सिराहा र धनुषा जोड्ने कमला पुल यसै वर्ष तयार हुने
ठेक्का सम्झौता भएको १४ वर्ष वित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा र सिराहाको सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन बहुचर्चित कमला पुलको बाँकी काम भइरहेको छ ।
ट्याक्टरको ठक्करबाट दुई वर्षकी बालिकाको मृत्यु
सर्लाहीको हरिपुर्वामा शनिबार मध्यान्ह ट्याक्टरको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु भएको छ ।
नहरमा ट्याक्टर पल्टँदा चालकको मृत्यु
सर्लाहीको धनकौल गाउँपालिका–५, पासवान टोलमा ट्याक्टर पल्टँदा चालकको मृत्यु भएको छ ।
मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु, छ घाइते
रौतहटको कटहरिया नगरपालिका ९ डुमरियामा रहेको ज्योती डिस्टिलरीमा भएको विस्फोट मा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।
सप्तरीमा लागुऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ
सप्तरी प्रहरीले लागुऔषध ब्राउनसुगर सहित तीनजनालाई नियन्त्रणमा लिएको छ।
अनुमति बिना सञ्चालनमा रहेका एग्रोभेट कारबाहीको दायरामा
महोत्तरी जिल्लाका विभिन्न बजार क्षेत्रमा सञ्चालनमा रहेका अधिकांस एग्रोभेट पसलहरू बिना अनुमसत तथा अव्यवस्थित रूपमा सञ्चालनमा रहेको पाइएको छ ।
बालीघरे प्रथामै चित्त बुझाउँदै ठाकुर
भोक्राहानरसिंह गाउँपालिका–७ का ६६ वर्षीय शिवचरण ठाकुरले आफ्नो बाबुबाजेको कपाल काट्ने पुख्र्याैली पेसा धान्दै विगतको जस्तै बालीघरे प्रथाको संस्कृति जोगाउँदै आउनुभएको छ । उहाँले न
सूचनामा नागरिकको सहज पहुँच बनाउन आग्रह
राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेशप्रसाद आचार्यले सार्वजनिक निकायमा रहेको सूचनामा नागरिकको सरल र सहज पहुँच अभिवृद्धि गर्ने कार्यमा तदारुकतासाथ लाग्न सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।
मधेश प्रदेशको समृद्धि चाहिएको छ : सभामुख यादव
मधेश प्रदेशका सभामुख रामअशिष यादवले मधेश प्रदेश सरकारले प्रदेशमा सुशासनका साथै मधेश प्रदेशको समृद्धि र लोकतन्त्रको मजवुतिका लागि काम गरोस् भने मधेश प्रदेशसभा चाहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्नेलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरु विरुद्ध आपत्तिजनक टिप्पणी गरेको भन्दै राजविराजमा दुई वटा सङ्गठनले शुक्रबार विरोध प्रदर्शन गर्नुका साथै बजार समेत बन्द गराएका छन् ।
गजेन्द्रनारायण सिंह औद्याैगिक क्षेत्र : एक सेडबाट एक करोड आम्दानी
ऋणको जोखिम, कमजोर पूर्वाधार र सीमित स्रोतबिच पनि उद्यम सफल हुन सक्छ भन्ने उदाहरण बनेको छ सप्तरीको रुपनी गाउँपालिका–६ बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र सञ्चालित कान्तिपुर प्लाष्टिक उद्योग ।
चिसोका कारण अस्पतालमा बिरामीको चाप
मधेशमा बढ्दै गएको शीतलहरको प्रभाव स्वास्थ्य क्षेत्रमा देखिन थालेको छ । चिसो हावा, बाक्लो हुस्सु र सिरेटो जाडोका कारण बिरामीको सङ्ख्या बढ्दै गएको बर्दिवास तथा जलेश्वरस्थित अस्पतालले जनाएका छन् ।
छिन्नमस्तामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति
सप्तरीको छिन्नमस्ता गाउँपालिकामा आगलागीबाट दुई लाखभन्दा बढीको क्षति भएको छ ।
प्राथमिकतामा युवा उम्मेदवार
नेपाली कांग्रेस रौतहटले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि रौतहट क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ युवा उम्मेदवारका रूपमा नितेशकुमार गुप्ताको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस मधेश प्र
गजेन्द्रनारायण अस्पतालमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउँदै
जिल्लाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा १९५ एचआईभी पोजेटिभले नियमित उपचार गराउदै आएका छन् ।
चार दशकपछि इलाका प्रहरी बर्दीवासले पायो आफ्नै नाममा जग्गा
महोत्तरीको इलाका प्रहरी कार्यालय बर्दिवासले स्थापना भएको करिब चार दशकपछि औपचारिक रूपमा आफ्नै नाममा जग्गा प्राप्त गरेको छ । पञ्चायतकालमै स्थापना भएको यस कार्यालयले लामो प्रयासपछि जग्गा भोगाधिकारको प्रमाण–पत्र पाएको हो ।
जेनजी सिरहाद्वारा बरियारपटिलाई मूल भन्सार बनाउन माग
जेनजी सिरहाले बरियारपटिमा रहेको छोटी भन्सार कार्यालयलाई मूल भन्सार कार्यालय बनाउन माग गरेको छ । अर्थमन्त्री डा. रोमेश्वर खनालाई लहानमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरिएको हो ।
जाडो छल्न दाउरा वितरण गर्दै वन कार्यालय
शीतलहरको कारण विगत केही दिनदेखि सर्वसाधारणको दैनिकी कष्टकर बन्दै गएपछि डिभिजन वन कार्यालय रौतहटले निःशुल्क दाउरा वितरण कार्यक्रम सञ्चालनमा ल्याएको छ ।
दुर्घटनामा चालकको मृत्यु
सर्लाहीको बलरा नगरपालिका –१०, सुदामा ब्यारेजमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
चुनावपछि अर्थतन्त्र लयमा फर्किन्छ : अर्थमन्त्री खनाल
नेपाल सरकारको अर्थमन्त्री डा.रामेश्वर खनालले फागुन २१ गतेको चुनावपछि अर्थतन्त्र पूर्णरूपमा लयमा फर्किने बताउनु भएको छ ।
विपद् जोखिम न्यूनीकरणका लागि सामुदायिक प्रतिकार्य टोली तालिम
नेपालमा पूर्वानुमानमा आधारित पूर्व कार्यको सुदृढीकरण परियोजना अन्तर्गत सप्तरीको राजविराजमा पाँचदिने ‘सामुदायिक प्रतिकार्य टोली तालिम’ को आयोजना गरिएको छ ।
सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी गर्ने उपर कारबाहीको माग
सामाजिक सञ्जालमार्फत हिन्दु धर्मावलम्बीहरुविरुद्ध आपत्तिजनक टिप्पणी गरेको आरोप लगाउँदै तीन वटा संगठनले राजविराज निवासी अफरोज आलममाथि कानुनी कारबाहीको माग गरेका छन् ।
सप्तरीबाट राजेन्द्र महतोसहित छ जनाको सिफारिस
राष्ट्रिय मुक्ति पार्टी नेपाल जिल्ला कार्य समिति सप्तरीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि सप्तरी क्षेत्र नं. २ र ३ मा प्रत्यक्षतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेको छ ।
वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात
वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो ।