।
लुम्बिनीको विजयी सुरुवात
लुम्बिनी अल स्टारले नेपाल टी–२० क्रिकेट लिगमा विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा लुम्बिनीले फार वेस्ट युनाइटेडलाई ६७ रनले हरायो ।
कृष्णप्रसाद भट्टराई स्मृति कराँते माघमा
कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराँते प्रतियोगिता माघमा हुने भएको छ । नेपाल कराँते महासङ्घ जिल्ला प्रमुख डोजो तथा गोदावरी नगरपालिकाले संयुक्त रूपमा आयोजना माघ २६ देखि २८ सम्म प्रतियोगिता गरिन लागिएको शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
नेपाल टी–२० क्रिकेट : काठमाडौंको सुखद सुरुवात
काठमाडौं नाइट्सले नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगमा सुखद सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा शनिबारदेखि सुरु भएको लिगको उद्घाटन खेलमा काठमाडौंले पोखरा रेन्जर्सलाई २६ रनले हरायो ।
मेसीको विश्वकप
अर्जेन्टिनाका फुटबल खेलाडी लियोनेल मेसीले आफ्नो खेल जीवनमा विशेषत स्पेनी क्लब बार्सिलोनालाई कैयौँ उपाधि दिलाउन सहयोग गर्नु भयो । व्यावसायिक फुटबलमा उहाँ संलग्न टिमले हासिल नगरेको कुनै उपाधि बाँकी छैन । तर सन् २०१४ को विश्वकप र त्यसको दुई वर्षपछि कोपा अमेरिकाको फाइनलमा अर्जेन्टिना पराजित भएपछि मेसी निराश हुनु भयो । आफ्नो देशका लागि प्रमुख प्रतियोगिताको उपाधि हासिल गर्न बारम्बार चुकेपछि मेसी विक्षिप्त नै बन्नुभयो । कोपा अमेरिकाको फाइनलपछि त आवेगमा आएर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास नै लिनुभयो । मेसीको यो निर्णयले विश्व फुटबलमै ठूलो हलचल मच्चियो । त्यसपछि विश्वभर मेसीको यो निर्णय फर्काउने अभियान चल्यो । समर्थकहरूको मायाले मेसीको मन पनि पग्लियो । उहाँले आफ्नो सन्न्यास फिर्ता लिनुभयो र पुनः अर्जेन्टिनालाई विश्वकप जिताउने सपना देख्नुभयो । जुनः सपना अन्ततः कतार विश्वकपमा साकार पनि भयो ।
दक्षिण एसियामा सरकारभन्दा क्रिकेट चलाउन गाह्रो छ : अध्यक्ष चन्द
काठमाडौं, पुस ८ गते। पहिलो संस्करणको नेपाल टी-२० क्रिकेट लिग प्रतियोगिताको विजेताले ५५ लाख नगद पुरस्कार पाउने भएको छ।शुक्रबार काठमाडौंमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी गराएको हो। प्रतियोगिताका उपविजेताले ३० लाख रुपियाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले १० लाख र चौथोले ५ लाख रुपियाँ पुरस्कार पाउने क्यानले जनाएको छ। प्रतियोगिताको प्लेयर अफ द सिरिजले पाँच लाख प्राप्त गर्दा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स म्यानले दुई लाख ५० हजार पाउने क्यानले जनाएको छ। इमर्जिङ प्लेयरले एक लाख ८० हजार पाउनेछन्। त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिता शनिबारबाट सुरु हुनेछ। पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीको सहभागिता रहनेछ। पत्रकार सम्मेलनमा बोल्दै नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले खेलाडीलाई आत्मनिर्भर बनाउने नियतबाट नेपाल टी-२० को आयोजना गरिएकाले लिग पूर्णरुपमा सफल हुने बताउनुभयो। उहाँले दक्षिण एसियाका देशले लिग सञ्चालन गर्दा धेरै कठिनाइ भोग्नुपर्ने अनुभव आफूले गरेको बताउनुभयो। उहाँले नेपाली