• २० असोज २०८१, आइतबार

हङकङलाई टी–२० सिरिज

blog

क्रिकेट सिरिज विजेता खेलाडी । तस्बिर : राखेप

काठमाडौं, पुस १४ गते । बागमती प्रदेश आमन्त्रण महिला क्रिकेट टी–२० सिरिजको उपाधि हङकङ क्रिकेट क्लबले जितेको छ । सिरिजअन्तर्गत मूलपानी क्रिकेट मैदानमा हङकङले बिहीबार भएको दोस्रो खेलमा आयोजक बागमती प्रदेशलाई ११ रनले हरायो ।

यस नतिजासँगै टी–२० सिरिज हङकङले २–० ले जितेको हो । यसअघि ४० ओभरको दुई खेलको सिरिज नेपालले २–० ले जितेको थियो । पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक १३ रन बनाएको थियो ।

जवाफमा घरेलु टिम बागमतीले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा उक्त सय दुई रन मात्र बनाउन सक्यो । बागमतीकी कञ्चन श्रेष्ठले ४८ बलमा सात चौकासहितको ५२ रनको अर्धशतकीय पालि खेल्नुभएको थियो । हङकङकी बेटी चानले दुई तथा केरी चानले एक विकेट लिनुभयो ।

यसअघि, हङकङका लागि केरीले सर्वाधिक २६ रन बनाउनुभएको थियो । केरी नै फाइलनकी उत्कृष्ट खेलाडी घोषित हुनुभयो । बागमतीकी सोनी पाख्रिनले दुई तथा अस्मिना कर्माचार्य, खुसी डङ्गोल र विपिसा साहीले एक एक विकेट लिनुभयो ।

हङकङकी केरीले प्रतियोगितामा नै सबभन्दा बढी रन बनाएर उत्कृष्ट ब्याटरको पुरस्कार पनि जित्नुभयो । बागमती सोनी ११ विकेटसहित सर्वाधिक विकेटकर्ता बन्नुभयो । उहाँ नै प्रतियोगिताकी सर्वश्रेष्ठ खेलाडी चयन हुनुभयो ।