मताधिकार प्रयोग गर्ने अवसर नगुमाऔँः मुख्यमन्त्री यादव
मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आफ्नो गृहनगर रौतहट क्षेत्र नं १ को गढीमाई नगरपालिका–८ स्थित बिनग्रा माविको मतदान केन्द्रमा मतदान गर्नुभएको ।
सप्तरी कारागरामा मतदान सकियो
सप्तरी कारागार कार्यालय राजविराजमा मतदान सकिएको छ । बिहीबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा ६८ जना कैदीबन्दीले मतदान गरेका हुन् ।
सर्लाहीको बलरा–जब्दी मतदान केन्द्रको विवाद मिल्यो, मतदान सुचारु
सर्लाहीको क्षेत्र नं. ४ स्थित बलरा नगरपालिका-४, जब्दी गाउँमा रहेको प्राथमिक विद्यालय मतदान केन्द्रमा उत्पन्न विवाद समाधान गरी मतदान पुनः सुरु भएको छ ।
संविधानको रक्षा गर्ने शक्तिसहितका पक्षमा जनमत आउने विश्वास छः पूर्वराष्ट्रपति डा यादव
पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ ।
पूर्व प्रधानमन्त्री नेपालद्वारा मतदान
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नं १ स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
चार पूर्व मन्त्रीद्वारा आफ्नै निर्वाचन क्षेत्रबाट मतदान
प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका सङ्घीय सरकारका चार पूर्व मन्त्रीहरूले बिहीबार आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गर्नुभएको छ।
सप्तरीको २९८ मतदान स्थलमा मतदान सुरु
सप्तरीमा स्थायी २९६, अस्थायी २ गरी २९८ मतदान स्थलमा बिहीबार बिहान ७ बजे देखि मतदान सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २९६ स्थायी, २ अस्थायी गरी २९८ मतदानस्थको ५६२ मतदान केन्द्रमा मतदान सुरु भएको हो ।
बारामा ज्येष्ठ मतदाताको सक्रिय सहभागिता
बिहीबार बिहान ७ बजेदेखि बारा जिल्लामा शान्तिपूर्ण र उत्साहजनक वातावरणमा निर्वाचन कार्य सुरु भएको छ। जिल्लाभरका तोकिएका सबै मतदान केन्द्रमा निर्धारित समयमा मतदान प्रारम्भ भएको निर्वाचन अधिकारीहरूले जनाएका छन्।
पहिलो पटक मतदान गर्न युवा उत्साहित
बिहीबार हुने मतदानका लागि गाउँघरमा निकै चहलपहल देखिएको छ । पहिलो पटक मतदान गर्ने युवा मतदानका लागि निकै उत्साहित देखिएका छन् । अध्ययन, रोजगारी, व्यापार÷व्यवसाय वा
निर्वाचन आचारसंहिता पालनामा कडाइ
बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई निष्पक्ष बनाउन रौतहटमा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गराइएको छ । जिल्लामा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटना
बर्दिवासमा पौने घण्टापछि सुरु भयो मतदान
महोत्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको कडा सुरक्षावीच विहिवार बिहान निर्धारित समयमा मतदान सुरु भएको छ ।
सर्लाहीका ६२८ वटै मतदान केन्द्रमा मतदान सुरु
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीका ६१२ वटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाले जिल्लाभर शान्तपूर्वक मतदान सुरु भएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ ।
निर्वाचन सुरक्षाका लागि सीमावर्ती क्षेत्रमा उच्च सतर्कता
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान सुरक्षालाई पूर्ण रूपमा सुनिश्चित गर्न रौतहटमा सुरक्षा जाँचमा कडाइ गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले जिल्लाका विभिन्न राजमार्ग तथा भित्री सडकहरूमा सुरक्षा जाँच तीव्र पारेका छन्।
भारतीय नम्बरका ४० वटा सवारीसाधन नियन्त्रणमा
प्रहरीले निर्वाचन आचारसंहिताविपरीत सञ्चालन भएका भारतीय नम्बर प्लेटका ४० वटा सवारीसाधन नियन्त्रणमा लिएको छ ।
मतगणनास्थलमा तारजाली र सिसी क्यामेरा जडान
रौतहटका चार वटै निर्वाचन क्षेत्रमा मतगणनाका लागि मतगणनास्थल तयार पारिएको छ ।
मतदान स्थलमा मतदाताका लागि स्वागत ब्यानर
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा मतदातालाई मतदानका लागि आकर्षित गर्न मतदान स्थलमा स्वागत ब्यानर झुन्ड्याइएको छ ।
पर्सा–२ का नेकपा उम्मेदवार चौधरीसहित चार जना पक्राउ
जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बलको संयुक्त गस्ती टोलीले मङ्गलबार राति पर्सागढी गाउँपालिका–३, बढनियारबाट पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरीसहित चार जनालाई पक्राउ गरेको छ।
धमाधम तयार हुँदै मतदान केन्द्र र मतगणना स्थल
सर्लाहीमा बिहीबारको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार मङ्गलबार दिउँसोसम्ममा जिल्लाका सबै
सर्लाहीबाट २५ हजारसहित एक जना पक्राउ
सर्लाहीको हरिपुर्वामा मङ्गलबार राति २५ हजार रुपियाँ नगदसहित एक जना पक्राउ परेका छन् । चुनावको मौन अवधिमा मतदातालाई बाँड्न उक्त पैसा बोकेको हुनसक्ने आशङ्का गरिएको छ ।
सिरहा–३ का जसपा नेपाल उम्मेदवार यादव पक्राउ
गैरकानुनी गतिविधि गरेको आरोपमा जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नं ३ का उम्मेदवार अशेश्वर यादव पक्राउ पर्नुभएको छ ।
रौतहटमा नेपाली सेनाको पैदलदेखि हवाई गस्ती
प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन नेपाली सेनाले रौतहटमा सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त पारेको छ ।
मतदानकेन्द्र र मतगणनास्थल धमाधम तयार पारिँदै
सर्लाहीमा बिहीबार (भोली) हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र निर्माणको काम धमाधम भइरहेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालमा निर्वाचन लक्षित आरआरटी टीम गठन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै गजेन्द्र नारायण सिंह अस्पतालले इमर्जेन्सी स्वास्थ्य सेवालाई थप सुदृढ बनाउन ‘रेपिड रेस्पोन्स टीम’ (आरआरटी) गठन गरेको छ ।
बर्दिबास रातु पुलमा शङ्कास्पद वस्तु विस्फोट: घाइतेको अवस्था सामान्य
निर्वाचनको पूर्वसन्ध्यामा बर्दिबास नगरपालिकामा शङ्कास्पद वस्तु विस्फोट हुँदा दुईजना पैदलयात्री घाइते भएका छन् ।