क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेकाले त्यसलाई सफल बन्न दिन नहुने बताउनुभयो। अध्यक्ष चन्दले दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो कुरा क्रिकेट सङ्घ चलाउन रहेको अनुभवसमेत सुनाउनुभयो। उहाँले भन्नुभयो, ‘‘खेलाडीलाई आत्मनिर्भर बनाउनुपर्छ भनेर सही नियतले नेपाल टी-२० लिग सञ्चालन गर्न भनेर घोषणा गरिएको थियो। एशोसिएट देशले धेरै कठिनाइ भोग्नुपर्ने रहेछ। सबै विदेशी खेलाडी आइसकेका छन्, क्यान तयार छ, यो लिग रोक्नु ठीक छैन। प्रतियोगिता भोलिदेखि सुरु हुन्छ। क्रिकेटलाई ध्वस्त बनाउन कुनै तत्त्व लागेको छ, उनीहरुले कुनै निकाय छोडेका छैनन्। दक्षिण एसियामा सरकार चलाउनुभन्दा गाह्रो क्रिकेट चलाउन छ। हो यहाँ गुट, उपगुट चिरेर अघि बढ्नुपर्छ।’नेपाल टी-२० लिगको पहिलो संस्करणमा काठमाडौं नाइट, पोखरा एभेन्जर्स, फार वेस्टर्न युनाइटेड, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र लुम्बिनी अल स्टार सहभागी हुनेछन्। प्रतियोगिताको उद्घाटन खेलमा शनिबार पोखरा एभेन्जर्स र काठमाडौं नाइटबीच प्रतिस्पर्धा हुनेछ। शनिबार नै हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र फार वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।
झापा गोल्डकपको विजेतालाई १३ लाख
भद्रपुर झापा गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको विजेतालाई प्रथम पुरस्कार राशि १३ लाख रुपियाँ राखिएको छ ।
नेपाल बङ्गलादेशसँग पराजित
नेपाल बङ्गलादेशको राजधानी ढाकामा भएको साभा यू–२३ भलिबल च्याम्पियनसिपको पहिलो खेलमा आयोजक बङ्गलादेशसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
राजवीर र ताङ फाइनलमा
नेपालका राजवीर प्रधान २०औँ जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाल संवत् प्रवर्द्धनका लागि सेलिब्रेटी फुटसल
पेजथ्री सेलेब्रेटी फुटसल ११४३ प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भाषाका कलाकार, पत्रकार एवं सामाजिक क्षेत्रका व्यक्तित्वहरूबीच कुमारी फुटसलमा प्रतियोगिता भएको हो ।
फिफा वरीयतामा नेपाल यथावत्
विश्व फुटबल महासङ्घ (फिफा) को वरीयतामा नेपाल यथावत् स्थानमा रहेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरीयताअनुसार नेपाल एक सय ७५औँ स्थानमा यथावत् रहेको हो ।
नेपाल टी–२० लिग एकदिन पछि सर्यो
काठमाडौंमा शुक्रबारदेखि सुरु हुने तय भएको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिग एक दिन पर सरेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले बिहीबार साँझ विज्ञप्ति निकाल्दै लिग शनिबारदेखि सुरु गर्ने जनाएको छ ।
स्पेनिस क्लबले नेपालमा दुई मैत्रीपूर्ण फुटबल खेल्ने
स्पेनिस फुटबल क्लब काथेरेन्यो एफसीले नेपालमा दुई वटा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । लुम्बिनी गार्डेन फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन गरी मैत्रीपूर्ण खेलबारे जानकारी दिएको हो ।
युनाइटेड इएफएल कपको क्वार्टरफाइनलमा
इङ्लिस प्रिमिर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल (काराबाओ) कप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा युनाइटेडले च्याम्पियनसिप क्लब बर्नलीलाई २–० गोलले हरायो ।